झापा । प्रतिनिधि सभाको आज सोमबारको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको शोक प्रस्ताव पारित गरेको छ ।

रहमानको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेर बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित भउको छ ।

OM Sai Pathibhara Hospital

जनता समाजवादी पार्टी जसपा नेपालबाट समानुपातिक प्रणालीतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित ६३ वर्षकी रहमानको शनिबार हृदयघातका कारण निधन भएको थियो ।

जसपाकी केन्द्रिय सदस्यसमेत रहेकी झापाकी स्थायी बासिन्दा रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद बनेकी थिइन् ।