काठमाडौं- काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेश सभा बैठकमा मुख्यमन्त्री लामाले ६४ सांसदको मत पाएका हुन् । ११० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदले प्रस्तावको पक्षमा मत दिए । जुन बहुमत हो ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी राप्रपा, हाम्रो नेपाली पार्टीका गरी ३५ सांसदले प्रस्तावको विपक्षमा मत दिएका छन् । मतदानमा नेमकिपा तटस्थ बसेको छ ।

OM Sai Pathibhara Hospital

त्यसअघि लामाले संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेस गरेका थिए ।