राजनीति

    Showing 2,301-2,310 of 10,298 items.
  • प्रचण्डले आज नुवाकोटका उम्मेदवारसँगै मतदाता भेटघाट गर्ने

    काठमाडौं— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोटका उम्मेदवारद्वारा आयोजना गरिने मतदाता भेटघाट कार्यक्रममा सहभागी हुने भएका छन् ।नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रम शुक्रबार बालाजुस्थित अनुपमद्वार पार्टी भेन्यूमा दिउँसो १२ः३० बजे सुरु हुने जनाइएको छ ।समितिका अनुसार नुवाकोटका दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको उपस्थितिमा मतदाता भेटघाट तथा काठमाडौं केन्द्रित वृहत् चुनावी कार्यक्रम आयोजना गर्न लागिएको हो ।कार्यक्रममा पार्टी नेता–कार्यकर्ता, शुभेच्छुक तथा नुवाकोटबाट काठमाडौंमा बसोबास गर्दै आएका मतदाताको सहभागिता रहने अपेक्षा गरिएको छ ।

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 438 पटक पढिएको
  • बिबिसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाणः शंकर पोखरेल

    काठमाडौं— नेकपा एमलेका महासचिव तथा पुर्वमन्त्री सङ्कर पोखरेलले बिबिसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भएको बताए ।पोखरेलले सामाजिक सञ्जालमार्फत सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य हुने अडान गरेका छन् ।चुनावको महत्त्वपूर्ण तथा संवेदनशील घडीमा यस्ता सामाग्री सार्वजनिक हुनु संयोग या नियोजित हस्तक्षेप भएको भन्दै प्रश्न खडा गरेका छन् ।पोखरेलले लेखेका छन्, ‘चुनावको मुखमा सार्वजनिक गरिएको बिबिसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन, यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो ।’ पोखरेलले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैँले

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 466 पटक पढिएको
  • उपेन्द्र यादव सप्तरी–३ मा: मधेस जनविद्रोहका नायकको दमदार प्रवेश

    सप्तरी— सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यति बेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ । मधेस जनविद्रोहका अगुवा तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारीले यो क्षेत्र केवल स्थानीय प्रतिस्पर्धामा सीमित नरही राष्ट्रिय शक्ति सन्तुलनको मैदानमा रूपान्तरण भएको छ ।सङ्घीयता, पहिचान र अधिकारको एजेन्डासँग जोडिएको उनको राजनीतिक छविले सप्तरी–३ लाई प्रतीकात्मक र रणनीतिक दुवै दृष्टिले महत्त्वपूर्ण बनाएको छ ।जनविद्रोहको विरासत र भावनात्मक तरङ्गमधेस जनविद्रोह केवल आन्दोलन थिएन, त्यो अधिकार र आत्मसम्मानको घोषणापत्र थियो । यो आन्दोलनको नेतृत्वकर्तामध्ये प्रमुख अनुहारका रूपमा स्थापि

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • 484 पटक पढिएको
  • निर्वाचनमा दुई अतिवादी पक्षले जिते मुलुकले दु:ख पाउछ; प्रचण्ड

     काठमाण्डौ  ।  आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना समर्थक र सम्पूर्ण नागरिकहरूलाई तारा चुनाव चिन्हमा मतदानको लागि अपिल गरेको छ।पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले जारी गरेको अपिल पत्रमा मुलुकको लोकतान्त्रिक प्रणाली, संविधान र राष्ट्रिय स्वाधीनताको रक्षा, भ्रष्टाचारविरुद्धको सङ्घर्ष, आर्थिक–सामाजिक रूपान्तरण तथा समाजवादी समाज निर्माणका पक्षमा आफ्नो दृढ प्रतिबद्धता व्यक्त गरिएको छ।अपिलमा पार्टीले शहीद, घाइते, अपाङ्ग र बेपत्ता सङ्घर्षकर्ताहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको योगदान सम्झने क्रममा जनत

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 425 पटक पढिएको
  • काठमाडौं–१ मा समावेशी समाजवादी पार्टीका उम्मेदवार पाण्डेको घरदैलो अभियान

    काठमाडौं— यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यसहित ‘समावेशी समाजवादी पार्टी’का तर्फबाट सुरेन्द्र पाण्डे ले काठमाडौं क्षेत्र नम्बर १ मा घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।घरदैलोका क्रममा उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय राज्य र समाजबाट अझै पनि तिरस्कृत अवस्थामा रहेको भन्दै संसदमा उनीहरूको प्रत्यक्ष प्रतिनिधित्व आवश्यक भएको बताए ।‘समाजवादी समावेशी पार्टी यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरु देश र समाजबाट नै तिरस्कृत भइरहेको अवस्थामा हाम्रो प्रतिनिधित्व संसदमा हुनुपर्छ भनेर म यो क्षेत्रमा प्रत्येक्ष रुपमा उम्मेद्वारी दिएर घर दैलो गरिरहेको छु’ उनले

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 469 पटक पढिएको
  • रुपन्देहीमा एमालेको उत्साहजनक घरदैलो, जेनजी उमेर समूहदेखि पाका पुस्तासम्मको साथ

