काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी शक्तिहरू विभाजित हुँदा देशमा अहिलेको राजनीतिक अवस्था सिर्जना भएको बताएका छन्।आइतबार काठमाडौंमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले विगतको निर्वाचनअघि नेकपा एमाले र नेकपा एकीकृत समाजवादी बीच कार्यगत एकता भएको भए आजको राजनीतिक परिस्थिति फरक हुने दाबी गरे। खनालले पछिल्लो निर्वाचनमा वामपन्थी दलहरूले भोगेको हारको समीक्षा गर्नुपर्ने भन्दै एकताबिना भविष्य सुरक्षित नहुने बताए। उनले भने,‘यदि यही दुईटा दल मात्रै निर्वाचनअघि कार्यगत एकता गरेको भए ७४ होइन, करिब १०० सिट वामपन्थीको हुन्थ्यो ।ब
काठमाडौं । वर्तमान बालेन सरकारको विकल्पका लागि सबै कम्युनिस्टहरु एक भएर संघर्षको तयारीमा लाग्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।आइतवार राजधानीमा समाजवादी कम्युनिस्ट पार्टीद्वारा ‘नेपाली जनक्रान्तिको अवधारणा’ विषयक अन्तरक्रियामा वक्ताहरुले बालेन सरकार अमेरिकी कठपुतली रहेकोसमेत आरोप लगाए । क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओली‘सुदर्शन’ले विशिष्ट भूराजनीतिक अवस्थाको कारण अहिले नेपालको शत्ता र शक्तिको चाबि प्रत्यक्षरुपमा अमेरिकी हातमा पुगेको दबी गरे । ‘धेरै पहिलेबाटै रवि–बालेनहरु अमेरिकी योजनामा सिंचित रहेछन्, फ्रि तिब्बतवाला गृहमन्त्री छन्, अनि कसरी उत्पीडितहरुको रक्षा हुन्
काठमाडौं— नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीले संसदमा उठाइएको नेपाल-भारत सीमासम्बन्धी विवादित अभिव्यक्तिबारे सदनमै स्पष्ट जवाफ दिनुपर्ने बताएकी छन् ।आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद काउचाले नेपाली कांग्रेसले शुरूदेखि नै उक्त संवेदनशील विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आएको स्मरण गराइन् ।प्रधानमन्त्रीको विवादित अभिव्यक्तिपछि प्रतिपक्षी दलहरूले पटक-पटक संसदमा स्पष्ट जवाफ माग्दै आएको उल्लेख गर्दै उनले त्यसको उद्देश्य प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्नु नभई संसदको अभिलेखमा रहेको विषय सच्याई नेपालको राष्ट्रिय हित, कूटनीतिक मर्यादा र प्रधानमन्त्री पदको संस्थागत गरि
वीरगञ्ज— सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण र सुरक्षा व्यवस्थाको प्रभावकारिता मूल्याङ्कन गर्न गृहमन्त्री सुदन गुरुङले बारा र पर्साका विभिन्न सीमा नाकामा कुनै पूर्वसूचना नदिई आकस्मिक अनुगमन गरेका छन्।पहिचान गोप्य राख्न उनले कालो टोपी, फेस मास्क र सनग्लासको प्रयोग गरेका थिए। यस क्रममा उनी पर्साको जगन्नाथपुर गाउँपालिकास्थित जानकी टोला, ड्राइपोर्ट तथा बाराको कलैया उपमहानगरपालिका–१० अन्तर्गत पर्ने मटियार्वा नाका पुगेका थिए।अनुगमनका क्रममा मन्त्री गुरुङले सुरक्षाकर्मीलाई जानकारी नदिई स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका थिए। स्थानीयले विशेषगरी रातिको समयमा साइकलमार्फत हुने तस्करी बढ्दो रहेको
काठमाडौं— प्रतिनिधि सभा बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ। आज आइतबार बसेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको ‘विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्ताव सदनले सर्वसम्मत रूपमा पारित गरेको हो।विधेयकमाथिको दफावार छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. वाग्लेले वैदेशिक तथा राष्ट्रिय ऋणलाई अनुत्पादक क्षेत्रमा नभई उत्पादनमूलक आयोजनाहरूमा मात्र खर्च गरिने स्पष्ट पारे।'विदेशी ऋण पूर्वाधार आयोजनाका लागि तोकिएर आउँछन्, जसले अर्थतन्त्रका गतिविधिलाई चुस्त बनाउने, दूरी छोट्याउने र लागत घटाउने काम गरिरहेका हुन्छन्,' अर्थमन्त्री वाग्लेले
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड), सह-संयोजक माधव नेपाल, र (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल सहितका नेताहरु आज कार्यक्रममा सँगै देखिएका छन् ।मदन भण्डारी फाउण्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा ओली, प्रचण्डसहितका नेताहरु सहभागी भएका हुन् ।
काठमाडौं । प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’ बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकबाट बजेट आश्रित विधेयक ‘आर्थिक विधेयक, २०८३’ पारित भएको हो ।अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा छलफलपछि उक्त विधेयक पारित गर्नका लागि प्रस्ताव गरेका थिए ।प्रस्ताव सभामुख डोलप्रसाद अर्यालले निर्णयर्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गरे ।
काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले उक्त कर सार्वजनिक शिक्षा सुदृढीकरणका लागि समानतामूलक नीतिअन्तर्गत ल्याइएको दाबी गरे। शिक्षा र स्वास्थ्यमा लगाइएको करले भुइँमान्छे र गरिबलाई असर गर्ने भन्ने धारणा भ्रमपूर्ण रहेको उनको भनाई छ । उनले भने,‘शिक्षा र स्वास्थ्यमा लगाइएको करले भुइँमान्छे र गरिबलाई असर गर्छ भनेर कुरा उठाउनुभयो । बजेट आएको एक महिना भयो, यस विषयमा पर्याप्त छलफल गरेका छौँ।
काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस गरेकी छन् । प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुनमन्त्री गौतमले प्रतिवेदन प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेकी हुन् । गौतमले सार्वजनिक खरिद प्रक्रियालाई थप पारदर्शी, प्रतिस्पर्धी र जवाफदेही बनाउन सार्वजनिक खरिद ऐन संशोधन आवश्यक रहेको बताइन् । सार्वजनिक खरिदसम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्माण प्रणालीमा थप प्रतिस्पर्धा र स्वच्छता कायम गर्न ऐन संशोधन प्रस्ताव गरेकी छन् । उनले सार्वजनिक खर्चको अधिकतम प्रतिफल हासिल गर्न, इमानदारी र जवाफदेहितालाई
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.