राजनीति

    Showing 6,191-6,200 of 9,629 items.
  • जनयुद्द मुर्दावाद भन्दा क्याम्पस प्रमुख कुटिए

    झापा- गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दवाडीमाथि हातपात भएको छ । जनयुद्धको विषयमा सामाजिक सञ्जालमा पोष्ट गरेको अभिव्यक्तिलाई लिएर अनेरास्ववियू(क्रान्तिकारी) क्याम्पस इकाइका विद्यार्थीहरुले मंगलबार बिहान  क्याम्पस प्रमुखमाथि हातपात गरेका हुन् ।इकाइ अध्यक्ष अनिष अर्याल नेतृत्वमा आएका विध्यार्थहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेको टेबलसमेत तोडफोड गरेका छन् । दवाडीले सामाजिक सञ्जालमा पोष्ट गरेको अभिव्यक्तिको विरोधमा अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइले सोमबार राति विज्ञप्तिसमेत जारी गरेको थियो । दवाडीले ‘कथित जनयुद्ध शब्दलाई वैधानिक दृढता गर्ने वर्तमान सरक

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 142 पटक पढिएको
  • प्रधानमन्त्री र कोरियाली राष्ट्रपतिका विशेष दूत युन सुकबीच भेटवार्ता

    काठमाडौं - दक्षिण कोरियाका राष्ट्रपति युन सुक योअलका विशेष दूत सुङ मिन जङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग् भेटवार्ता गरेका छन्। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर जङसहितको ८ जनाको टोलीले प्रचण्डसँग शिष्टाचार भेट गरेको हो। भेटवार्तामा दुई देश बीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सदृढ बनाउने, आर्थिक सहयोग आदानप्रदान लगायतका विषयमा महत्वपूर्ण छलफल भएको थियो। इपीएसमार्फत् अझ बढी कामदार कोरिया लैजाने, दक्षिण कोरियाबाट नेपालमा प्राप्त सहयोग बढाउने विषयमा पनि छलफल भएको

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 77 पटक पढिएको
  • धनगढी पुगे झलनाथ, कार्यकर्तालाई प्रशिक्षण दिने

    धनगढी : पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल धनगढी आइपुगेका छन्। खनाल पार्टीको प्रदेशस्तरीय प्रशिक्षणका लागि मंगलबार ​सुदूरपश्चिमको अस्थायी राजधानी समेत रहेको धनगढी आइपुगेका हुन्।सोमबार सुरु भएको प्रशिक्षण भोलि सकिनेछ। पार्टीका अध्यक्ष माधव नेपाल भने प्रशिक्षण दिएर काठमाडौं फर्किसकेका छन्।पार्टीका केन्द्रीय कमिटी सदस्य र ९ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवलाई प्रशिक्षण दिइँदै छ।बुधबार प्रशिक्षणका लागि घनश्याम भुसाल आउने बताइएको छ।

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 204 पटक पढिएको
  • दुई दिने औपचारिक भ्रमणका लागि भारतीय विदेश सचिव क्वात्रा काठमाडौमा

    काठमाडौँ — भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका छन् । उनी सोमबार बिहान आएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार याक एन्ड यति होटलमा द्विपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक हुँदैछ । क्वात्रा र नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा रहेको टोलीले उक्त संयन्त्रको बैठक गर्न लागेको हो ।क्वात्रा र परराष्ट्र सचिव पौड्यालबीच दुई मुलुकका विभिन्न आयाममाथि छलफल हुने बताइएको छ । दुई मुलुकबीच प्रशासनिक तहको सबैभन्दा उच्च संयन्त्रको बैठकपछि विदेश सचिव क्वात्राले परराष्ट्रमन्त्री विमला पौड्याल राईसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै, क्

    • प्रकाशित मितिः फागुन १, २०७९
    • 202 पटक पढिएको
  • जनयुद्ध’ दिवस राष्ट्रकै सम्पत्ति

    ’झापा- सरकारले फागुन १ मा ’जनयुद्ध’ दिवसको विदा दिएसँगै यो निर्णय विवादास्पद बनेको छ । माओवादीवाहेकका अन्य राजनितिक दलले यो निर्णयको बिरोध गरिरहेका छन् । केहिदिन अघि सरकारी बिदा बढी भएको अभिब्यक्ति दिएका प्रधानमन्त्रि पुष्पकमल दाहालले पहिलो पटक ’जनयुद्ध’ दिवसको विदा दिने निर्णय गरेका हुन् । एकीकृत माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले भने ’जनयुद्ध’ दिवस नेपाल राष्ट्रकै सम्पत्ति भएको बताएका छन् ।  आज पार्टी केन्द्रीय कार्यालयमा ’जनयुद्ध’ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले ’जनयुद्ध’ दिवसको औचित्य सिद्ध गर

