राजनीति

    Showing 6,191-6,200 of 7,614 items.
  • कांग्रेस प्रदेश १ काे सभापतिमा उद्धव थापाको उम्मेदवारी

    झापा / नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने प्रदेश नं १ को अधिवेशनमा झापाका उद्धव थापाले सभापतिमा उमेदवारीमा दिने घोषणा गरेका छन् ।पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको समूहबाट थापाले उमेदवारीमा दिने तय भएको हो । उनले प्रदेशमा चुनावी अभियानसमेत शुरु गरिसकेका छन् । नेपाली कांग्रेसलाई बदलिँदो परिवेशमा अझ सशक्त बनाउन अनि लोकतान्त्रिक मूल्य मान्यतालाई दर्बिलो पार्ने अभियानलाई जोड दिन आफूले उमेदवारीमा दिन लागेको थापाले बताएका छन् ।वि. सं. २०३४ सालदेखि काठमाडौंको शंकरदेव क्याम्पसबाट नेविसङ्घको इकाईबाट राजनीतिक जीवन शुरु गरेका थापा २०३५ सालको जन

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 120 पटक पढिएको
  • ‘ महाधिवेशनबाट एमाले एक ढिक्का भको छ’

    चितवन / नेकपा (एमाले)का नवनिर्वाचित उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले १० औं राष्ट्रिय महाधिवेशनले एमाले एक जुट भएको सन्देश गएको बताएका छन्। आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै नेम्वाङले महाधिवेशन सफल भएको उल्लेख गर्दै एमाले कम्युनिष्ट आन्दोलनको मूलधारका रूपमा स्थापित बन्ने बताए।उनले भने, ‘यो महाधिवेशनबाट पार्टी एक ढिक्का भएको छ, एकजुट भएका छौं।’ महाधिवेशनले एउटा सन्देश पनि दिनसकेको जनाउँदै उनले एमाले नै कम्युनिष्ट आन्दोलनको मूलधार हो भन्ने प्रमाणित भएको बताए।निरङ्कुशता विरूद्धको लोकतान्त्रिक आन्दोलनको यो नै मूलधार हो भन्ने सन्देश दिन महाधिवेशनले सकेको उनको भनाइ थियो।एमालेलाई जनताको उत्तिकै

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 70 पटक पढिएको
  • राप्रपाको महाधिवेशन आजबाट सुरु

    काठमाडौँ  / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन सुरु भएको छ । राप्रपा र राप्रपा संयुक्तको दुई वर्षअघि एकता भएपछि आजबाट काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन सुरु भएको हो । उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाका साथै अन्य पार्टीका नेताहरूको उपस्थिति रहेको छ । राप्रपाले महाधिवेशनबाट पदाधिकारी अध्यक्ष, एक महिलासहित तीन उपाध्यक्ष, एक महिलासहित तीन महामन्त्री चयन गर्ने गरी विधान संशोधन गर्न लागिएको छ । निर्वाचनबाट चुनिने १ सय ४९ पदाधिकारी र सदस्यमध्ये ३३ प्रतिशत अर्थात् ४९ जना महिला केन्द्रीय समितिमा रहनेछन् । महिलामा पनि दुई पदाधिकारी र ४७ जन

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 74 पटक पढिएको
  • ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

    काठमाडौँ, \  नेपाली कांग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत मङ्सिर १७ र १८ गते हुन लागेको प्रदेश अधिवेशनका लागि देशभरका ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो ।काँग्रेस निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका आठ प्रदेशसभा निर्वाचन क्षेत्रबाहेक सबै प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको जानकारी दिएका छन् । “सर्लाहीको चार निर्वाचन क्षेत्रको आठ प्रदेशसभा अधिवेशन आजै सम्पन्न गर्ने गरी निर्वाचन समितिले काम गरिरहेको छ”, उनले भने । देशभर १६५ निर्वाचन क्षेत्रको ३३० प्

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 81 पटक पढिएको
  • त्रिभुवन विश्वविद्यालय उच्च शिक्षाको पर्याय हो ः प्रधानमन्त्री देउवा

    काठमाडौँ, । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालय नेपालको उच्च शिक्षाको पर्याय नै भएको बताएका छन ।विश्वविद्यालयको आर्थिक वर्ष २०७८ र ७९ को प्रस्तावित बजेट छलफल गरी पारित गर्न मंगलबार बसेको विश्वविद्यालय सभाको साधारण बैठकमा उहाँले विश्वविद्यालयले नेपालको उच्च शिक्षामा आफ्नो पृथक पहिचान र गरिमामय इतिहास कायम राखेको उल्लेख गरे ।‘नेपालको उच्च शिक्षाको विकास र विस्तारमा त्रिभुवन विश्वविद्यालयको प्रेरणादायी भूमिका छ । यसका साथै देशले अङ्गिकार गरेको उच्च शिक्षा नीति कार्यान्वयनमा त्रिविले निर्वाह गरेको भूमिका ज्यादै महत्वपूर्ण छ’, प्रधानमन्त्री देउ

