काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते विश्वासको मत लिने भएका छन्।

सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेताले बताएअनुसार प्रधानमन्त्री प्रचण्डले २८ गते शुक्रबार विश्वासको मत लिने तयारी गरेका हुन्।

OM Sai Pathibhara Hospital

ती नेताका अनुसार यसबारे औपचारिक निर्णय आजै बस्ने सत्ता गठबन्धनको बैठकले गर्नेछ। गठबन्धनको बैठक केहीबेरमा बस्दैछ।

सबैभन्दा ठूलो सत्ता साझेदार दल नेकपा (एमाले) १९ गते समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको हो। 

त्यसअनुरूप प्रधानमन्त्री प्रचण्डले साउन १९ गतेभित्र विश्वासको मत लिइसक्नुपर्थ्यो तर, उनले चाँडै मत लिन लागेका हुन्।

एमालेले नेपाली कांग्रेससँग मिलेर नयाँ सत्ता समीकरण बनाउने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन्। 

अहिले उनीमाथि आफ्नो दल नेकपा माओवादी केन्द्र का अलवा रास्वपा, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले मात्रै समर्थन जारी राखेका छन्।