झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताउनुभएको छ ।

गोरखामा निर्माण भएकाे माछाखोला जलविद्युत् आयोजनाको उद्घाटन गर्दै उहाँले सरकारको ध्यान सुशासन, सामाजिक न्याय र विकासमा केन्द्रित हुने बताउनुभयो ।

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री प्रचण्डले विगतमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतीपूर्ण हुने गरेको भए पनि यसपटक आफूहरुले स्थायित्व दिनेमा विश्वस्त तुल्याउनुभयो ।

'यो वर्ष चुनावी वर्षका रुपमा बित्यो । वैशाखमा पालिका र मङ्सिरमा प्रदेश र सङ्घको अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि निर्वाचन प्रक्रिया पाँच वर्षका लागि सकिएको हुन्छ ।

यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि एउटा नयाँ आधार तयार भएको छ', उहाँले भन्नुभयो ।

जलविद्युत् आयोजनाको सफलताको कामना गर्दै उहाँले आउँदाे दिनमा कम्पनीले अन्य आयोजना पनि अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले आयोजनाको निर्माणमा संलग्न स्वदेश तथा विदेशमा रहेका नेपालीको योगदानका लागि धन्यवाद दिनुभयो ।