काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन् । आचार्य सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए । यस्तै, नेकपा एमालेले चार मन्त्रीको नाम पनि टुंगो लगाएको छ ।

आचार्यले सपथसँगै मन्त्रिपरिषद् विस्तार गर्ने जनाइएको छ । आज एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु मगर र सीता शर्मा चौधरीले मन्त्रीको शपथ लिनेछन् । उनीहरूको मन्त्रालय भने तोकिएको छैन ।