काठमाडौं—  दोस्रोपटक म्याद थपका लागि पूर्वमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललाई सोमबार विशेष अदालतमा उपस्थित गराइएको छ । यसअघि विशेषले सात दिनको म्याद थप गरेको थियो ।

सम्पत्ति शुद्धीकरणका कसुरमा अनुसन्धानका लागि पौडेल पौडेल असार ८ मा सुर्खेतबाट पक्राउ परेका थिए ।

आफ्नो पदको दुरुपयोग गरेर व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।