काठमाडौं–प्रधानमन्त्री एवं नेकपा एमालेका केपी शर्मा ओलीले पार्टीका बैठक सरकारी निवास बालुवाटारमा नराख्ने उद्घोष गरेका न् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो जानकारी गराका हुन् ।
उनले भनेका छन्, ‘सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु ।’

साथै आज एमालेले सचिवालय बैठक पनि बोलाएको छ । यसबारे जानकारी दिँदै अध्यक्ष ओलीले लेखेका छन्, ‘आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ । यसरी नै मलाई सुझाव दिँदै जानुहोला ।’
बैठक बिहान ११ बजे हनुमानस्थानस्थित होटेल बसेरामा बस्ने जनाइएको छ ।