राजनीति

    Showing 581-590 of 7,483 items.
  • जेनजी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र

    काठमाडौं— गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइतेमध्ये नौ जनाले राहत रकम बुझेका छन् । उनीहरुले परिचय पत्रसमेत लिएका छन् । जिल्लामा भएका १४२ जना घाइतेमध्ये उनीहरुले राहत रकम लिएका हुन् । दुई जना छुटको नाम समावेश गर्न गृह मन्त्रालयमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा गौतमले बताउनुभयो । उनका अनुसार अहिलेसम्म अपेक्षाकृत रुपमा घाइतेहरु परिचय पत्र बनाउन र राहत रकम बुझ्न आएका छैनन् । उनले भने, “कतिपयले सामान्य घाइते हो भन्दै आउन नखोजेको पाइएको छ ।” जेनजी आन्दोलनका जिल्ला नेतृत्वहरुले यसलाई लिखत रुपमा दिन प्रशासनले आग्रहसमेत गरेको छ । स्थायी ठेगाना अन्य जिल्ला भएक

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 101 पटक पढिएको
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

    काठमाडौं— पटक पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसमा नियमित वा विशेष महाधिवेशन गर्ने भन्नेबारे विवाद हुँदा केन्द्रीय कार्यसमिति बैठक पटक–पटक सर्दै आएको थियो । आज बैठक बस्नुअघि कार्यवाहक सभापति खड्काले सबै पक्षसँग अनौपचारिक छलफल गर्ने तयारी छ ।गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विषयमा टुंगो नलाग्दा लम्बिएको छ ।

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 357 पटक पढिएको
  • विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय सभा अन्र्तगत रहेको विधायन व्यवस्थापन समितिको १४१ औँ बैठक आज बस्ने भएको छ । बैठक सोमबार बिहान ११ बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समितिको बैठक कक्षमा बस्ने भएको हो । आजको बैठकमा चलचित्र विधेयक, २०८१का सम्बन्धमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ । 

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 352 पटक पढिएको
  • नयाँ इतिहास लेख्न अब युवाहरु उठ्नुपर्छ : अध्यक्ष यादव

    जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको नयाँ इतिहास लेख्न युवाहरुलाई आह्वान गरेका छन् ।समाजवादी यूवा संघ, नेपालद्वारा आइतबार जनकपुरधाममा आयोजित युवा नेतृत्व र सशक्तिकरण सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष यादवले नेपालको नयाँ इतिहास लेख्न यवाहरु उठ्नुपर्नेमा जोड दिए । उनले विभिन्न देशहरुको उदाहरण दिँदै युवाहरुकै कारणले परिवर्तन आउने गरेको इतिहासबारे चर्चा गरे । अध्यक्ष यादवले अब मधेशका युवाहरुलाई पनि उठेर नयाँ इतिहास रच्न आह्वान गरे । उनले शिक्षा र रोजगार होम्रो अधिकार भन्ने नारालाई अवलम्बन गर्दै युवाहरुलाई संगठित हुन आग्रह गरे ।अध्यक्ष यादवले युवाहरुलाई अब हुने चुन

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 124 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलनमा सहादतप्राप्त सहिदका परिवारसँग छलफल

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज जेनजी आन्दोलनमा सहादतप्राप्त सहिदका परिवारसँग छलफल गरेकी छन् ।सहिदका परिवारका तर्फबाट आएको प्रतिनिधिमण्डलले आज सिंहदरबारमा भएको छलफलका क्रममा सरकारले आन्दोलनको म्यान्डेटअनुरुप के कति काम भयो भनेर जिज्ञासा राखेको थियो ।भोजविक्रम थापाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले चुनावको मात्र कुरा नगरी भ्रष्टाचारविरुद्धको कारबाही र आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्नुपर्ने धारणा पनि राखेको थियो ।यस्तै यसअघि सरकारसमक्ष राखेका १४ बुँदे माग तत्काल कार्यान्वयन हुनुपर्ने, अन्यथा पुनः आन्दोलनमा जान सक्ने चेतावनी पनि सहिद परिवारले दिएका छन् ।छलफलमा युवा तथा खेल

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 157 पटक पढिएको
  • प्रधानमन्त्री सुशीला कार्कीले दिएका अभिव्यक्तिको समर्थनमा रयाली

