काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी अहिलेसम्म ठिक भएको जिकिर गर्दै लय पक्रिने क्रममा रहेको बताएका छन्। 

सातै प्रदेशमा भएको ‘क्लोज क्याम्प’ उत्साहपूर्ण रुपमा सकिएको जानकारी गराउँदै सभापति लामिछानेले पार्टी परिपक्व हुने चरणमा रहेको उल्लेख गरेका छन्। 

OM Sai Pathibhara Hospital

‘पार्टी परिपक्व हुने चरणमा छ। हामी विल्कुल ठिक छौँ, लय पक्रदैछौँ। स्थापनाको २ वर्षमा हामीले जानेर भन्दापनि जानेको गर्यौं,’ सभापति लामिछानेले भनेका छन्।

साथै, उनले प्रदेशस्तरको छलफलबाट प्राप्त वैचारिक, राजनीतिक र सांगठनिक एवं विधान संशोधनको सुझावबारे केन्द्रीय समितिमा घनीभूत छलफल हुने बताएका छन्। 

‘सातै प्रदेशमा उच्च सहभागिता  र उत्साहपूर्ण रुपमा ुक्लोज क्याम्पु सकिएको छ। प्रदेशस्तरको छलफलबाट प्राप्त वैचारिक, राजनीतिक र सांगठनिक एवं विधान संशोधनको सुझाव केन्द्रीय समितिमा घनीभूत रुपमा छलफल हुने नै छ,’ सभापति लामिछानेले भनेका छन्।

सभापति लामिछानेले अबको यात्रा संयम र धैर्यसहित परिस्कृत वैचारिक परिपक्वता, चुस्त संगठन, मर्यादित संसदीय अभ्यासन अनि नरम र गरम भन्दा माथि उठेर सुसंस्कृति राजनीकित अभ्यासको हुनुपर्ने पनि बताएका छन्।