काठमाडौं / सरकारले अमेरिकी सहयोग संझौता,मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विषयमा १२ बुँदे व्याख्यात्मक घोषणा संसदमा पेश गर्ने तयारी गरेको छ ।आइतबार साँझ संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको मन्त्रिपरिषद बैठकले एमसीसीका बारे उठेका विबादित विषयलाई १२ वटा बुँदामा थप व्याख्या गर्ने गरी प्रस्ताव पारित गरेको थियो ।एमसीसीलाई आजै संसदबाट पारित गर्ने सरकारी तयारी छ । यस्ता छन् १२ बुँदे प्रस्तावहरु :
काठमाडौं / संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा प्राध्यापक श्रीधर खत्री नियुक्त भएका छन् ।नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक खत्रीलाई राजदूत पदमा आज नियुक्त गरेकी हुन् ।मन्त्रिपरिषद्को गत कात्तिक ११ गतेको बैठकले प्राध्यापक खत्रीलाई अमेरिकाका लागि राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो । नव नियुक्त राजदूत खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक हुन् ।
काठमाडौ / नेपाली कांग्रेसका सांसद गगन थापाले अमेरिकी सहयोग संझौता,मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपालको संविधानभन्दा माथि नभएको दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभामा एमसीसीमाथिको सैद्धान्तिक छलफलमा भाग लिदैं सांसद थापाले एमसीसी नेपालको संविधान भन्दा माथि छ भनेर हावा कुरा नगर्न पनि राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन् । उनले एमसीसी पनि विगतमा नेपालले अरु संझौता गरेजस्तै संझौता रहेको भन्दै नेपालको कानुनसंग संझौतामा भएको कुरा बाझिएमा त्यो लागू हुन नसक्ने उल्लेख गरेका हुन् ।एमसीसी नेपालको संविधान भन्दा माथि रहेको भनेर अन्य राजनीतिक दलका नेताहरुले झुट बोलेको थापाको भनाई रहृ
काठमाडौं / प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौतामाथिको छलफल नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले एमसीसी सम्झौतालाई नेपालको सार्वभौम अधिकार खण्डित नहुनेगरी तथा नेपालको संविधान, कानून र कुनैपनि निकाय खण्डित नहुने गरी विशुद्ध आर्थिक परियोजनाको रुपमा मात्रै अगाडी बढाउनुपर्ने बताएका छन् । उनले यो विषय राष्ट्रिय स्वाधिनतासँग जोडिएको विषय भएकाले सदनमा आपसी सहमती गरेर अगाडी बढ्नुपर्ने बताएका हुन् ।छलफलमा भाग लिन चाहाने सांसदहरुको लागि ५ मिनेटको समय छुट्याइएको छ । सांसदहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।
काठमाडौं / लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपालमा अमेरिकाले दिएको एमसीसी अनुदान सकारात्मक भएको बताएका छन् ।आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपाली नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिएर आएको सहयोग अनुदानको स्वागत गुर्नपर्ने बताएका हुन् । । उनले एमसीसी संसदबाट पास हुनुपर्ने समेत बताएका छन् ।
काठमाडौ / नेकपा एमालेका नेता भीम रावलले एमसीसीलाई समर्थन गर्ने जो कोही पनि राष्ट्रिय गद्दार भएको बताएका छन् ।आइतबारको प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफलमा भाग लिँदै व्याख्यात्मक टिप्पणीबाट संशोधन हुन्छ भन्नु जनतलाई ठग्ने कुरा मात्रै भएको उनको भनाइ छ । जनताको अपमान गरेको र सम्झौता पारित गर्ने ‘गद्धार’ भएको उनले टिप्पणी गरेका हुन् ।
काठमाडौं / संसदमा आज अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने तयारी भएसँगै अहिले नयाँ बानेश्वर क्षेत्रमा प्रर्दशन भईरहेको छ ।सत्ता गठबन्धनले एमसीसीलाई व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट आजै अनुमोदन गर्ने निर्णय गरेका छन् । यता बानेश्वरमा भने विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुले आज पनि प्रर्दशन जारी राखेका छन् ।प्रदर्शनकारीहरुले ‘एमसीसी खारेज गर’ लगायतका नारा लगाइरहेका छन् । यसैगरी, एमसीसी विरुद्ध प्रदर्शन गर्ने भएपछि सरकारले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ ।
काठमाडौँ / एमसीसी अनुमोदन गर्ने निर्णयप्रति माओवादी केन्द्र सहमत बनेपनि पार्टीकै ५ नेताले असहमति जनाएका छन् । अध्यक्ष प्रचण्डले गठबन्धन र संविधान जोगाउन एमसीसी पारित गर्ने प्रस्ताव राख्दा नारायणकाजी श्रेष्ठ, लीलामणी पोखरेल, देव गुरुङ, गिरिराजमणी पोखरेल र कृष्णबहादुर महराले असहमति जनाएका हुन् ।व्याख्यात्मक टिप्पणी आत्मरतिबाहेक केही नभएको र त्यो सम्झौताको अंग बन्न नसक्ने भन्दै पाँच नेताले आपत्ति जनाएका हुन् । यद्यपि उनीहरूले निर्णयमा लिखित असहमति भने जनाइसकेका छैनन् ।निर्णय गर्ने फोरम नै वैधानिक नभएका कारण माइन्यूट नै नभएकाले लिखित असहमति दर्ज नभए पनि आफूहरूको असहमति रहेको लीलामणी पोखरेलले बताए
काठमाडौं / लामो समयको विरोधपछि नेकपा माओवादी केन्द्र एमसीसी अनुमोदानका लागि तयार भएको छ । तर, माओवादी निशर्त तयार भएको भने होइन ।माओवादीले ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी पारित गर्ने निर्णय गरेको हो । माओवादीको निर्णयसँगै सत्तारुढ गठबन्धनले पनि व्याख्यात्मक निर्णयसहित एमसीसी पारित गर्ने निर्णय गरेको छ । गठबन्धनका शीर्ष नेता अहिले ‘व्याख्यात्मक टिप्पणी’ तयार पार्न जुटेका छन् ।के हो व्याख्यात्मक टिप्पणी ?व्याख्यात्मक टिप्पणीमा ‘एमसीसी विशुद्ध आर्थिक सहयोग रहेको र यो अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित छैन’ भनेर स्पष्ट उल्लेख गरिनेछ । त्यतिमात्र होइन, उक्त टिप्पणीमा ‘यो परियोजना नेपालको संविधानभन
काठमाडौं / ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी पारित गर्ने सन्दर्भमा सत्तारुढ दलबीच सहमति जुटेपछि उक्त टिप्पणी पास गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ । नेपालको संसदीय इतिहासमै पहिलोपटक यस्तो अभ्यास हुन लागेको हो । मन्त्रिपरिषदले ‘व्याख्यात्मक टिप्पणी’ पास गरेर पठाएपछि उक्त टिप्पणीलाई एमसीसीकै पूरक प्रस्तावको रुपमा सरकारले संसदमा प्रस्तुत गर्नुपर्ने हुन्छ । एमसीसी सम्झौता यसअघि नै पारित गर्नका लागि संसदमा पठाइसकिएकाले आज बन्ने व्याख्यात्मक टिप्पणी पूरक प्रस्तावको रुपमा संसदमा दर्ता हुनेछ । त्यसपछि एमसीसी र पूरक प्रस्ताव दुवैमा छलफल हुनेछ ।केही बेरमा बस्ने मन्त्रिपरिषदले सरकारले तयार पारेको एमसी
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.