    बुटवल— यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले रुपन्देहीमा घरदैलो तथा भेटघाट कार्यक्रमलाई तिब्रता दिएको छ । घरदैलो तथा भेटघाटमा निस्किएका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई जेनजी उमेर समूहका युवादेखि पाका पुस्ताले समेत फूल मालाले स्वागत गर्दै आर्सीवाद दिएका छन् ।घरदैलो अभियान अन्र्तगत बिहीबार बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मा भएको भेटघाटमा जेनजी युवाहरूले पौडेललाई फूल मालाले स्वागत गरे भने ज्येष्ठ नागरिकहरू उनलाई अँगालो मारेर आर्सीवाद दिन पुगे ।पौडेललाई आशीर्वाद दिँदा उनीहरूको आँखामा आँसु छल्किएपछि स्वम् उम्मेदवार पौडेल नै अवाक भएका थिए । यसै गरी बुटवल–९ को

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 602 पटक पढिएको
  • मेयरले नै आचारसंहित उल्लघंन गरेको उपमेयरको आरोप

    सिराहा— लहान नगरपालिकाका उपमेयर राम चलित्तर महतोले मेयर महेश चौधरीमाथि गम्भीर आरोप लगाएका छन् । उपमेयर महतोका अनुसार मेयर चौधरीले कानुनको धज्जी उडाउने काम गरिरहेको बताउँदै आचारसंहिता केवल कागजमै सीमित भएको टिप्पणी गरेका छन् ।उनले दल र उम्मेदवारहरूले खुलेआम आचारसंहिता उल्लङ्घन गरिरहेको उल्लेख गर्दै निर्वाचनको समयमा मात्र नियम सम्झने र जितेपछि बिर्सिने प्रवृत्ति दोहोरिँदै आएको बताएका छन् ।‘जब आफ्नै हस्ताक्षर गरेर बनाएको नियम नै पालना गर्न सकिँदैन भने भोलि कानुन बनाउने जिम्मेवारीमा पुगेपछि कस्तो उत्तरदायित्व देखिन्छ रु’ उनले प्रश्न उठाए ।उपमेयर महतोले आचारसंहितालाई कमजोर बनाउने प्रवृत्तिले लोकतन्

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 498 पटक पढिएको
  • मन्त्री पदको लोभ त्यागेर निर्वाचनको मैदानमा आएको हुँ : ऋषि धमला

    रौतहट—  रौतहट क्षेत्र नम्बर ४ बाट आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएका चर्चित सञ्चारकर्मी ऋषि धमलाले आफू मन्त्री पदको लोभ त्यागेर निर्वाचनको मैदानमा उत्रिएको दाबी गरेका छन् ।बिहीबार रौतहटको चन्द्रनिगाहपुरमा स्थानीय पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो राजनीतिक यात्रा सत्ताका लागि नभई देश परिवर्तनका लागि भएको स्पष्ट पारेका हुन् । धमलाका अनुसार, वर्तमान प्रधानमन्त्री सुशीला कार्की र ‘जेनजी’ आन्दोलनका अगुवाहरूले आफूलाई मन्त्री बन्न बारम्बार आग्रह गरे पनि उनले त्यसलाई अस्वीकार गरेका थिए ।‘मन्त्री पद मेरा लागि ठुलो कुरा होइन, म सत्ताको लागि होइन, जनताको अ

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 564 पटक पढिएको
  • कर्णालीमा कांग्रेसले शक्ति प्रदर्शन गर्दै

    सुर्खेत— नेपाली कांग्रेसले आज सुर्खेतमा शक्ति प्रदर्शन गर्ने भएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लक्षित शक्ति प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ ।सुर्खेतमा हुने चुनावी सभामा सम्बोधन गर्न कांग्रेस सभापति गगन कुमार थापा सुर्खेत आउदैछन् । प्रतिज्ञा पत्र सार्वजनिक पछि कंग्रेसको यो दोस्रो प्रदेशस्तरीय आमसभा हो । केहिबेरमा सुर्खेतको घण्टाघर डबलीमा हुने आमसभालाई नेपाली कांग्रेसका सभापति थापा, उपसभापति पुष्पा भुसालले सम्बोधन गर्ने छन् ।आमसभाका लागि कर्णालीका सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख र कालिकोट जिल्लाबाट समर्थकहरू सुर्खेत आउने छन् ।आजको आमसभाले कर्णालीमा कांग्रेसको पक्षमा चुनाव

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 544 पटक पढिएको
  • अन्तर्वार्ताः स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा तुलाधर

    काठमाडौँ। गत भदौ महिनाको अन्तिम साताको जेनजी विद्रोहपछि प्रतिनिधिसभा विघटन भयो र नयाँ सरकार गठन भयो । त्यसलगत्तै नेपाल सरकार र निर्वाचन आयोग प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुटेका हुन् । वर्तमान सरकारको पहिलो प्राथमिकता नै प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने भएकाले सरकारलाई यो प्राथमिकता पूरा गर्ने कामका लागि निर्वाचन आयोग पनि प्रमुख सहयोगी बन्यो । प्रतिनिधिसभा विघटन भएको या कार्यकाल सकिएको ६ महिनाभित्रै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम यही फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकिएको हो । निर्वाचनका अब केही दिनमात्र बाँकी रहँदा नेपाल सरकार र निर्वाचन आयोगले निर्वाचनसम्

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • 331 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.