    सिरहा । प्रधानमन्त्री सुशीला कार्कीले हालै दिएका अभिव्यक्तिहरू सही र न्यायसंगत भएको दाबी गर्दै हिन्दू सम्राट सेना नेपाल ले सिरहा जिल्लाको गोलबजारमा शान्तिपूर्ण ¥याली आयोजना गरेको छ ।रयालीका सहभागीहरूले प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले राष्ट्रियता, धार्मिक सौहार्द र सामाजिक न्यायको पक्ष लिएको भन्दै समर्थनजनक नाराबाजी गरेका थिए। उनीहरू शान्तिपूर्ण रूपमा गोलबजारका मुख्य सडकहरू परिक्रमा गर्दै आफ्नो धारणा सार्वजनिक रुपमा व्यक्त गरेका थिए ।संगठनका प्रतिनिधिहरूका अनुसार ¥यालीको उद्देश्य प्रधानमन्त्रीले राष्ट्रहितमा दिएको भनाइलाई समर्थन जनाउनु र समाजमा सकारात्मक सन्देश फैलाउनु रहेको बताइएको छ ।&nbs

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 171 पटक पढिएको
  • रास्वपा र विवेकशील साझाको एकता प्रक्रियाबाट बाहिरिए मिलन पाण्डे

    काठमाडौं— विवेकशील साझाका नेता मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीको एकीकरणमा सहभागी नहुने भएका छन्। विवेकशील नेपाली दलको अध्यक्ष भएका उनले आइतबार हुने एकीकरणमा सहभागी नहुने सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन्। साझा पार्टी अधिकांश नेता निःसर्त एकतामा सहमत भएका छन्। विवेकशीलबाट रन्जु दर्शनासहित एकतामा उत्साहित हुँदा मिलन भने एकता प्रक्रियाबाट बाहिरिएका हुन्। उनले अब केही समय (केही दिन वा केही महिना) ‘कुलिङ पिरियड’ लिने र त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्ने लेखेका छन्। उनले भावी राजनीतिक यात्राबारे खुलाएका छैनन्। अब आफू र विवेकशील पनि स्वतन्त्र भएको लेख्दै पुनः व

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 400 पटक पढिएको
  • एमालेको ११ औँ महाधिवेशनको लोगो सार्वजनिक

    काठमाडौं— नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आशन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेका छन् । एमालेको महाधिवेशन प्रचार समितिद्वारा आज पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सो लोगो सार्वजनिक गरेका हुन् ।पार्टीका सचिव एवं प्रचार समितिका संयोजक पद्यमा अर्यालले उक्त लोगो पार्टीको इतिहास, आन्दोलन र संकल्पको कलात्मक रुप भएको बताए । लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँच तल्ले दरबार, पार्टीको निर्वाचन चिन्ह आदिलाई बहुभाषिक रूपमा संयोजन गरिएको छ ।कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत पदाधिकारीको

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 414 पटक पढिएको
  • काठमाडौंमा जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण

    काठमाडौं—  गत भदौ २३­ र २४ गते भएको जेनजी प्रदर्शनमा काठमाडौंमा घाइते भएकाहरूको वर्गीकरण गरिएको छ ।आजसम्म कूल १६९ जना घाइतेको विवरण प्राप्त भई वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।दुई चरणमा गरेर घाइतेहरूको वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवं सहायक प्रवक्ता मुक्तिराम रिजालले जानकारी दिए ।चार समूहमा घाइतेहरूको वर्गीकरण गरिएको बताउँदै उनले अतिगम्भीर घाइतेको सूचीमा १५, गम्भीर घाइतेको सूचीमा ५१, मध्यममा ३६ र सामान्य घाइतेको सूचीमा ६७ जना रहेका जानकारी दिए ।उनका अनुसार यही मङ्सिर ५ गते र १२ गते दुई चरणमा छलफल गरी घाइतेहरूको

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 402 पटक पढिएको
  • एमाले प्रतिनिधि निर्वाचन: मोरङ ६ मा ओलीपक्षीय सबै उम्मेदवार पराजित

    काठमाडौं—  मोरङ क्षेत्र नम्बर ६ नेकपा एमालेका अध्यक्ष केपी ओली समूहका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरू पराजित भएका छन्।यो निर्वाचन क्षेत्रबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहका नेताहरू विजयी भएका छन् । अध्यक्ष ओली इतर नेता विनोद ढकालले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहको प्रतिनिधित्व गरेका थिए।ढकाल समूहका सबै नेताहरू विजय भएका हुन् । आइतबार सम्पन्न भएको मतगणनामा सम्पूर्ण क्लस्टरमा ढकाल पक्षी नेताहरू विजय भएबीना ढकाल, पीताम्बर श्रेष्ठ, रमेशकुमार पोख्रेल, सत्यनारायण चौधरी र युवा कोटामा सन्तोष घिमिरे विजयी भए। महिला प्रतिनिधितर्फ सरस्वती खरेल विजय भएकी छन् ।अध्यक्ष केपी ओलीका कट्टर आल

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • 417 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा