स्वीट्जरल्यान्डको जेनेभामा हुने राष्ट्र राष्ट्रसंघीय मानवअधिकार परिषद्को बैठकमा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्रमन्त्री विमला राई पौड्याललाई रोकेर नेकपा एसनिकट पूर्वमन्त्री गोविन्द बन्दीलाई पठाइएको छ । 

जेनेभा जाने अन्तिम तयारी रहेकाबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण रोकेका थिए । प्रधानमन्त्रीले भ्रमणमा नजान सन्देश पठाएपछि आफू त्यसतर्फ नगएको पौड्यालले बताएकी थिइन् । 

OM Sai Pathibhara Hospital

बन्दीसहित जना आइतबार बेलुका सात बजेर ५० मिनेटमा कतार एरवेजको विमानमार्फत कतारको दोहा प्रस्थान गरेका छन् । सो प्रतिनिधिमण्डलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटा र परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्साल पनि रहेका छन् ।

बन्दी हाल सरकारको कुनै जिम्मेवारीमा नरहेकाले उनलाई कुन हैसियतमा नेपालको प्रतिनिधित्व गर्ने गरी पठाइएको भन्ने विषयमा केही खुलेको छैन ।