राजनीति

    Showing 4,681-4,690 of 7,570 items.
  • पुनः द्वन्द्वको बाटो रोज्न बाध्य नबनाउन सरकारलाई ओलीको चेतावनी

    काठमाडौँ / ललितपुर जिल्ला अदालतले सोमबार तीनबुँदे सहमतिविपरीत विभिन्न नेताहरूको नाममा पक्राउ पुर्जी जारी गरेपछि विभाजित बनेको नेकपामा तरङ्ग पैदा भएको छ ।  अदालतले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’। प्रवक्ता खड्गबहादुर विश्वकर्मा, नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलासहित २३ जना नेतामाथि ४ वटा कसुरमा ३५ दिने पक्राउ पुर्जी जारी गरेपछि नेकपामा तरङ्ग पैदा भएको हो । पक्राउ पुजी जारी भएपछि नेकपा विभाजित भएर बनेको नेबपाका प्रवक्ता हेमन्तप्रकाश ओली  ‘सुदर्शन’ले अदालतले प्रतिबन्धको अवधिको विषयलाई लिएर पक्राउ पुर्जी जारी गरेर राज्यलाई द्वन्द्वतिर धकेल्न खोजेको बताएका छन

    • प्रकाशित मितिः साउन १८, २०७९
    • 165 पटक पढिएको
  • संघीय सरकारविरुद्ध आन्दोलन गर्दै मधेश सरकार

    जनकपुरधाम / मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत साहका अनुसार संघीय सरकारले प्रहरी समायोजना गर्न आलटाल गरेपछि संघीय सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरिएको हो । आफूहरूले प्रधानमन्त्री शेरबहादुर देउवा, गृह मन्त्री बालकृष्ण खाणसहित गठबन्धनका नेताहरूलाई ज्ञापन बुझाए पनि समायोजन गर्ने मनसायमा नदेखिएकोले आन्दोलनको बाटो रोज्नु परेको मन्त्री शाहले बताए । ‘संघ प्रहरी हुने, स्थानीय तहको पनि प्रहरी हुने तर प्रदेश सरकारले संविधानमा व्यवस्था भए पनि राख्न नपाउने रु यो संघीयता विरोधी कदम हो,’ उनले भने, ‘यसविरूद्ध न्याय

    • प्रकाशित मितिः साउन १८, २०७९
    • 143 पटक पढिएको
  • आज मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचन मिति तोक्न सक्ने

    काठमाडौँ / मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भएको छ । बैठक आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।आज बस्ने बैठकले संघीय निर्वाचनको मिति तोक्ने सम्भावना रहेको जनाइएको छ । संघ र प्रदेशको मिति मंसिर पहिलो साताभित्र तोकिने सत्ता गठबन्धनका शीर्ष नेताहरूको दावी छ ।यता निर्वाचन आयोगले पनि संघीय निर्वाचनका लागि मिति तोक्न ढिला भइसकेको बताउँदै आएको छ । आयोगले यसअघि नै सरकारलाई आगामी मंसिर २ गते चुनाव गर्न मिति प्रस्ताव गरेको छ ।

    • प्रकाशित मितिः साउन १६, २०७९
    • 141 पटक पढिएको
  • भदौ ३ र ४ गते राष्ट्रिय भेला गर्दै वाईसीएल

    काठमाडौं / नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलले  भदौ ३ र ४ गते दोस्रो राष्ट्रिय भेला गर्ने भएको छ । वाईसीएलका सहसंयोजक सुबोध शेर्पाइलीका अनुसार नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा राष्ट्रिय भेला हुने भएको हो ।उक्त भेलाबाट पदाधिकारी र नयाँ केन्द्रीय समिति चयन हुनेछ । भेलामा करिब ५ सय प्रतिनिधि सहभागी हुने बताइएको छ । एक महिलासहित प्रत्येक जिल्लाबाट तीन जना, हालका केन्द्रीय सदस्य २०४ जना, दुई केन्द्रीय विभागबाट ४२ प्रतिनिधि राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन् भने कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कार्यालयले प्रतिनिधि मनोनित गर्नेछ ।गत भदौ १२ र १३ गते भएको पहिलो राष्ट्रिय भेलाबाट सर्

    • प्रकाशित मितिः साउन १५, २०७९
    • 83 पटक पढिएको
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