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 80 पटक पढिएको
  • मोरङको कांग्रेस सभापतिमा लिम्बू विजयी

    मोरङ  / मोरङ काँग्रेस सभापतिमा डिग बहादुर लिम्बू विजयी भएका छन् । मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा १९०६ मत ल्याउँदै लिम्बू विजयी भएका हुन् । सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत पुर्याउन नसकेपछि मंगलबार फेरि निर्वाचन भएको थियो ।मंगलबार लिम्बू र दिलिप गच्छदारबीच प्रतिस्पर्धा भएको थियो । यसअघिका उम्मेदवार यदुले गच्छदारलाई सहयोग गर्दा पनि लिम्बू विजयी भएका हुन् । मोरङको चुनावमा लिम्बूलाई हराउन सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, प्रकाशमान सिंह र कृष्ण प्रसाद सिटौलाले गच्छदारलाई सहयोग गरेका थिए । ड

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 67 पटक पढिएको
  • कांग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल शेर्पा विजयी

    सोलुखुम्बु  / नेपाली कांग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । मङ्लबार भएको दोस्रो चरणको निर्वाचनबाट शेर्पाले निवर्तमान पार्टी सभापति विनोद बस्नेतलाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन् । जिल्ला निर्वाचन समितिका अनुसार निर्वाचनमा ८९७ मत खसेकोमा सभापतिमा निर्वाचित शेर्पाले ५१३ मत पाए भने बस्नेतले ३७१ मत पाएका हुन् ।शेर्पा संस्थापन समूह निकट हुन् भने बस्नेतलाई केन्द्रीय सदस्य बलबहादुर केसीको समर्थन थियो । पहिलो चरणमा सभापतिका तीन उम्मेदवार रहेकोमा कसैको पनि बहुमत नआएपछि मंगलबार दोस्रो चरणको मतदान भएको थियो । पहिलो चरणमा बस्नेतले ४२८ मत पाएका थि

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 75 पटक पढिएको
  • लिङ्देन बलियो बन्दै : राणा तठस्त बस्ने

    बिर्तामोड / राप्रपाको आसन्न जारी अधिवेशनमा पार्टी नेतृत्वका लागि उमेद्धार बनेका झापाली नेता राजेन्द्र लिङ्देन अर्का अध्यक्ष कमल थापालाई ठुलो चुनौति बन्ने भएका छन् । महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वमा दावी गरेका पार्टीका संस्थापक नेताहरू निर्वाचनका विषयमा खुलेपछि लिङ्देन थापाका लागि भारी हुने अवस्था देखा परेको छ ।पार्टी अध्यक्षमा दावी गर्दै आएका प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई साथ दिने घोषणा गरेपछि दबाबमा परेका नेता थापालाई पार्टीका अर्का अध्यक्ष पशुपति शमशेर राणाले साथ दिने अनुमान गरिएको थियो । तर राणाले पनि सर्वसम्मत नेतृत्व चयन हुने अवस्था नदेखिएकाले आफू निर्वाचनमा तठस्त बस्ने घोषणा गरे

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 148 पटक पढिएको
  • राप्रपा महाधिवेशन : कमल थापा र राजेन्द्र लिङ्देन भिड्दै, लिङ्देनलाई लोहनीको साथ

     काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीको भावी अध्यक्षमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टीको नेतृत्व नयाँ पुस्तामा जानुपर्ने भन्दै आफू लिङदेनको पक्षमा उभिएको बताएका हुन् । उनले आफू सहमतिबाट नेतृत्व चयनको पक्षमा रहे पनि त्यो सम्भव नदेखिकाले लिङदेनको पक्षमा उभिएको स्पष्ट पारे । अध्यक्ष लोहनीले अध्यक्षद्वय पशुपतिशमशेर जबरा र कमल थापालाई पनि लिङ्देनलाई समर्थन गरी पार्टीको हितमा अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।कार्यक्रममा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेक

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 111 पटक पढिएको
  • एमाले महाधिवेशन : अध्यक्षमा ओली निर्वाचित

    चितवन / नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन् । चितवनको सौराहामा भएको १०औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा प्रतिस्पर्धी डा भीम रावललाई भारी मतान्तरले हराउँदै अध्यक्षमा पुनः ओली निर्वाचित भएका हुन् ।एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार खसेको २ हजार ९६ मतमध्ये ओलीले १९०० मत र भीम रावलले १९६ मत प्राप्त गरेका छन् । आज (मंगलबार) विहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको थियो । जहाँ २ हजार १५३ मतदातामध्ये २ हजार १९६ मत खसेको थियो ।त्यसोत, एमाले नेता विष्णु रिजालले यस अगाडि नै १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिट

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 88 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा