राजनीति

    Showing 2,261-2,270 of 6,738 items.
  • पक्राउ पुर्जी जारी भएपछि रविले फेसबुकमा लेखे— सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो

    काठमाडौं— सहकारी ठगी आरोपमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि लामिछानेले सामाजिक सञ्जालबाट आक्रोसपूर्ण अभिव्यक्ति दिएका छन् । उनले सरकार मर्योे र आफूहरूलाई जुठो पर्यो भन्दै स्टाटस लेखेर सरकारविरुद्ध आवाज उठाएका छन् । उनले भनेका छन्, ‘अहिलेलाई,सरकार मर्‍यो हामीलाई जुठो पर्‍यो। तर  मलाई  न्यायलय प्रती आशा र न्याय प्रेमी जनता प्रति भरोसा छ। प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईको सभापतिले कसैलाई ठगेको छैन।’जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार अनुमति

    • प्रकाशित मितिः कार्तिक २, २०८१
    • 697 पटक पढिएको
  • प्रतिपक्ष दलको बैठक संसद भवन नयाँ वानेश्वरमा जारी

    काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आब्हानमा संसद भवन नयाँ वानेश्वरमा बसेको बैठकमा प्रतिपक्षमा रहेका सबै दलका शीर्ष नेता सहभागी छन् ।बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदम बारे छलफल भइरहेको छ । बाढी पहिरो लगायतको समस्या सम्बोधन गर्न संसद्को विशेष अधिवेशन बोलाउन सरकारलाई आग्रह गर्ने प्रतिपक्ष दलको तयारी छ । यस अघि रास्वपाले पनि संसद्को विशेष अधिवेशन बोलाउन माग गरेका थियो ।

    • प्रकाशित मितिः कार्तिक २, २०८१
    • 596 पटक पढिएको
  • रास्वपाको अनुशासन आयोग उपप्रमुख न्यौपानेले दिए राजीनामा

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले राजीनामा दशैं अगाडि नै बुझाएको र स्वीकृत भएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।पार्टीको सक्रिय राजनीति गर्न न्यौपानेले अनुशासन आयोगबाट राजीनामा दिएको बुर्लाकोटीले दाबी गरे ।कानुन व्यवसायी न्यौपानले अनुशासन आयोगमा करिब दुई वर्ष काम गरेका छन् । अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटा अमेरिका भ्रमण तथा तत्कालीन गृहमन्त्री रवि लामिछानेको सचिवालयमा कार्यरत हुँदा देवकोटाले कार्यवाहक प्रमुख भएर काम गरेका थिए । देवकोटा अमेरिकामा रहेको बेला तत्कालीन महामन्त्री मुकु

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • 324 पटक पढिएको
  • तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

    काठमाडौं— प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।बैठकमा नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी छन् । बैठकमा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलगायतका विषयमा छलफल हुने प्रधा

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • 246 पटक पढिएको
  • प्रधानमन्त्री ओली भन्छन्: अब पुनर्निर्माणको काम फटाफट हुन्छ

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनको काम अघि बढाइने बताएको  बताएका छन्।प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनःनिर्माणबारे आज प्रधानमन्त्री निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत तथा अस्थायी आवास र पुल निर्माणबारे निर्णय गरिने जानकारी गराए।उनले बाढी र पहिरोका कारण काठमाडौं ज

    • प्रकाशित मितिः असोज ३०, २०८१
    • 244 पटक पढिएको
  • प्रहरीसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनले पारित गर्ने

    काठमाडौं— गृहमन्त्री रमेश लेखकले सङ्घीय संसद्को आगामी अधिवेशनबाट प्रहरीसम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको बताए । ६९औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखकले प्रहरी सङ्गठनको बृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताए । उनले भने, 'गृह मन्त्रालयले प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गरी नेपाल प्रहरीको सेवाको विशिष्टीकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ प्रावधान विधेयकमा समाविष्ट गरिएको छ । गृह मन्त्रालयले यसलाई छिटोभन्दा छिटो प्रतिनिधि सभासमक्ष पेस गर्ने लक्ष्य राखेको छ । प्रस्तावित विधेयकले ऐनको हैसि

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 389 पटक पढिएको
  • पूर्वराजाले भने— मेरो भुटान भ्रमण निजी हो

    काठमाडौं— पूर्वराजा ज्ञानेन्द्र शाहले हालै आफूले गरेको भुटान-भ्रमण निजी भएको प्रतिक्रिया दिएका छन्।निर्मलनिवासमा शनिबार सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिने क्रममा उनले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिएका हुन्।पूर्वराजा शाहले भुटानमा आफूले पाएको सम्मान नेपाल र नेपालीको भएको दाबी गरे ।  यसका लागि उनले त्यहाँको राजपरिवारलाई र जनतालाई हृदयदेखि कृतज्ञता व्यक्त गरे।

    • प्रकाशित मितिः असोज २७, २०८१
    • 281 पटक पढिएको
  • दशैंको टीकाकै दिन राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा उडे

    काठमाडौं— राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको नेतृत्वमा अन्तर–व्यवस्थापिका सङ्घ (आईपीयू)को १४९ औँ महासभामा भाग लिन नौ सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डल आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेको छ ।महासभामा राष्ट्रियसभा अध्यक्ष दाहालले ‘शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग’ विषयमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।अध्यक्ष दाहालले महासभामा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल एवं अन्तर–व्यवस्थापिका सङ्घ तथा सचिवालयका पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम समेत छ ।यही असोज २७ देखि कातिक १ गतेसम्म महासभामा

    • प्रकाशित मितिः असोज २६, २०८१
    • 316 पटक पढिएको
  • दशैंमा बाढी पीडितलाई पीडा हुने गरी कार्यक्रम नगर्न तल्ला समितिलाई तीन दलको निर्देशन

    काठमाडौं— प्रमुख तीन दलले बाढी, पहिरोपीडितलाई थप पीडा हुने गरी दशैंलक्षित शुभकामना कार्यक्रम नगर्न तल्ला समितिलाई निर्देशन दिएका छन् ।एमाले र माओवादी केन्द्रले तल्ला समितिलाई लिखित सर्कुलरबाट र कांग्रेसले सय दिने अभियानमा जोडेर दशैंको मुखमा ठूलो धनजनको क्षति भएकाले सुखद दशैं नभएको जनाएका छन् । तीनै दलले बाढी पहिरोका कारण २ सय ५० भन्दा बढीका दुःखद् निधन र ठूलो भौतिक क्षति भएको भन्दै पीडितलाई दुःखमा सहयोग गर्न आग्रह गरेका छन् । उनीहरुले यो दुःखद् घडीमा शुभकामना आदानप्रदान कार्यक्रम नगर्न समेत आग्रह गरेका छन् ।तीनै दलले बाढी, पहिरो प्रभावित क्षेत्रमा पीडितको दुःखमा साथ दिन र अरु क्षेत्रमा दशैंमा

    • प्रकाशित मितिः असोज २५, २०८१
    • 462 पटक पढिएको
  • २०८४ को निर्वाचनमा माओवादीले सबै तहमा एकल प्रतिष्पर्धा गर्ने

    काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एकल उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने स्पष्ट पारेका छन् ।दाहालले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा माओवादीको पहिचान कमजोर पार्ने गरी अन्य दलसँग गठबन्धन गरेर चुनाव लड्न नचाहेको बताएका हुन् ।  उनले आगामी मंसिरमा हुने उपनिर्वाचनबाट एकल प्रतिस्पर्धामा जानको लागि तयारी थालेको जानकारी दिए ।अध्यक्ष दाहालले प्राकृतिक प्रकोपका कारण सिर्जना भएको संकट समाधानका लागि पार्टीले महत्त्वपूर्ण पहल गरिरहेको बताएका छन् । वर्तमान सरकार भ्रष्टाचारीको पक्षमा काम गर्दैछ भन्ने कुरामा दाहालले

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 303 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा