रुपन्देही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहाखुर महराले राजीनामाको घोषणा गरेका छन् । विश्वासको मतका लागि डाकिएको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन्।  अल्पमतमा रहेका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत लिनका लागि यो बैठक आह्वान गरिएपनि उनी त्यो प्रक्रियामा गएनन्।

सदनमा सम्बोधन गर्दै उनले केन्द्रमा समीकरण फेरिएपछि प्रदेशमा हुने यो खालको फेरबदलले अस्थिरता बढाएको जिकिर गरे। सरकारबाट हटेपनि एमालेले कुनै आरोप नलगाएको उनको भनाइ थियो।

OM Sai Pathibhara Hospital

‘विश्वासको मत फिर्ता पनि यो संकेत आएको थियो उहाँहरुबाट। प्रदेशमा केन्द्रमा जे हुन्छ, त्यो हुन्छ भन्दै आएको छौं’ उनले भने। ‘काठमाडौंमा पानी पर्दा देउखुरीमा छाता ओढेर संघीयता कमजोर बनायौं कि, मेरो पार्टीमा प्रदेशहरुलाई राजनीति गर्न पाउने अवस्था बनाउन आग्रह गरिरहेको र अन्य दलले पनि त्यो गर्नुपर्छ, हामी यहाँ अनावश्यक रुपमा छलफल गर्नुपर्ने विषय नै नभएको ठान्छु’, उनले भने।

मुख्यमन्त्री महराले प्रदेशलाई संघबाटै अलपत्र पारिएको बताए। ‘यहाँ छलफल नै गर्न नपाउने?, को मुख्यमन्त्री बन्ने?, मन्त्री को बन्ने?, भन्ने विषयमा प्रदेशलाई कुनै अधिकारै छैन, यसको विरुद्ध आफ्नो पार्टीमा गम्भीर बहस गरौं भन्ने मेरो सुझाव हो। यहाँ हामी दोषी छैनौ, यो यहाँको कारणले फेरबदल भएको होइन भन्ने लागेको छ’, महराले भने।