काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विजय मिश्रीले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा भएको भेटमा द्विपक्षीय सरोकारका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्रीसँगको भेटमा नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल एवम् भारतीय अधिकारीहरुको सहभागिता रहेको थियो ।

आइतबार बिहान दुई दिने भ्रमणमा नेपाल आएका मिश्रीलाई नेपाली समकक्षी लम्सालले विमानस्थलमै पुगेर स्वागत गरेकी थिइन् । भारतका विदेशमन्त्री एस। जयशंकरले जलछिमेकी माल्दिभ्सको तीन दिने भ्रमण सकाएकै दिन भारतीय विदेश सचिवको स्थल छिमेकी नेपालमा दुई दिने भ्रमण सुरु भएको हो ।

OM Sai Pathibhara Hospital

मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेट गर्ने कार्यतालिका छ ।