काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको बैठक बोलाएको छ । बैठक आज बिहान ११:३० बजे दलको कार्यालय सिंहदरबारमा बस्ने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी गराए ।

आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्नेछ । शनिबार भएको पार्टी निर्देशन समितिको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन उपयुक्त हुने सुझाव दिइसकेको थियो ।