काठमाडौं— नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो समय जेन–जीको नाममा देशमा अस्थिरता र अराजकता बढ्दै गएको बताएका छन् । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत गठन गरिएको जनपरिचालन समितिको पहिलो बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले देशमा अराजकता फैलाउने गतिविधिलाई सरकारले नै संरक्षण र प्रश्रय दिइरहेको बताए ।अराजकतावादलाई प्रश्रय दिने गतिविधि खतरा बन्दै गएको बताउँदै उनले यस्तो प्रवृत्तिको संगठित प्रतिरोध गर्नुपर्नेमा जोड दिए । उनले देशको समृद्धिको मार्गमा अवरोध सिर्जना गर्न देश–विदेशका केही शक्ति सक्रिय रहेको बताए । ती सबै खालका शक्तिलाई परास्त गर्
काठमाडौं— एमाले नेता महेश बस्नेतलाई रातो मसी छ्यापेर विरोध प्रदर्शन गर्ने युवाहरू छुटेका छन् । आइतबार विराटनगर विमानस्थल हुँदै इटहरीमा आयोजित युवा जागरण अभियानमा सहभागी हुन गइरहेका बस्नेतलाई एयरपोर्ट रोडमा सन्जोग गौतम र अर्पित कुँवरले रङ छ्यापेका थिए । घटनालगत्तै जिल्ला प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई प्रहरीले आइतबार साँझ छाडेको डीएसपी कोपिला चुडालको भनाइ छ । विमानस्थलदेखि केही टाढा चिया पसलमा बसेका दुई युवामध्ये एक जना अकस्मात उठेर आएर बस्नेत सवार गाडीमाथि रङ छ्यापेका थिए । अर्का युवाले सो घटनाको भिडियो खिचिरहेका थिए ।लोला प्रहार गर्ने युवा गौतम महेन्द्र
विराटनगर— कोशी प्रदेशबाट एक लाख ५७ हजार ६१३ जनाले मतदाता नामावलीका लागि निवेदन दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि मतदाता नामावली संकलन सुरु गरिएको थियो । मङ्सिर ५ गतेसम्मको अवधिमा कोशी प्रदेशका जिल्ला, प्रदेश निर्वाचन कार्यालयबाट र राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइनमार्फत मतदाता नामावली दर्ताका लागि निवेदन दिइएको हो । निर्वाचन कार्यालयमा पुगेर ५८ हजार ९२५ जनाले तथा अनलाइनमार्फत ९८ हजार ६८८ जनाले नामावली दर्ताका लागि निवेदन दिएका छन् । मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालयमार्फत र अनलाइन दुवै गरी ताप्लेजुङबाट तीन ह
बुटवल— लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुदैछ । प्रदेश सभाको सोमबार दिउँसो १ बजे सातौ अधिवेशनको पहिलो बैठक बस्न लागेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार आजको बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाउने र प्रदेश सभा सदस्यले सातौं अधिवेशन सफलताको शुभकामना आदानप्रदान गर्ने सम्भावित कार्यसूची रहेको छ ।पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त सातौं अधिवेशन आहृवानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे जानकारी र छैटौं अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयक प्रमाणीकरण सम्बन्धी पत्र सभामुख तुलाराम घर्ती
बारा— सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्यानलले ऐतिहासिक विजय हासिल गरेको छ। सोमबार बिहान ४ बजे सकिएको मतगणनाअनुसार ११ सदस्यीय कार्यसमितिका सबै पदमा रास्वपाका उम्मेदवार विजयी भएका हुन्।तीन दशकदेखि एमाले नेतृत्वमा सञ्चालित सिमरा खानेपानीमा यसपटक पहिलोपटक एमालेको प्यानल पराजित भएको छ। नयाँ नेतृत्वमा अध्यक्ष युवराज न्यौपाने, उपाध्यक्ष हरिप्रसाद सिम्खडा, सचिव अमृत बस्याल, सहसचिव कृष्णकुमार रिमाल, कोषाध्यक्ष रामकुमार अर्याल रहेका छन्। महिला सदस्यमा दिलुमाया तामाङ र सुष्मा पण्डित तथा खुला सदस्यमा कल्पना कुमारी क्षेत्री, कृष्णकुमारी श्र
