काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । यो बैठक आगामी साउन ३० गतेसम्म चल्ने पार्टीले जानकारी दिएको छ । मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरण लगायतका विषयमा छलफल हुनेछ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले बैठकमा राष्ट्रिय राजनीतिक सन्दर्भ, वैचारिक अवधारण र संविधान संशोधनको आवश्यकता बारे चर्चा हुने जानकारी दिएका छन् । परराष्ट्र नीति, र समाजवादसम्बन्धी अवधारणाबारे समेत चर्चा गरिनेछ । 

OM Sai Pathibhara Hospital

बैठकमा जनपरिचालन अभियान, सदस्यता वितरण, र संगठन निर्माणसम्बन्धी कार्यक्रमहरूको कार्ययोजना तय गरिनेछ ।  यो बैठक ललितपुरको सानागाउँस्थित थसी बैंक्वेटमा आयोजना बस्नेछ ।