काठमाडौँ-  प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा सांसद कुसुमदेवी थापा निर्वाचित भएकी छन् ।  मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले सभापतिमा कांग्रेसकी सांसद थापालाई निर्वाचित गरेको हो ।

समितिको सभापतिमा थापाको मात्रै उमेदवारी परेको थियो । सभापतिमा निर्वाचित भएपछि उनले कृषि क्षेत्रको सुधार र नीतिनिर्माणका लागि ध्यान केन्द्रित गर्ने बताइन् ।  आरजु राणा देउवा परराष्ट्रमन्त्री भएपछि कृषि समितिको सभापति रिक्त भएको थियो ।