काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । बैठक भोली बिहान ११ बजे बस्नेगरी बोलाइएको छ । बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने जनाइएको छ । बैठक केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने छ ।

रास्वपा अहिले उपसभामुख इन्दिरा राना मगरको विषयलाई लिएर विवादमा छ । सो पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले रानाविरुद्ध आफूसँग प्रमाण भएको भनेपछि विवाद थप चुलिएको हो । रानाले लेखेको पत्रलाई अनुसन्धानका दायरामा ल्याउनुपर्ने आवाज उठिरहेको छ । रास्वपाले आर्थिक लेनदेन नभएको भने पनि ९ लाख लिएको प्रमाण आफूसँग भएको दाबी ढकालले गरेका छन् ।