काठमाडौं— जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । सरकारमाथि भ्रष्टाचार, पक्षपात र कुशासनको आरोप रहेको भन्दै मुभमेन्टले राजीनामा मागेको हो । जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहले सोमबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री कार्की नेतृत्वको सरकारको कानुनी वैधता, राजनीतिक नैतिकता र जनविश्वास समाप्त भइसकेको उल्लेख छ ।
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई संसदीय समितिले छलफलमा बोलाएको छ ।राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले घिसिङलाई छलफलमा बोलाएको हो । समितिको बैठक आज बिहान साढे ११ बजे बस्नेछ ।छलफलको विषय नै घिसिङसँग छलफल र विविध रहेको छ । समिति सचिवालयका अनुसार घिसिङसँग भारतसँगको विद्युत व्यापार सम्झौता, खर्च कटौतीको निर्णयले पारेको प्रभाव, नयाँ संसद भवन निर्माणको प्रगति विवरण, सुनकोसी मरिन डाइभर्सन आयोजना लगायत मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गर्ने तयारी छ ।
काठमाडौं— राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र जलविद्युत् आयोजना निर्माण रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । मल्टि इनर्जी डेभलपमेन्ट प्रालिले २०७३ सालदेखि लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र निर्माण गर्दै आएको ३० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजना रोक्न माग गर्दै २०७९ वैशाख २७ गते सुम्पा तामाङसहितका व्यक्तिहरूले दायर गरेको रिटमाथि मंसिर ३ गते न्यायाधीश टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले अन्तिम सुनुवाइ गर्दै रिट खारेज गरेको हो ।सर्वोच्च अदालतका सहायक प्रवक्त निराजन पाण्डेले उक्त रिट खारेज भएसँगै राष्ट्रिय निकुञ्ज क्षेत्रमा विद्युत आयोजनाहर
काठमाडौं— अन्तरिम सरकारका ऊर्जा, जलश्रोत, भौतिक योजना, यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने विषयलाई सरकारले गम्भीरतापूर्वक अघि बढाइ रहेको बताएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) को नागरिकता तथा भोटिङ राइट्स समितिद्वारा आइतबार आयोजित वेबिनारलाई सम्बोधन गर्दै मन्त्री घिसिङले सरकारले आवश्यक कानूनी तथा प्राविधिक प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिए।मन्त्री घिसिङका अनुसार गृह मन्त्रालयले हाल दुई महत्त्वपूर्ण विषय—एनआरएन नागरिकता तथा विदेशी भूमिबाट मतदान अधिकारबारे गृहकार्य गरिरहेको छ । उनले निर्वाचन आयोग
काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालले उठाउँदै आएका २८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दाहरु सार्वजनिक गरेको छ । जसपा नेपालले संविधान संशोधन, संघीय प्रणालीको सिद्धान्तका आधारमा प्रदेशहरुलाई अधिकार सम्पन्न गर्नुपर्नेदेखि जेनजी पुस्ताले आन्दोलनका दौरान उठाएका न्यायोचित माग र मुद्दाहरु सरकारले पुरा गर्नुपर्ने माग उठाएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् । जसपा नेपालले भनेको छ, ‘संविधन संशोधन अथवा पुनरर्लेखन गरी राष्ट्रिय समास्याहरूको समाधान गरी मुलुकलाई निकास दिनुका साथै राष्ट्रिय/जातीय पहिचान झल्कने गरी राज्य पुनर्संरचना उच्च स्तरीय आयोगको सुझाव प्रतिवेदन २
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.