काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । आचार्यको सपथमा एमाले संसदीय दलका नेता लिला गिरी  अस्वस्थ्य भएको भन्दै गएनन् । आफूलाई रोकेर उपनेता आचार्यलाई मुख्यन्त्री बनाएपछि गिरी पार्टीसँग असन्तुष्ट छन् ।

एमालेबाट मुख्यमन्त्री चेतनारायण आचार्यसँगै भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारू र सीता शर्मा चौधरीले मन्त्रीको शपथ लिएका छन । त्यस्तै कांग्रेसबाट प्रचण्डविक्रम न्यौपाने, धनेन्द्र कार्की, बादशाह कुर्मी र सरोज थापा(रोज राणा)ले पनि मन्त्रीको शपथ लिएका छन् ।

OM Sai Pathibhara Hospital

मन्त्रालयको संख्या र मन्त्रीको टुंगो लगाए पनि दुई दलबीच कुन मन्त्रालय कसले लिने भन्ने टुंगो लाग्न बाँकी छ । एमाले र कांग्रेसबीच ५/५ मन्त्रालय लिने सहमति भएको छ । थप २ मन्त्रालय भने साना दलका लागि राखिएको छ ।