झापा / नेकपा एमालेले दशौँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । ललितपुरस्थित तुल्सीलाल अमात्य प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले महाधिवेशनको लोगो सार्वजनिक गरेका हुन् । एमालेले मंसिर १०–१२ गते हुने महाधिवेशनका लागि ‘एक सिंगे गैँडाले पार्टीको झण्डा बोकेको’ लोगो तयार पारेको छ । चितवनलाई पर्यटकीय दृष्टिले चिनाउन साथै जलवायु परिवर्तनको असर न्यूनिकरण गर्ने सन्देश दिन यस्तो लोगो तयार पारिएको महाअधिवेसन प्रचार समिति संयोजक योगेश भट्टराईले जानकारी दिए । एमाले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिद्वारा लोगो सार्वजनिक कार्यक्रममार्फत पार्टी सदस्यबाट १०० र
सर्लाही / सर्लाहीमा शनिबारका लागि तय भएको नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ ।केन्द्रीय निर्वाचन समितिले खटाएको निर्वाचन अधिकृत विनोद कार्कीले राजिनामा दिएपछि जिल्लामा कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको हो । जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय समूहको दबाब खेप्न नसकेर निर्वाचन अधिकृत कार्कीले राजिनामा दिएको स्रोतले जनाएको छ ।जिल्ला सभापति नागेन्द्र कुमार राय पार्टीका केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट र पूर्व जिल्ला सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् । आगामी निर्वाचनमा उनीहरु नै जिल्ला
इटहरी / २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी माधव नेपाल समूहमा जाने भएका छन् । दुई समूहमा विभाजित नेकपा एमाले सुनसरीको नेतृत्वमा हेरफेरलाई लिएर असन्तुष्टि जनाएका मेयर चौधरी माधव समूहमा जाने भएका हुन् । समाजवादीको कार्यक्रममा भाग लिन इटहरी पुगेका अध्यक्ष नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई चौधरीले शुक्रबार घरमै बोलाएर खान समेत खुवाएका छन् । दुई दिनअघि मात्रै चौधरीले एमाले जिल्ला कमिटी सुनसरीको बैठकमा आफूले ठाउँ नपाएको भन्दै असन्तुष्ट व्यक्त गरेका थिए । एमालेमा आफू असन्तुष्ट रहेको सन्देश दिने ग
काठमाडौँ / नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बस्दैछ । विधान संशोधन लगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो ।बैठक भर्चुअल माध्यमबाट साँझ ६ बजे बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । पार्टीको कामका सिलसिलामा केन्द्रीय सदस्यहरू उपत्यका बाहिर रहेका कारण भर्चुअल रूपमा बैठक बस्न लागेको उनले बताए ।सदस्यता विस्तार, नवीकरणलगायत साङ्गठनिक सुदृढीकरणमा माओवादी केन्द्रित भएको छ । राष्ट्रिय सम्मेलनको तयारी स्वरुप सो पार्टीले वडा, पालिका र प्रदेश सम्मेलनको तयारी तीव्र पारेको छ । आगामी पुस ११ देखि १३ सम्म माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदैछ ।
काठमाडौं / मुलुकको कानुन बनाउने प्रमुख जिम्मेवारी संसद्को भएता पनि नेपालमा भने ८० प्रतिशतभन्दा बढी कानुन अझै पनि कार्यपालिका मातहतका निकायले बनाउने गरेको पाइएको छ । कुन प्रयोजनका लागि ती कानुन कहाँ बनाइएको, कहाँ दर्ता हुन्छ, त्यसको ठिक सदुपयोग भए/नभएको भन्ने पनि यकिन लेखाजोखा नै पाइन्न । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले कानुन निर्माण गर्ने मुख्य जिम्मेवारी रहेको संसद्ले २० प्रतिशत मात्र कानुन बनाउँदै आएको बताए ।उनले भने, “देशमा अहिले करिब ३५० ऐन र ३०० जति नियमावली अभ्यासमा छन् तर हजारौँका सङ्ख्यामा रहेका निर्देशिका, मापदण्ड जस्त
काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन व्यवसायीहरूको आन्दोलनमा हस्तक्षेप नगर्न प्रहरीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई कानुन व्यवसायीको आन्दोलनमा हस्तक्षेप र बल प्रयोग नगर्न निर्देशन दिएको बारका महासचिव लिलामणि पौडेलले जानकारी दिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनका कानुन व्यवसायीहरूले केही दिन देखि लगातार आन्दोलन गर्दे आएका छन् । शान्तिपूर्ण आन्दोलन गर्न र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नहुने सरकारबाट प्रतिबद्धता आएको उपमहासचिव पौडलले बताए । आन्दोलनलाई सम्बो
काठमाडौं / नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्न लागेको हो । समाजवादीले यो बैठकमा कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरू अनुमोदन गर्ने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।बैठकमा नेकपा (एमाले) सहितका विभिन्न पार्टी परित्याग गरी समाजवादी पार्टी प्रवेश गरेका एवं प्रवेश गर्ने तयारीमा रहेका नेताहरूको जिम्मेवारी र भूमिकाबारे निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेश गर्ने योजना छ ।
काडामाडौँ / सर्वोच्च अदालत अगाडि कानुन व्यवसायीबीच झडप भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै नेपाल बार एशोसियसनका कानुन व्यवसायिहरूले केही दिन देखि लगातार विरोध प्रदर्शन गर्दै आएका छन् । सोही विरोधका क्रममा आज आन्दोलनरत पक्ष र विपक्षबीच धकेला धकेल भए पछि झडप भएको हो । झडपका क्रममा केहीलाई भने प्रहरीले पक्राउ गरेको छ । बारले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने रणनीति लिएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । सर्वोच्च अदालत क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । सर्वोच्च अदालत सुरक्षा गणका एसपी दीप
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.