काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति विवाद संवैधानिक इजलासमा पठाइएको छ। न्यायाधीश बालकृष्ण ढकालको इजलासमा आज भएको प्रारम्भिक सुनुवाइपछि संवैधानिक इजलासमा पठाउने आदेश भएको हो।

नेपालको संविधानको धारा ७६-२ बाट बनेको प्रधानमन्त्री विश्वासको मत पाउन असफल भएपछि स्वतः उपधारा ३ मा लैजानुपर्नेमा ओलीलाई उपधारा २ अनुसारै प्रधानमन्त्री नियुक्त गर्नु गैरसंवैधानिक दाबी गरी तीनवटा रिट परेका थिए। 

यसमा गम्भीर संवैधानिक विवाद निहित रहेको भन्दै ढकालको एकल इजलासले संवैधानिक इजलासबाट निरुपण हुनुपर्ने भनेको हो।