काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहालको कतार भ्रमण स्थगित भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारीका कारणले प्रधानमन्त्री दाहालको शुक्रबार कतार जाने कार्यक्रम स्थगित गरिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।


OM Sai Pathibhara Hospital

प्रधानमन्त्री दाहाल अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन आउँदो शुक्रबार कतार जाने तय भएको थियो ।

प्रधानमन्त्री दाहालले आइतबार परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमणसमेत रोकेका थिए । परराष्ट्रमन्त्री पौड्याल आइतबार मानवअधिकार परिषद्को ५० औं सत्रमा भाग लिन जेनेभा तयारीमा थिइन् ।