राजनीति

    Showing 671-680 of 10,298 items.
  • भीम रावल प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा क्षेत्रका बासिन्दा अफ्ठयारो छन्

    काठमाडौं— नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताएका छन् । सोमबार कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको १०२औँ जन्मजयन्तीका अवसरमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले नेपालको दक्षिणी सीमामा लिम्पियाधुरा, लिपुलेक, कालापानी तथा सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन नसकेको बताउदै सरकारको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनले भने, ‘नेपालजस्तो संवेदनसिल भूराजनीतिक अवस्थामा भएको देशमा दक्षिणतिर लिपियाधुरा–लिपुलेक र कालापानीमा अतिक्रमण छ । सुस्ता

    • प्रकाशित मितिः असार १५, २०८३
    • 438 पटक पढिएको
  • धान खेत जोगाउन नसके भविष्यमा खाद्य सुरक्षामा संकट आउनसक्छः कृषि सचिव मिश्र

    काठमाडौं— कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा.राजेन्द्र प्रसाद मिश्रले घट्दो धान खेतीयोग्य जमिन जोगाउन नसके भविष्यमा खाद्य सुरक्षामा गम्भीर चुनौती उत्पन्न हुन सक्ने बताएका छन् । ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा सोमबार आयोजित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ लाई सम्बोधन गर्दै सचिव मिश्रले प्रविधिको विकास जतिसुकै भए पनि धान उत्पादनका लागि धानखेतको विकल्प नहुने बताए।उनले भने, ‘घट्दै गएको धान खेत हाम्रो साझा चिन्ताको विषय हो। आजको दुई सय वर्षपछिको प्रविधिले पनि धान खेती गर्न धान खेत नै चाहिन्छ। त्यसैले धान खेत जोगाउनु सबैको साझा दायित्व हो।

    • प्रकाशित मितिः असार १५, २०८३
    • 421 पटक पढिएको
  • म्याद थपका लागि एमाले नेता पौडेललाई अदालत पुर्‍याइयो

    काठमाडौं—  दोस्रोपटक म्याद थपका लागि पूर्वमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललाई सोमबार विशेष अदालतमा उपस्थित गराइएको छ । यसअघि विशेषले सात दिनको म्याद थप गरेको थियो ।सम्पत्ति शुद्धीकरणका कसुरमा अनुसन्धानका लागि पौडेल पौडेल असार ८ मा सुर्खेतबाट पक्राउ परेका थिए ।आफ्नो पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः असार १५, २०८३
    • 487 पटक पढिएको
  • भेष परिवर्तन गरेर सीमाक्षेत्र पुगे गृहमन्त्री, स्थानीयसँग तस्करीबारे बुझ्दै आकस्मिक अनुगमन

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङले साधारण भेषमा बारा–पर्सा सीमाक्षेत्रको आकस्मिक अनुगमन गरेका छन्। हाफ पाइन्ट र टिसर्ट लगाएर सीमामा पुगेका उनले स्थानीय बासिन्दा तथा व्यवसायीसँग प्रत्यक्ष भेटघाट गर्दै तस्करी, भन्सार छली र सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन्।गृह मन्त्रालयका अनुसार अनुगमनको उद्देश्य सीमाक्षेत्रको वास्तविक अवस्था बुझ्नु, स्थानीयको गुनासो सुन्नु तथा सम्बन्धित निकायबाट प्राप्त प्रतिवेदनसँग स्थलगत अवस्थाको तुलना गर्नु रहेको थियो।अनुगमनपछि हालसम्म कुनै प्रहरी कर्मचारीमाथि कारबाही गरिएको वा जागिरबाट हटाइएको भन्ने आधिकारिक विवरण सार्वजनिक भएको छैन। त्यस्तै, तस्करीमा प्रहरीको संलग्नता व

    • प्रकाशित मितिः असार १५, २०८३
    • 511 पटक पढिएको
  • विष्णु पौडेलमाथि सम्पत्ति शुद्धीकरणको आरोपबारे सामाजिक सञ्जालमा दाबी, आधिकारिक पुष्टि आवश्यक

