काठमाडौं–बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामाले आज शपथ ग्रहण गर्ने भएका छन् ।

लामाको शपथ ग्रहण समारोह प्रदेश प्रमुखको कार्यालय परिसरमा आज १०:४५ बजेबाट सुरु हुने छ । नेपाली काँग्रेस संसदीय दलका नेता लामा बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मङ्गलबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

OM Sai Pathibhara Hospital

केन्द्रमा काँग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारी भएपछि लामालाई मुख्यमन्त्री बनेका हुन् । ११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा सबैभन्दा ठुलो दल काँग्रेसको ३७ र एमालेको २७ जना प्रदेश सभा सदस्य रहेका छन् ।