काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवम् सिफारिसमा विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गर्नुभएको हो ।

राष्ट्रपतिको कार्यालयका अनुसार उहाँले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा आज नियुक्त गर्नुभएको हो । 

OM Sai Pathibhara Hospital

नवनियुक्त तीन जना प्रदेश प्रमुखले आज बेलुका नै राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिने भएक छन् । 


Pradesh Pramuk