राजनीति

    Showing 6,261-6,270 of 10,353 items.
  • नवनियुक्त तीन प्रदेश प्रमुखद्वारा शपथ ग्रहण

    काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती मगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीले प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई प्रदेश प्रमुख पदमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। राष्ट्रपति पौडेलले बुधबार उनीहरूलाई प्रदेश प्रमुख पदमा नियुक्त गरेका थिए।समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाका सभामुख

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 230 पटक पढिएको
  • गुरु बराल बने नेकपा एमालेको उपाध्यक्ष

    काठमाडौँ-  नेकपा एमालेले रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनयन गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए। उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि उक्त पद रिक्त थियो।त्यस्तै एमालेले दुई जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ । बैठकले नेता मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्य नियुक्त गरेको हो । न्यौपाने नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा गएका थिए। पछि फेरि एमालेमै फर्किएका हुन्।

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 268 पटक पढिएको
  • माओवादी सत्ताबाट निस्केपछि टुंगियो द्वन्द्वकालीन घटनासम्बन्धी विधेयक

    काठमाडौँ-  संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा प्रमुख तीन दलहरूबीच सहमति जुटेको छ। बिहीबार सिंहदरबारमा बसेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलको बैठकबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा सहमति गरिएको हो।‘आज राम्रो उपलब्धि भएको छ। हाम्रा बिचमा मिल्न बाँकी कुराहरू सबै मिलिसकेको छ’ गृहमन्त्री रमेश लेखकले भने। द्वन्द्वकालको बेलामा भएको हत्यालाई मनसायपूर्वक अथवा स्वच्छेचारी ढंगले परिभाषित गरिएको गृहमन्त्री लेखकले बताए।उनका अनुसार मेलमिलापपत्र र क्षमादान गर्नका लागि पीडितको सहमति आवश्यक हुने कुरामा सहमति भएको छ। ‘यदि पीडितको सहमति भएन भने मानवअधिकारको उल्लं

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 475 पटक पढिएको
  • रातो मच्छिन्द्रनाथको रथ आज जावलाखेल पुर्‍याइँदै

    ललितपुर- वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ आज जावलाखेल पुर्‍याइने भएको छ। ललितपुर महानगरपालिका स्थित पुल्चोकका स्थानीयवासीसहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँवासीले संयुक्त रुपमा  रथलाई तानेर आज जावलाखेल पुर्‍याइने गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले दिए। सातगाउँमा सतुंगल, नैकाप, मछ्छेगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुर र छन्। चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले परम्परागत बाजा , झाँकी सहित रातो मछिन्द्रनाथको रथ तानिने जानकारी दिए। उनले भने, ‘परम्परागत जात्रा , पर्व , धर्म सस्कृतिको संरक्षण गर्ने नगरपालिकाको नीति रहेको छ

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 316 पटक पढिएको
  • प्रधानमन्त्रीले बालुवाटारमा पार्टीका बैठक नराख्ने, बाढी पसेपछि सचिवालय बैठक अन्यत्र सर्‍यो

    काठमाडौं–प्रधानमन्त्री एवं नेकपा एमालेका केपी शर्मा ओलीले पार्टीका बैठक सरकारी निवास बालुवाटारमा नराख्ने उद्घोष गरेका न् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो जानकारी गराका हुन् । उनले भनेका छन्, ‘सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु ।’ साथै आज एमालेले सचिवालय बैठक पनि बोलाएको छ । यसबारे जानकारी दिँदै अध्यक्ष ओलीले लेखेका छन्, ‘आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 482 पटक पढिएको
  • राष्ट्रपतिद्धारा तीन प्रदेश प्रमुख नियुक्त, शपथ आज

    काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवम् सिफारिसमा विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गर्नुभएको हो । राष्ट्रपतिको कार्यालयका अनुसार उहाँले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा आज नियुक्त गर्नुभएको हो । नवनियुक्त तीन जना प्रदेश प्रमुखले आज बेलुका नै राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिने भएक छन् । 

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 446 पटक पढिएको
  • कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा थापा निर्वाचित

    काठमाडौँ-  प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा सांसद कुसुमदेवी थापा निर्वाचित भएकी छन् ।  मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले सभापतिमा कांग्रेसकी सांसद थापालाई निर्वाचित गरेको हो ।समितिको सभापतिमा थापाको मात्रै उमेदवारी परेको थियो । सभापतिमा निर्वाचित भएपछि उनले कृषि क्षेत्रको सुधार र नीतिनिर्माणका लागि ध्यान केन्द्रित गर्ने बताइन् ।  आरजु राणा देउवा परराष्ट्रमन्त्री भएपछि कृषि समितिको सभापति रिक्त भएको थियो । 

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 310 पटक पढिएको
  • एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबार बस्ने

    काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलि (बुधबार) बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बैठक बस्नेछ । बैठकले समावेशिताको अनुपात र संख्याअन्तर्गत दलित, आदिवासी जनजाति र खुला समूह निर्धारण गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने जनाइएको छ ।विधानअनुसार छुट्टाइएको क्लष्टरका आधारमा कमिटीको आकार थप गर्ने विषयमा बैठकमा छलफल हुने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए । हाल विधानअनुसार २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था रहेकामा ३२९ सदस्यीय कार्यसमिति विस्तार गर्ने गरी छलफल अगाडि बढेको उनले बताए । सबै प्रदेशले केन्द्रमा पठाएको सिफार

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 297 पटक पढिएको
  • प्रधानमन्त्रीले भने : धरहरा बन्यो, मान्छे चढ्न पाएनन्

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा बनेर पनि मान्छे चढ्न नपाएको भन्दै असन्तुष्टि पोखेका छन्। मंगलबार सिंहदरबारमा मन्त्री र सचिवहरूलाई निर्देशन दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो गुनासो गरेका हुन्।‘हामीले तयार गरिसकेका संरचनाहरू सञ्चालन गर्न स्थानीय निकायहरूको ल्याकत छैन। त्यो सञ्चालन गर्नुपर्छ’ उनले भने, ‘धरहरा बनेको छ, मान्छे चढ्न तयार छन्, पाइरहेका छैनन्। पार्किङ छ, व्यवस्थित भएको छैन।उनले पोखरा र भैरहवा विमानस्थल चलाउन आवश्यक कदम चाल्न पनि निर्देशन दिए।उनले भने, ‘पोखरा विमानस्थलहरू छन्, चल्दैन भनेर त्यहाँ लेउ लगाउने, झार पलाउने बनाउने त होइन नि त। त्यो त चलाउनुपर्छ नि। त्यत्रो

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 320 पटक पढिएको
  • बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

    काठमाडौं- काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेश सभा बैठकमा मुख्यमन्त्री लामाले ६४ सांसदको मत पाएका हुन् । ११० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदले प्रस्तावको पक्षमा मत दिए । जुन बहुमत हो ।नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी राप्रपा, हाम्रो नेपाली पार्टीका गरी ३५ सांसदले प्रस्तावको विपक्षमा मत दिएका छन् । मतदानमा नेमकिपा तटस्थ बसेको छ ।त्यसअघि लामाले संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेस गरेका थि

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 421 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.