राजनीति

    Showing 581-590 of 10,295 items.
  • लोकतन्त्र अराजकतामा जान नदिन सबै सचेत हुनुपर्छ: अध्यक्ष राई

     काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले लोकतन्त्रमा नियम सबैले समान रूपमा पालना गर्नुपर्ने बताएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नियम पालना गर्ने विषयमा विभेद भए लोकतन्त्र अराजकतामा जाने चेतावनी दिए। उनले सदन पनि बिस्तारै अराजकतातर्फ उन्मुख हुन थालेको महसुस भएको बताए। सभामुखले संविधान र नियमावलीअनुसार प्रधानमन्त्री, मन्त्री तथा सरकारी पदाधिकारीहरूलाई नियमित रूपमा संसद्मा उपस्थित गराउन भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।उनले भने,‘लोकतन्त्रमा नियम मान्नुपर्छ। एक थरीले मात्रै नियम मान्ने र अर्को थरीले नमान्ने अवस्था आयो भने त्यसले अराजकता निम्त्

    • प्रकाशित मितिः असार २४, २०८३
    • 208 पटक पढिएको
  • प्रधानमन्त्रीलाई संसदमा आएर जवाफ दिन एमाले सांसद राईको माग

    काठमाडौं / नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा आएर जवाफ दिनुपर्ने माग गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीले संसद्मा उठेका विषयमा जवाफ दिनुपर्ने बताएका हुन्। उनले प्रधानमन्त्रीले संसद्को रोस्ट्रममा व्यक्त गरेको धारणा प्रति प्रतिपक्षी दलहरूले असहमति जनाउँदै आएको उल्लेख गर्दै सभामुखमार्फत प्रधानमन्त्रीलाई संसद्मा बोलाएर जवाफ दिन माग गरे।‘यो सदन जनताले पठाएका प्रतिनिधिहरूको हो। नियमावलीमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्री आएर जवाफ दिनुपर्ने हुन्छ,’ उनले भने। सांसद राईले गाउँघरमा देखिएका समस्या

    • प्रकाशित मितिः असार २४, २०८३
    • 196 पटक पढिएको
  • मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।  बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठक दिउँसो ३ः३० बजे बस्दैछ । 

    • प्रकाशित मितिः असार २४, २०८३
    • 130 पटक पढिएको
  • सम्पत्ति शुद्धीकरण ऐनमा कोर्स करेक्सन, दुरुपयोग रोक्ने अर्थमन्त्री वाग्लेको दाबी

    काठमाडौं / अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधनका क्रममा ल्याइएको व्यवस्थालाई सच्याएर पुरानै कानुनी व्यवस्थामा फर्काइएको बताएका छन् ।बुधबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले अध्यादेशमार्फत ल्याइएको व्यवस्थामा केही हदसम्म ओभर रिच भएको महसुस भएपछि संशोधन गरिएको बताए ।उनले भने, ‘अध्यादेश ल्याउँदा हामीले अलिकति ओभर रिच गरेको जस्तो महसुस भयो। उद्देश्य कडा रूपमा प्रस्तुत हुने, उजुरी लिने र यसलाई सशक्त बनाउने थियो। तर विगतमा जस्तो उजुरीलाई हतियार बनाएर कसैलाई दुःख दिने अवस्था फेरि नआओस् भनेर सच्याएका हौँ।’उनले विगतमा उजुरीको दुरुपय

    • प्रकाशित मितिः असार २४, २०८३
    • 146 पटक पढिएको
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

    काठमाडौं / प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। बुधबार बसेको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईको अभिव्यक्तिपछि विवाद उत्पन्न भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुखलाई सम्बोधन गर्दै, ‘म सभामुखलाई एउटा निवेदन गर्न चाहन्छु, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्नरु’ भन्दै प्रश्न गरेका थिए।सांसद राईको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सभामुखले संसद्को मर्यादा कायम राख्न आग्रह गरे। उनले सभा र सभाध्यक्षको अपहेलना हुने गरी अभिव्यक्ति नदिन निर्देशन दिँदै आफ्ना भनाइ मर्यादाभित्र रहेर राख्न भने।सभामुखले सांसद राईलाई भ

    • प्रकाशित मितिः असार २४, २०८३
    • 184 पटक पढिएको
  • सांसद राईको अभिव्यक्तिप्रति सभामुखको आपत्ति, मर्यादामा रहेर बोल्न निर्देशन