    झापा  / नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनी बोलाइएको बैठक स्थगित भएको हो ।संसद् बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । पदाधिकारी चयन र पोलिट ब्युरोबारे छलफल गर्ने गरी स्थायी समितिको बैठक बोलाइएको थियो । महराका अनुसार आज स्थगित बैठक साउन २५ गते बस्ने तय गरिएको छ । यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रदेश बैठकका सेड्यूल हेरफेर गरेको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएपछि माओवादीका पूर्वनिर्धारित प्रदेश बैठक प्र

    • प्रकाशित मितिः साउन १५, २०७९
    • 82 पटक पढिएको
  • जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्दै

    काठमाडौँ / बजेट निर्माणमा अनधिकृत मानिस संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेका पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनः अर्थमन्त्री बन्ने भएका छन् । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकबाट उनको नाम अनुमोदन भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएका छन् ।त्यस्तै, उनले आजै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिने स्रोतले जनाएको छ ।करका दर हेरफेर प्रकरणमा मुछिएपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए ।त्यसपछि उनीमाथि छानबिनका लागि संसदीय विशेष समिति बनेको थियो । समितिले छानबिन गर्दै शर्मा निर्दोष

    • प्रकाशित मितिः साउन १५, २०७९
    • 148 पटक पढिएको
  • अर्थमन्त्रीबारे निर्णय गर्न आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

    बिर्तामोड / नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजेका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडांडामा बोलाइएको छ ।आजको बैठकमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई पुन पठाउने वा अर्को व्यक्तिलाई पठाउनेबारे निर्णय हुनेछ । संसदीय छानविन विशेष समितिबाट शर्माले क्लिन चिट पाइसकेका छन् ।माओवादीमा अर्थमन्त्रीका दाबेदार रहेका वर्षमान पुन, शक्ति बस्नेत र देव गुरुङले समेत सार्वजनिक रुपमा शर्माले नै उक्त जिम्मेवारी पाउनुपर्ने धारणा राखिरहेका छन् ।माओवादी केन्द्रको आजको बैठकमा स्थायी कमिटी र पोलिटब्युरोको पूर्णताबारे समेत छलफल हुनेछ ।

    • प्रकाशित मितिः साउन १५, २०७९
    • 161 पटक पढिएको
  • पूर्व अर्थमन्त्री शर्मा प्रकरण : संसदीय छानबिन समितिले बुझायो प्रतिवेदन

    झापा / तत्कालीन अर्थमन्त्रीले अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरेको भन्ने विषयमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्यका हैसियतमा समितिका संयोजक रहेका लक्ष्मणलाल कर्णले प्रतिवेदन पेस गरेका हुन् ।आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा गत १४ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले दुईजना अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमाथि छानबिन गर्न २२ असारमा ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो ।समितिलाई सुरुमा १० दिनको समयावधि दिइएको थियो । समय अपूग भएको भनी

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 91 पटक पढिएको
  • राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक पारित

    काठमाडौँ  / राष्ट्रियसभाबाट पनि नेपाल नागरिकता ‘पहिलो संशोधन विधेयक २०७९’ बहुमतले पारित भएको छ ।राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त नेपाल नागरिकता ‘पहिलो संशोधन विधेयक २०७९’ बहुमतले पारित गरेको सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।बैठकमा गृहमन्त्री बालकृष्ण खाणले पेस गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा सो विधेयक पठाइएको थियो । उक्त विधेयक विदेश महिलाले नेपाली पुरुषसँग विवाह

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 93 पटक पढिएको
  • माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता

    काठमाडौँ / माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान खुमलटारमा दाहाल र गृहमन्त्री खाँणबीच भेटवार्ता भएको हो । दुई नेताबीच नागरिकता विधेयक, संघ र प्रदेश निर्वाचनको मिति घोषणालगायत विषयमा कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा गर्न विभिन्न दलका प्रमुख र कांग्रेसकै नेताहरूसँग परामर्श गरिरहेका छन् ।देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि निर्वाचनको मिति घोषणा गर्न लागेको जानकारी गराएका थिए । तर, प्रचण्डले एक दुई दिन पर्खिन सुझाव दिएका थिए ।

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 210 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा