राजनीति

    Showing 6,311-6,320 of 10,353 items.
  • जहाज दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

    काठमाडौँ- सरकारले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले छानबिन समिति गठन गरेको हो ।रतिशलाल कर्णको संयोजकत्वमा गठित समितिमा ५ सदस्य रहेका छन् । मन्त्रीपरिषद वैठकले जहाज दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।

    • प्रकाशित मितिः साउन ९, २०८१
    • 480 पटक पढिएको
  • बाँसबारीको जग्गा सरकारको नाममा फिर्ता

    काठमाडौँ - बाँसवारी छाला जुत्ता कारखाना उद्योगको हडपिएको जग्गा सरकारको नाममा फिर्ता ल्याइएको छ। हाल चाँदबाग स्कुलले चर्चेको जग्गा मालपोत कार्यालय डिल्लीबजारमार्फत सरकारका नाममा कायम गरिएको हो। नेपाल सरकारका नाममा बुधबार कायम भएको जग्गाधनी पुर्जामा कित्ता नम्बर ५८ को जग्गाको क्षेत्रफल ४८७ वर्गमिटर उल्लेख छ।यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी जग्गा हड्पिएको सम्बन्धमा अनुसन्धान गरेको थियो।ब्यूरोले अनुसन्धान पछि गत माघ २२ गते मालपोत कार्यालयलाई पत्र पठाएर उक्त जग्गा नेपाल सरकारका नाममा श्रेष्ता अध्यावधिक गर्न भनेको थियो।सरकारी जग्गा हडप्ने तत्कालीन च्याम्पियन फुटवेयर प्रालि र

    • प्रकाशित मितिः साउन ९, २०८१
    • 257 पटक पढिएको
  • माओवादीले बोलायो पदाधिकारी बैठक

    काठमाडौँ- नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । साउन ११ गते  बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार पछिल्लो राजनीति अवस्था र पार्टी निर्माण तथा आगामी योजनाबारे छलफल हुनेछ ।

    • प्रकाशित मितिः साउन ९, २०८१
    • 210 पटक पढिएको
  • प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।त्रिभुवन विमानस्थलमा बिहान भएको सौर्य एयरलाइन्सको दुर्घटनाबारे उद्धार र राहतबारे निर्णय लिन प्रधानमन्त्री ओलीले आज अपरान्ह ५ बजे आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

    • प्रकाशित मितिः साउन ९, २०८१
    • 458 पटक पढिएको
  • सुशासन कायम गर्न खोज्दा सरकारबाट हट्नुपर्‍यो : अध्यक्ष दाहाल

    काठमाडौं–पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सुशासन कायम गर्न खोज्दा सरकारबाट हट्नु परेको बताएका छन् । आज एक कार्यक्रममा बोल्दै उनले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिको पक्षमा माओवादी नेतृत्व सक्रियतापूर्वक लागेका बेला अपारदर्शी ढङ्गले सरकार परिवर्तन भएको बताएका हुन् । आफ्नो नेतृत्वको सरकार सुशासन कायम गर्दै बेदाग सत्ताबाट बाहिरिएको यथार्थलाई जनताले बुझेको पनि उनको भनाई थियो । उनले भने, ‘मेरो नेतृत्वको सरकारले सुशासन र सामाजिक न्यायका पक्षमा गम्भीर पहल गर्दै थियो । स्वदेश तथा विदेशमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिला

    • प्रकाशित मितिः साउन ९, २०८१
    • 334 पटक पढिएको
  • रास्वपा केन्द्रीय समितिको बैठक भोली, एजेण्डा के छन् ?

    काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । बैठक भोली बिहान ११ बजे बस्नेगरी बोलाइएको छ । बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने जनाइएको छ । बैठक केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने छ । रास्वपा अहिले उपसभामुख इन्दिरा राना मगरको विषयलाई लिएर विवादमा छ । सो पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले रानाविरुद्ध आफूसँग प्रमाण भएको भनेपछि विवाद थप चुलिएको हो । रानाले लेखेको पत्रलाई अनुसन्धानका दायरामा ल्याउनुपर्ने आवाज उठिरहेको छ । रास्वपाले आर्थिक लेनदेन नभएको भने पनि ९ लाख लिएको प्रमाण आफूसँग भएको दाबी ढकालले

    • प्रकाशित मितिः साउन ९, २०८१
    • 546 पटक पढिएको
  • लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसहित ९ जनाले लिए शपथ

    काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । आचार्यको सपथमा एमाले संसदीय दलका नेता लिला गिरी  अस्वस्थ्य भएको भन्दै गएनन् । आफूलाई रोकेर उपनेता आचार्यलाई मुख्यन्त्री बनाएपछि गिरी पार्टीसँग असन्तुष्ट छन् । एमालेबाट मुख्यमन्त्री चेतनारायण आचार्यसँगै भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारू र सीता शर्मा चौधरीले मन्त्रीको शपथ लिएका छन । त्यस्तै कांग्रेसबाट प्रचण्डविक्रम न्यौपाने, धनेन्द्र कार्की, बादशाह कुर्मी र सरोज थापा(रोज राणा)ले पनि मन्त्रीको शपथ लिएका छन् । मन्त्रालयको संख्या र मन्त

    • प्रकाशित मितिः साउन ९, २०८१
    • 323 पटक पढिएको
  • लुम्बिनीका मुख्यमन्त्री आचार्यको शपथ आज, एमालेबाट ४ जना मन्त्री बन्दै

    काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन् । आचार्य सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए । यस्तै, नेकपा एमालेले चार मन्त्रीको नाम पनि टुंगो लगाएको छ । आचार्यले सपथसँगै मन्त्रिपरिषद् विस्तार गर्ने जनाइएको छ । आज एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु मगर र सीता शर्मा चौधरीले मन्त्रीको शपथ लिनेछन् । उनीहरूको मन्त्रालय भने तोकिएको छैन । 

    • प्रकाशित मितिः साउन ९, २०८१
    • 334 पटक पढिएको
  • नवनियुक्त मुख्यमन्त्री लामाको शपथ ग्रहण आज

    काठमाडौं–बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामाले आज शपथ ग्रहण गर्ने भएका छन् । लामाको शपथ ग्रहण समारोह प्रदेश प्रमुखको कार्यालय परिसरमा आज १०:४५ बजेबाट सुरु हुने छ । नेपाली काँग्रेस संसदीय दलका नेता लामा बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मङ्गलबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । केन्द्रमा काँग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारी भएपछि लामालाई मुख्यमन्त्री बनेका हुन् । ११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा सबैभन्दा ठुलो दल काँग्रेसको ३७ र एमालेको २७ जना प्रदेश सभा सदस्य रहेका छन् । 

    • प्रकाशित मितिः साउन ९, २०८१
    • 331 पटक पढिएको
  • पूर्वमन्त्री महतोले ५ हजार घुस दिएको विषयमा छानबिन गर्न समिति गठन

    काठमाडौँ-  पूर्वमन्त्री एवं सांसद् वीरेन्द्र महतोले पाठ्यक्रम विकास केन्द्रबाट सेवा लिँदा घुस दिनुपरेको भन्ने विषयमा छानबिन गर्न शिक्षा मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता तथा उपमहानिर्देशक वसन्तप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मन्त्रीस्तरीय निर्णय गर्दै छानबिन गर्न निर्देशन दिएकी हुन् ।समितिमा उपसचिव रामप्रसाद शर्मा र शाखा अधिकृत पुष्पा वाग्ले सदस्य रहेको मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिए ।जनता समाजवादीका सांसद महतोले प्रतिनिधि सभाको

    • प्रकाशित मितिः साउन ८, २०८१
    • 257 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.