काठमाडौँ- नेकपा एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय कमिटी टुंगो लगाएको छ।  दसौं महाधिवेशनमा सर्वसम्मत ढंगले नेतृत्व छानिरहेको एकीकृत समाजवादीले अध्यक्ष, सम्मानित नेता र महासचिव सहित ९३ जना केन्द्रीय सदस्य टुंग्याएको हो।

एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाल बिहीबार नै सर्वसम्मत भएका थिए। शुक्रबार ९३ सदस्य मात्रै टुंगो लगाइएको एक नेताले बताए। एकीकृत समाजवादीमा २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने यसअघि नै निर्णय भएको थियो।

OM Sai Pathibhara Hospital

एकीकृत समाजवादीले उपलब्ध गराएको सूचीमा यसअघि केन्द्रीय कमिटीमा रहेका धेरै नेता अटाएका छैनन्।