    काठमाडौं / नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखप्रति आपत्तिजनक अभिव्यक्ति दिएका छन्।बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुखलाई सम्बोधन गर्दै, ‘म सभामुखलाई एउटा निवेदन गर्न चाहन्छु, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्नरु’ भन्दै प्रश्न गरेका थिए। उनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सभामुखले संसद्को मर्यादा कायम राख्न आग्रह गरे। सभामुखले सभा र सभाध्यक्षको अपहेलना हुने गरी अभिव्यक्ति नदिन निर्देशन दिँदै आफ्नो भनाइ मर्यादाभित्र रहेर राख्न भने। सभामुखले सांसद राईलाई मर्यादित भाषा प्रयोग गर्न आग्रह गर्दै त्यसपछि आफ्नो भनाइ अघि बढाउने अनुमति दिएका थि

    • प्रकाशित मितिः असार २४, २०८३
    • 143 पटक पढिएको
  • एकसय अर्ब डलर अर्थतन्त्र निर्माण र १२ लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्य

    काठमाडौं / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सरकारले आगामी पाँच वर्षभित्र एकसय अर्ब डलरको अर्थतन्त्र निर्माण, सात प्रतिशत आर्थिक वृद्धि र १२ लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्यसहित उद्योग, लगानी र उत्पादनमैत्री वातावरण निर्माणमा जोड दिएको बताएकी छन्।मंगलबार राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले उद्योग, व्यापार, लगानी र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने गरी मन्त्रालयले विभिन्न कार्यक्रम अघि बढाएको बताइन्।उनले उद्योग तथा व्यवसायको विकास, लगानी प्रवद्र्धन, स्वदेशी उद्योगलाई छुट तथा सहुलियत, युवा उद्यमीलाई बिना

    • प्रकाशित मितिः असार २३, २०८३
    • 314 पटक पढिएको
  • सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

    काठमाडौं / प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन्।मंगलबार बसेको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुम्बु ओलीले प्राविधिक व्यवस्थाको नाममा महिलालाई संयोजक बन्नबाट वञ्चित गर्न नहुने बताइन्। उनले समितिमा पाँच जना महिला सदस्य रहेको उल्लेख गर्दै संयोजकमा महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्। प्राविधिक व्यवस्थाले समान अवसरमा बाधा पु¥याउने हो भने त्यस्तो व्यवस्था नै सच्याउनुपर्ने

    • प्रकाशित मितिः असार २३, २०८३
    • 224 पटक पढिएको
  • चिकित्सा शिक्षा आयोगले पायो नयाँ उपाध्यक्ष, देवेन्द्र खत्री नियुक्त

    काठमाडौं— चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्।नवनियुक्त उपाध्यक्ष खत्रीलाई बुधबार शिक्षा तथा खेलकुदमन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले मन्त्रालयमा आयोजित कार्यक्रममा नियुक्तिपत्र हस्तान्तरण गरेका छन्।यसअघि आयोगको उपाध्यक्ष पद रिक्त भएपछि आयोगका पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीले कार्यवाहक उपाध्यक्षका रूपमा जिम्मेवारी सम्हालिरहेका थिए।सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न अध्यादेश जारी गरेपछि तत्कालीन उपाध्यक्ष डा. अञ्जनी कुमार झास

    • प्रकाशित मितिः असार २३, २०८३
    • 444 पटक पढिएको
  • भारतका प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च सम्मान प्रदान

    एजेन्सी— इन्डोनेसियाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो सर्वोच्च नागरिक सम्मान ‘बिन्टाङ आदिपूर्ण’ले सम्मान गरेको छ। भारतको प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत उक्त जानकारी दिएको हो।पोस्टमा लेखिएको छ, ‘आज बिहान मलाई इन्डोनेसियाको सर्वोच्च सम्मान पनि ठुलो स्नेहका साथ प्रदान गरिएको छ। यो सम्मान लाखौँ भारतीयहरूको हो, इन्डोनेसियाका जनताको भावना हो, अनि भारत र इन्डोनेसियाबिचको ऐतिहासिक र सौहार्दपूर्ण सम्बन्धको हो। म राष्ट्रपति प्रबोवो, इन्डोनेसियाली सरकार र यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु।’मोदी तीन-राष्ट्र भ्रमणअन्तर्गत पहिलो चरणमा सोमबार इन्डोनेसिया पुगेका हुन्

    • प्रकाशित मितिः असार २३, २०८३
    • 1,085 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.