काठमाडौं–नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक आज मध्याह्न १२ बजे सङ्घीय संसद्भवन नयाँबानेश्वरमा बस्न लागेको छ । संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने, देशभर बाढीपहिराका कारण भएको क्षति तथा पीडितलाई सहयोग एवं सामसामयिक विषयमा निर्णय गर्नेछ । 

प्रधानमन्त्री ओलीले आज अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार ओलीले आज विश्वासको मत लिन लागेका हुन् ।