    • प्रकाशित मितिः फागुन १, २०७९
    • 225 पटक पढिएको
  • वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन

    झापा । आगामी वैशाख १० गते चितवन संघीय निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने निर्णय भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम वैशाख १० गते आइतबारका दिन उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।चितवन संघीय निर्वाचन क्षेत्र नं. २ बाट मंसिर ४ को निर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता अवैध घोषित भएसँगै उनको पद गएको थियो ।‘चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका श्री रवि लामिछाने प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम अयोग्य भएको भनी सर्वोच्च अदालतबाट मिति २

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 235 पटक पढिएको
  • जनयुद्ध दिवसमा बिदा दिने निर्णयप्रति शान्ति समाजले जनायाे आपत्ति

    काठमाडौँ-‘जनयुद्ध दिवस’ को अवसरमा फागुन १ गते सोमबारका दिन बिदा दिने प्रदेश सरकारको निर्णय प्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति जनाएको छ ।  बागमती प्रदेश सरकारको माघ २४ को बैठकले तथा त्यसभन्दा अघि कर्णाली प्रदेश सरकारले पनि जनयुद्ध दिवसमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यो निर्णय लोकतन्त्र र अहिंसाका सार्वभौम मान्यताको प्रतिकुल रहेको समाजको धारणा रहेको छ । यसै गरी माघ २७ गते काठमाडौँमा राष्ट्रपति विद्यादेवी भण्डारीको आवागमनको सन्दर्भलाई जोडेर सडकमा निस्किएको भन्दै चिकित्सक कुट्ने प्रहरी कृत्यको पनि शान्ति समाजले निन्दा गरेको छ । राजतन्त्र उन्मुलन भइसकेपछि पनि त

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 97 पटक पढिएको
  • अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन हुँदै, केन्द्रीय कमिटीमा नयाँलाई अवसर दिइने

    काठमाडौं।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३ औं राष्ट्रिय महाधिवेशन हुँदैछ । फागुन २–४ सम्म काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन हुन लागेको हो । गत असोज १–२ सम्म विधान महाधिवेशन गरेको अनेरास्ववियुले राष्ट्रिय महाधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । त्यस्तै १७ सदस्यीय पदाधिकारी र ३ वटा आयोगहरू(अनुशासन, लेखा र निर्वाचन)को नेतृत्व चयन गर्नेछ । अनेरास्ववियुले सकेसम्म सहमतिको आधारमा नयाँ नेतृत्व चयन गर्ने प्रयत्न गर्नेछ । सहमतिको आधारमा नेतृत्व चयन हुन नसकेको खण्डमा निर्वाचन मार्फत नेतृत्व चयन गरिनेछ । त्यसका लागि विद्युतीय भोटिङ मेसिनको प

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 126 पटक पढिएको
  • रास्वपा खारेजीको माग गर्दै तेस्रोपटक निवेदन

    काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। आइतबार युवराज सफल पौडेलले निर्वाचन आयोगमा रवि लामिछाने नेतृत्वको रास्वपा खारेजीको माग गर्दै तेस्रोपटक निवेदन दिएका हुन्।  उनले सभापति लामिछानेलाई सर्वोच्च अदालतले अनागरिक एवं नेपाली नागरिक हुन अयोग्य ठहर गरेकाले दल दर्ता खारेज हुनुपर्ने माग गरेका हुन्।‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ९५० को उपदफा (च) को व्यवस्था हेर्दा पार्टी दर्ता कायम हुन न्यूनतम २१ जनाको केन्द्रीय समिति चाहिन्छ तर निवेदनको बुँदा नं. ९२० को निर्णयबाट पार्टी सभापति रवि लामिछाने तत्कालीन समयमा दल दर्ता गर्न अयोग्य रहेको भन्ने प

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 144 पटक पढिएको
  • उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न

    काठमाडौं -उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न भएको छ। नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा बसेको संयन्त्रको बैठक भर्खरै सकिएको हो।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आजको बैठकमा सरकारका काम कारबाही र राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल भएको जानकारी दिए। ‘सरकारले गरेका काम कारबाहीबारे आपसी समन्वयबारे कहाँ कमजोरी भयो भन्नेबारे समीक्षा भयो। आगामी दिनमा मजबुत ढंगले यो सहकार्यलाई अगाडि बढाएर लैजाने सहमति भएको छ। नियमित रूपमा यस प्रकारका भेटवार्ता कायम राख्ने सहमति भएको छ,’ उनले भने, ‘रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल भइ

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 219 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.