राजनीति

    Showing 6,431-6,440 of 7,637 items.
  • आम निर्वाचनमा गठबन्धन हुँदैन : नेत्री कोइराला

    चितवन  / नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आगामी आम निर्वाचनमा नेपाली कांग्रेसको कुनै पनि दलसँग गठवन्धन नहुने बताएकी छिन् ।आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले भनिन्, “गठवन्धनका विषयमा कुरा उठेको छैन । कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ ।” कांग्रेस ऐतिहासिक पार्टी भएकाले यस विषयमा छलफल गरेर मात्र निर्णय लिनुपर्ने उनको भनाइ छ ।फरक प्रसङ्गमा उनले कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुने बताईन् । उनले भनिन्, “सभापतिले अब अधिवेशन समयमा नै हुन्छ भन्नुभएको छ । विश्वास गर्नुप¥यो । समयमा नै अधिवेशन हुनुपर्छ ।” महाधिवेशनमा आफ्नो उम्मेदवारी के हो भन्ने विषयमा उनले आफू छलफलमै रहेको बताईन् । रा

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 84 पटक पढिएको
  • नवनियुक्त मुख्यमन्त्री पाण्डेसहित तीन मन्त्रीले लिए सपथ

    मकवानपुर  / बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् । आजै मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्माका समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।  मुख्यमन्त्री पाण्डेसँगै नवनियुक्त मन्त्री माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भडेल र नेकपा (एस)का उपनेता कृष्ण खनालले पनि शपथ लिएका छन् । नेकपा माओवादी केन्द्र बागमती प्रदेशका संसदीय दलका नेता शालिकराम जमरकट्टेलका अनुसार मोक्तानले सामाजिक विकास मन्त्रालय, भडेलले भौतिक पूर्वाधार विकास मन्त्रालय र

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 97 पटक पढिएको
  • प्रतिनिधिसभाको आजको बैठक १२ मिनेटमै सकियो

    बिर्तामोड / प्रमुख विपक्षी दल नेकपा एमालेको अवरोधका कारण बिहीबार बसेको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । २ बजे सुरु भएको बैठकमा एमालेले अवरोध र नाराबाजी गरेपछि १२ मिनेट बसेर कात्तिक २९ गते सम्मलाई स्थगित गरिएको हो । सभामुख सापकोटाले पटक पटक बैठक सञ्चालनको वातावरण बनाउन अनुरोध गरे पनि एमालेका सांसदहरुले अवरोध गरिरहेका छन् ।आज पनि एमालेका सांसदहरुले सभामुख अग्नि सापकोटाको आसन अगाडि पुगेर गैर सांसदलाई संसद्मा प्रवेश निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदीय मर्यादा कायम गर जस्ता नारा लगाएका थिए ।एमालेको अवरोधकाबीच सभामुख अग्नि सापकोटाले उद्योग, वाणिज्य तथा  आपूर्ति मन्त्री

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 82 पटक पढिएको
  • सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पतालमा भर्ना

    काठमाडौँ / सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छिन् । निमोनिया र ज्वरो आएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए । “सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानुभएको थिएन”, सहयोगी तामाङले भने, “हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँमा निमोनिया देखियो । अहिले अस्पतालमा उपचार गराइरहनुभएको छ ।” मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भइरहेको उनले बताए ।

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 96 पटक पढिएको
  • देउवा नेतृत्वको सरकारपछि सीसीएमसीको पहिलो बैठक,३४ प्रतिशतले लगाए कोरोनाविरुद्धको पहिलो डोज

    काठमाडौँ / गत असार २९ गते प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को पहिलो बैठक बिहीबार बिहान बसेको छ । उक्त बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले चैतभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाइसक्नुपर्ने बताएका छन्। उनले खोप खरिद गरेर भए पनि चैतभित्र सबैलाई पूर्ण मात्रामा लगाइसक्नुपर्ने उनले बताए।‘कोरोना खोपको कमी नहोस्, चैतभित्र सबै नेपालीलाई खोप लगाइसक्नुपर्छ,’ उनले भने, ‘सबैलाई निस्शुल्क खोप लगाउने हो। अनुदानबाट प्राप्त र अपुग हुने खोप खरिद गरेर भए पनि सबैलाई पूर्ण मात्रामा खोप लगाउनुपर्छ।’अहिलेसम्म कूल जनसंख्याको ३४ प्रतिशतले पहि