    काठमाडौं— सामाजिक सञ्जालमा एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ गरिएको, उनको लगानी रहेको भनिएको कृषि फार्ममा छापा मारिएको तथा ३५ बिघा जग्गासम्बन्धी विवरण फेला परेको दाबी गरिएको सामग्री व्यापक रूपमा साझा भइरहेको छ।तर यी दाबीहरूलाई पुष्टि गर्ने सम्बन्धित सरकारी निकाय, अनुसन्धान निकाय वा अदालतको आधिकारिक जानकारी प्रस्तुत गरिएको छैन। त्यसैले यस्ता दाबीलाई आधिकारिक पुष्टि नभएसम्म तथ्यका रूपमा लिन मिल्दैन।यस्ता संवेदनशील विषयमा आधिकारिक निकायको वक्तव्य, अदालतका अभिलेख वा विश्वसनीय समाचार स्रोतबाट पुष्टि भएपछि मात्र निष्कर्ष निकाल्नु उपयुक्त हुन्छ।

    • प्रकाशित मितिः असार १५, २०८३
    • 554 पटक पढिएको
  • मुख्यमन्त्री कार्की भन्छन कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्छ

    विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरताको बाटोमा अघि बढ्नुपर्ने बताएका छन् ।राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले पछिल्लो समय खेतीयोग्य जमिन बाँझो हुँदै जानु कृषि क्षेत्रका लागि गम्भीर चुनौती बनेको उल्लेख गरेका हुन् ।उनले धान रोपाइँ, असारे भाका र दही–चिउरा खाने परम्पराले नेपाली संस्कृति र पहिचानलाई समृद्ध बनाएको उल्लेख गर्दै राष्ट्रिय धान दिवस नेपालीहरूको मौलिक पर्वका रूपमा स्थापित भएको बताए ।मुख्यमन्त्री कार्कीले युवाको वैदेशिक पलायन र बढ्दो बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुन थाले

    • प्रकाशित मितिः असार १५, २०८३
    • 455 पटक पढिएको
  • राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं—  राष्ट्रियसभा बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक सोमबार अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३क को उपनियम ९२० बमोजिम ‘विनियोजन विधेयक, २०८३’ सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

    • प्रकाशित मितिः असार १५, २०८३
    • 452 पटक पढिएको
  • हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ: ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा धक्का खाए पनि समाप्त नभएको भन्दै फेरि उठेर प्रतिगमनलाई पराजित गर्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै ओलीले जननेता मदन भण्डारीले छोटो समयमै नेपाली कम्युनिष्ट आन्दोलनमा असाधारण योगदान दिएको बताए। ‘उहाँको जीवनकाल छोटो रह्यो। छोटो समयमै उहाँले असाधारण काम गर्नुभयो र इतिहासलाई प्रभावित पार्नुभयो,’उनले भने।ओलीले सोभियत संघको विघटन र पूर्वी युरोपका समाजवादी शासन पतनपछि विश्वभर कम्युनिष्ट आन्दोलन संकटमा परेका बेला मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवादको अवध

    • प्रकाशित मितिः असार १४, २०८३
    • 248 पटक पढिएको
  • कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ माधव नेपाल

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई आत्मसमीक्षा, सहकार्य र सिद्धान्तनिष्ठ एकताको आधारमा अघि बढाउनुपर्ने बताएका छन् ।मदन भण्डारी फाउण्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले मदन भण्डारीको विचार र नेतृत्वले नेपालको राजनीतिमा ऐतिहासिक परिवर्तन ल्याएको बताए । उनले जनताको बहुदलीय जनवाद जबज नेपाली कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण वैचारिक उपलब्धि भएको उल्लेख गर्दै त्यसको भूमिका उच्च मूल्याङ्कन गर्नुपर्ने धारणा राखे । साथै, वर्तमान परिवेशमा समाजवादी आन्दोलनलाई कसरी अघि बढाउने भ

    • प्रकाशित मितिः असार १४, २०८३
    • 176 पटक पढिएको
  • मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन: प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद जबजले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त राख्न ऐतिहासिक भूमिका खेलेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा बोल्दै प्रचण्डले कुनै पनि विचार वा नीति सर्वकालिक नहुने भन्दै समयअनुसार त्यसको मूल्याङ्कन र विकास आवश्यक हुने धारणा राखे । उनले भने,‘तत्कालीन परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद जबजले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त राख्न ऐतिहासिक भूमिका निार्वह गर्नुभएको छ । प्रचण्डले २

    • प्रकाशित मितिः असार १४, २०८३
    • 200 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.