काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक उमेश थापाको निधन भएको छ ।

भक्तपुरको गुन्डुस्थित आफ्नै निवासमा सुतिरहेका बेला ४३ वर्षीय प्रहरी निरीक्षक थापालाई हृदयघात भएको थियो ।  हृदयघात भएपछि थापालाई शनिबार बिहान ५ बजे उपचारका लागि भक्तपुर अस्पताल पुर्‍याइएको थियो । तर, अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले थापालाई मृत घोषणा गरेका थिए ।

OM Sai Pathibhara Hospital

सशस्त्र प्रहरी स्रोतका अनुसार थापाको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।