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 83 पटक पढिएको
  • अर्ली इलेक्सन हुँदैन, प्रतिनिधिसभाको उपचुनाव हुन्छ : अध्यक्ष नेपाल

    धनगढी / नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउने बारे गठबन्धनमा कुनै छलफल नभएको बताएका छन् ।बिहीबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले केपीले ओलीले परमादेश जारी गर्ने सबै न्यायाधीशलाई हटाउनुपर्छ भन्नु गलत भएको बताएका छन् ।अर्ली इलेक्सन हुँदैन, अहिले हुने प्रतिनिधिसभाको उपचुनाव हुन्छ, राष्ट्रिय सभाको चुनाव हुन्छ अध्यक्ष नेपालले भने, हामी अहिलेकै गठबन्धनबाट चुनावमा जाने सोचमा छौँ ।एमालेसँग एक्लै चुनाव लड्ने आँट नभएर गठबन्धन बनाएर चुनाव लड्न खोज्नु भएको हो भन्ने प्रश्नमा उनले हिजो एमालेले

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 104 पटक पढिएको
  • अमेरिकाका नेपाली राजदूत डा. खतिवडा नेपाल फर्किए

    काठमाडौँ / सरकार परिवर्तन भएपछि अमेरिकाका लागि १८औँ नेपाली राजदूत डा. युवराज खतिवडा नेपाल आएका छन् । डा. खतिवडा हिजो (बुधबार) नेपाल आएका हुन् । पूर्वमन्त्री रहेका खतिवडालाई अक्टोबर २०२० मा प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले संयुक्त राज्य अमेरिकाको लागि राजदूतको रूपमा सिफारिस गरेको थियो ।डा. खतिवडाले अमेरिका र यसका क्षेत्रहरू र दक्षिण अमेरिकी देशहरू पनामा, कोस्टारिका, मेक्सिको, एल साल्भाडोर, होन्डुरस र ग्वाटेमालामा पनि गैरआवासीय राजदूतको रुपमा काम गरेका थिए ।एक वर्ष भन्दा एक वर्षभन्दा कम समय अमेरिकाको बसाइपछि बुधबार उनी कतार एयरवेजको जहाजबाट नेपाल फर्किएका हुन् ।

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 101 पटक पढिएको
  • चार बजे एमाले स्थायी कमिटि बैठक बस्दै

    काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । अपराह्न चार बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठक आसन्न राष्ट्रिय महाधिवेशनको विषयमा केन्द्रित हुने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिएका छन् ।राष्ट्रिय महाधिवेशनका प्रतिनिधि छनोटका विषयमा छलफल हुने उनले जानकारी दिएका छन् । एमालेको राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ । स्थायी कमिटी बैठकमा वडा र पालिका अधिवेशनको समीक्षा पनि हुने उनले बताए । एमालेले कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका अधिवेशन गरेको थियो । केही वडा र पालिकामा भने अधिवेशन हुन बाँकी रहेको छ ।

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 97 पटक पढिएको
  • पूर्वन्यायाधीश लम्सालको निधन

    बिर्तामोड / सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरव प्रसाद लम्सालको आज बिहान निधन भएको छ । लम्सालको उपचारको क्रममा ८४ वर्षको उमेरमा चावहिलको मेडिकेयर अस्पतालमा निधन भएको परिवार स्रोतले जानकारी दिएका छन् । लम्साल २०५८ सालमा गठित बहुचर्चित सम्पत्ति छानबिन आयोगका अध्यक्ष थिए । उनले नेतृत्व गरेर तयार पारेको हुनाले उक्त प्रतिवेदनलाई लम्साल आयोगको प्रतिवेदन भनी चिन्ने गरिन्छ । उनी स्वास्थ्य समस्याका कारण केही दिनदेखि मेडिकेयर अस्पतालमा उपचाररत थिए ।

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 95 पटक पढिएको
  • प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच स्कटल्याण्डमा भेटवार्ता हुँदै

    काठमाडौं /  प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच स्कटल्याण्डको ग्लास्गोमा भेटवार्ता हुने भएको छ ।  ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलनमा सहभागी हुने क्रममा दुई देशका समकक्षीबीच भेटवार्ता हुने भएको हो । प्रधानमन्त्री देउवा शुक्रबार बेलायत प्रस्थान गर्दैछन् । सम्मेलनका क्रममा देउवा र मोदीबीच साइडलाइन वार्ता तय भएको छ । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ ।

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 91 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा