काठमाडौं / नेकपा एमालेकी सांसद नीता घतानीले सीमा सम्बन्धी विवादित अभिव्यक्ति प्रधानमन्त्रीले सच्याउनुपर्ने र उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गरेकी छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद घतानीले एमाले सदनमा प्रतिपक्ष भए पनि नेपालको विपक्षी नभएको बताइन् । नेपालको भूगोल र सार्वभौमसत्तासँग जोडिएको विषयमा मौन बस्न नसक्ने भन्दै उनले आफ्नो पार्टीको विरोध निरन्तर रहने बताइन्।उनले भनिन्,‘हामी यो सदनमा प्रतिपक्ष हौँ, नेपालको विपक्षी होइनौँ । सदन अवरुद्ध गर्ने हाम्रो इच्छा हुँदै होइन । सदन जिम्मेवार ढङ्गले चलोस् भन्ने चाहन्छौँ। जनताको समस्या उठाउन चाहन्छौँ। तर न
काठमाडौं / नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीले प्रतिपक्षसँग नडराई संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्ने बताएकी छन्।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद काउचाले संसदले प्रश्न सोध्नु घेराबन्दी नभएको र प्रतिपक्षले जवाफ माग्नु असहयोग नभएको बताइन् । ‘प्रधानमन्त्रीज्यू, संसदले प्रश्न सोध्नु घेराबन्दी होइन, प्रतिपक्षले जवाफ माग्नु असहयोग होइन र सरकारलाई सचेत गराउनु अपमान होइन,’ उनले भनिन्।सत्ता पक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत आफू ‘एक्लो महसुस’ गरेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो भन्दै उनले प्रश्न गरिन्।उन
काठमाडौं । सार्वजनिक खरिद प्रक्रियामा बोलपत्रदाताको सहमतिबिना बोलपत्रको म्याद थप गरी त्यसैका आधारमा धरौटी जफत गर्ने कार्य गैरकानुनी हुने सर्वोच्च अदालतले स्पष्ट गरेको छ। नेपाल टेलिकम र युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिबीच करिब १४ वर्षदेखि चल्दै आएको विवादको टुंगो लगाउँदै सर्वोच्चले टेलिकमको कदमलाई स्वेच्छाचारी र गैरकानुनी ठहर गरेको हो।तत्कालीन प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नृपध्वज निरौलाको संयुक्त इजलासले टेलिकमलाई युनाइटेड ट्रेडर्सबाट जफत गरिएको ४५ लाख रुपैयाँ धरौटी फिर्ता गर्न आदेश दिएको छ। साथै कम्पनीलाई परेको हैरानीबापत थप १ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको
काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व, महाधिवेशन र आन्तरिक विवादलाई लिएर बहस चर्किरहेका बेला सभापति गगन थापाले आफू कुनै दबाब वा प्रलोभनबाट प्रभावित नहुने स्पष्ट सन्देश दिएका छन्। उनले पार्टी सञ्चालनमा व्यक्तिगत आग्रहभन्दा विधानलाई आधार बनाउने र चार पुस्तालाई समेटेर कांग्रेस अघि बढाउने दाबी गरेका छन्।केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा थापाले आफूलाई तर्साएर, दबाएर वा फकाएर निर्णय परिवर्तन गराउन नसकिने बताए। ‘तर्साएर तर्सिन्न, दबाएर दबिन्न, फकाएर फकिन्न’ भन्दै उनले विधानको सीमाभित्र रहेर पार्टीलाई एकताबद्ध बनाउने आफ्नो रणनीति स्पष्ट पारे।थापाको अभिव्यक्ति कांग्रेसभित्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यक्रमअन्तर्गत सरकारमा रहेका रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक केन्द्रीय कार्यालय ‘घण्टीघर’मा अनिवार्य उपस्थित हुनुपर्नेछ।कार्यक्रमको पहिलो चरणमा साँझ ५ देखि ६ बजेसम्म मन्त्रीहरूले सर्वसाधारणका गुनासा, समस्या, सुझाव र अपेक्षा प्रत्यक्ष सुन्नेछन्।त्यसपछि ६ बजेबाट मन्त्री, केन्द्रीय सदस्य र सांसदबीच नेतृत्व संवाद हुनेछ। नागरिकबाट आएका समस्या तथा समसामयिक नीतिगत विषयमा छलफल गरी पार्टीको धारणा तय गरिने रास्वपाले जनाएको छ।रास्वपाका अनुसार कार्यक्रमको मुख्य उद्देश्य जनताको
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पदभार सम्हालेको चार महिनापछि नेपालका दुई प्रमुख छिमेकी भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् । सोमबार हुने यी भेटलाई सरकारको आगामी कूटनीतिक प्राथमिकताका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ ।प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले सोमबार बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग र दिउँसो ३ बजे चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।दुवै भेट छुट्टाछुट्टै हुने भएकाले नेपाल–भारत र नेपाल–चीन सम्बन्धका विषयमा प्रधानमन्त्रीले अलग–अलग छलफल गर्ने तयारी गरेको देखिन्छ । यद्यपि भेटमा उठाइने विषयबारे सचिवालयले विस्
काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व र महाधिवेशनलाई लिएर चर्किएको विवाद तत्काल पार्टी विभाजनतर्फ नजाने संकेत देखिएको छ । कांग्रेस नेता डा. प्रकाशशरण महतले अदालतको पछिल्लो प्रक्रियाले पार्टी विभाजनको सम्भावना रोकिएको र देउवा नेतृत्वको कार्यसमिति पुनर्बहाली हुने सम्भावनासमेत खुलेको बताएका छन् । नुवाकोटमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महतले अहिलेको प्राथमिकता पार्टी फुटाउने नभई निष्पक्ष संरचनामार्फत महाधिवेशन सम्पन्न गर्नु रहेको बताए ।उनका अनुसार पार्टीका निर्वाचन, अनुशासन, क्रियाशील सदस्यता र विधानसम्बन्धी संरचनामा सबै पक्षको प्रतिनिधित्व सुनिश्चित भए नेतृत्वप्रति उठेका आशंका
काठमाडौं । नेपाली कांग्रेसभित्र एकता र महाधिवेशनलाई लिएर बहस चर्किरहेका बेला महामन्त्री प्रदीप पौडेलले पार्टी एकता जोगाउन आफू पद त्याग्नसमेत तयार रहेको बताएका छन् । उनले व्यक्तिगत पदभन्दा कांग्रेसको संस्थागत एकता ठूलो भएको सन्देश दिएका हुन् ।काठमाडौं महानगरपालिका–२६ वडा कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमै तोकिएको समयमा हुने दाबी गरे । महाधिवेशनको विषयमा पार्टी केन्द्रीय कार्यसमितिले आवश्यक निर्णय गर्ने उनको भनाइ छ ।पछिल्लो समय कांग्रेसलाई कमजोर बनाउने र अन्योलमा पार्ने प्रयास भइरहेको दाबी गर्दै उनले नेता–कार्यकर्ताला
काठमाडौं । नेपाली कांग्रेसभित्र बढिरहेको आन्तरिक विवादबीच नेताहरूले पार्टी एकताको सन्देश दिन किसुनजी आश्रमलाई राजनीतिक प्रतीकका रूपमा अघि सारेका छन् । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका कांग्रेस नेताहरू ललितपुरको बाँडेगाउँस्थित किसुनजी आश्रम पुगेर पार्टीको सम्पूर्ण एकताका लागि संकल्प गरेका हुन् ।आश्रम पुगेपछि पत्रकारहरूसँग कुरा गर्दै खड्काले आफूहरू कुनै गुटगत गतिविधिका लागि नभई पार्टीको सम्पूर्ण एकताका लागि भेला भएको स्पष्ट पारे । उनको छोटो तर अर्थपूर्ण भनाइ थियो, “पार्टीको सम्पूर्ण एकताका लागि हामी भेला भएका हौँ ।”नेता रामहरि खतिवडाले भने सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएपछि
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका घटनामा पीडितले अहिलेसम्म वास्तविक न्यायको अनुभूति गर्न नसकेको दाबी गरेका छन् । उनले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष तथा उच्चस्तरीय न्यायिक छानबिन हुनुपर्ने माग दोहोर्याएका छन् ।सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले ती घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष न्यायिक छानबिन अपरिहार्य रहेको बताएका छन् । उनका अनुसार छानबिनपछि मात्रै घटनाका पीडितले वास्तविक न्याय पाउने अवस्था बन्नेछ ।पोखरेलले वर्तमान राजनीतिक अवस्थाप्रति समेत तीव्र असन्तुष्टि जनाउँदै ‘देशमा गैरजेनजीहरूको हुकुम चलिरहेको’ टिप्पणी गरेका छन् । यस्तो अवस्थाम
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.