काठमाडौं— यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ ।दश वटा निर्वाचन क्षेत्रमा तीन लाख ६४ हजार महिला, तीन लाख ४६ हजार ११६ पुरुष, र अन्य सात गरी कूल सात लाख १० हजार ७०८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका सूचना अधिकारी सृजना रायमाझीले जानकारी दिइन् ।काठमाडौं, निर्वाचन क्षेत्र नं. १ मा २२ वटा मतदानस्थल र मतदान केन्द्र ५७ छन् । यहाँ २५ हजार २५२ महिला र २३ हजार २३७ पुरुष गरी कुल ४८ हजार ८४९ मतदाता रहेका छन् ।काठमाडौं क्
काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनका घटनाबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।पार्टी केन्द्रीय कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा केही राजनीतिक दलहरूले स्वच्छ प्रतिस्पर्धाको सिद्धान्तलाई बेवास्ता गर्दै निर्वाचन आचारसंहिता विपरीत प्रचार–प्रसार गरिरहेको उल्लेख गरिएको छ ।लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धा अपरिहार्य हुने उल्लेख गर्दै कांग्रेसले आफू सदैव लोकतान्त्रिक मूल्य, संविधान र मानवअधिकारको संरक्षण तथा संवद्र्धनमा प्रतिबद्ध रहेको जनाएको छ ।विज्ञप्तिअनुसार निर्वाचन प्रचारका क्रममा केही दलहरूले भौत
दाङ— आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा दाङ क्षेत्र नम्बर २ मा चार प्रमुख दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।यस क्षेत्रमा शंकर पोखरेल (नेकपा एमाले), किरणकिशोर घिमिरे (नेपाली कांग्रेस), विपिनकुमार आचार्य (राष्ट्रिय स्वतन्त्र पार्टी) र निर्मल आचार्य (नेपाली कम्युनिस्ट पार्टी) बीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ। ठूला दलका प्रभावशाली उम्मेदवार मैदानमा उत्रिएकाले दाङ–२ को चुनावी माहोल रोचक बनेको छ ।२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट रेखा शर्मा ले गठबन्धनको समर्थनमा २६ हजार ८८० मत ल्याउँदै १९३ मतान्तरले पोखरेललाई पराजित गरेकी थिइन्, जबकि पोखरेलले २
सुर्खेत— कर्णालीका डोल्पा र हुम्ला जिल्लाका विकट मतदान केन्द्रमा हेलिकोप्टरबाट निर्वाचन सामाग्री पु(याउन थालिएको छ ।फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सामाग्री र कर्मचारीहरु नेपाली सेनाको हेलिकोप्टरबाट मतदान केन्द्रमा पुर्याउन लागिएको हो । गत साता परेको हिउँले बाटो बाटो बन्द भए पनि हेलिकोप्टर प्रयोग गर्नु परेको हो ।डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा ६, छार्काताङसोङ गाउँपालिकामा ६ र शेफोक्सुण्डो गाउँपालिकाकामा ११ मतदान केन्द्रमा शनिबारदेखि नेपाली सेनाको हेलिकोप्टरबाट निर्वाचन सामाग्री र कर्मचारी पठाउन थालिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले बताईन् । हुम्लाको नाम्खा
काठमाडौं— मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नेपाल–चीन २४ नम्बरको कोरला नाका तीन दिन सम्मकालागि बन्द हुने भएको छ ।फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति चीनसँग सिमाना जोडिएको कोरला नाका फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म बन्द गरिने भएको हो । उक्त अवधिभर अत्यावश्यक सेवाबाहेक सबै प्रकारका आवागमनलाई निषेध गरिने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।समुद्री सतहदेखि चार हजार ६५० मिटर उचाइमा अवस्थित कोरोला नाका क्षेत्रका स्थानीयलाई समेत उक्त अवधिमा बस्तीमा जान अनुरोध गरिएको छ ।जोमसोम–कोरला ११० किमि सडकखण्ड पनि फागुन २० राति १२ देखि २१ गते मतदान सम्पन्न नहुदाँस
रौतहट— आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै रौतहट जिल्लाभर विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै फागुन १७ गतेदेखि फागुन २१ गतेसम्मका लागि यो निर्णय लागू हुने जनाएको हो ।निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्ला सुरक्षा समितिले यस्तो कदम चालेको हो। निर्वाचनको समयमा सीमावर्ती क्षेत्रबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौती र अवाञ्छित गतिविधिहरूलाई ध्यानमा राख्दै ५ दिनका लागि विदेशी सवारी साधन निषेध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जिते
काठमाडौं— नेपाली कांग्रसले आज काठमाडौं उपत्यकाका ६ ठाउँमा चुनावी सभा गर्ने भएको छ ।आज हुने चुनावी सभामा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने भएका छन् ।चुनावी सभा दिउँसो १ बजे काठमाडौं १० को कीर्तिपुर, दिउँसो २ बजे भक्तपुरको ठिमी र दिउँसो ३ बजे बालाजुमा हुनेछ ।यसैगरी, दिउँसो ३ः३० बजे काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ र ६ को संयुक्त चुनावी सभा सभामुखी चोकमा हुनेछ । यस्तै, दिउँसो ४ बजे काठमाडौं क्षेत्र नम्बर ४ को बालुवाखानीमा चुनावी सभा हुनेछ ।दिउँसो १ बजे काठमाडौं १० को कीर्तिपुरमा हुने चुनावी सभामा सभापति गगनकुमार थापा र प्रवक्ता देवरा
काठमाडौं— काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा जसपा नेपालबाट उम्मेदवारी दिएका रणवीर सिंह क्षेत्रीले उम्मेदवारी फिर्ता लिदै नेपाली कांग्रेसकी उम्मेदवार नानू बाँस्तोलालाई समर्थन गरेका छन् ।उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको र नानुलाई समर्थन गरेको बताए। रणवीरको समर्थन सँगै कांग्रेस काठमाडौ ९ मा थप बलियो बनेको छ। आफुलाई समर्थन गरेपछि रणवीरलाईकांग्रेस उम्मेदवार नानू बाँस्तोलाले खादा लगाएर सम्मान गरिन।प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि यो क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार मैदानमा छन्।काठमाडौं क्षेत्र नं ९ मा ३४ वटा मतदान स्थल र ९० वटा मतदान केन्द्र रहेका छन्। राजनीतिक दलका १८
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कर्णाली प्रदेश महामन्त्री चन्द्रकला बिक र सुर्खेतका कार्यवाहक सभापति जगत बस्नेतले पार्टी परित्याग गरेका छन् ।रास्वपा त्यागेका उनीहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।भ्रष्टाचार अन्त्य र सुशासनको नारा लगाउने रास्वपा भ्रष्टाचारमा लिप्त भएकोले पार्टी छोडेको उनीहरूको आरोप छ । कांग्रेस प्रवेश गर्दै संस्थापक महामन्त्री विकले भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न आएको पार्टी उल्टै आन्तरिक रूपमा अपारदर्शी हुन थालेपछि रास्वपा परित्याग गरेको बत्ताइन् ।‘जान्नेलाई छान्न
काठमाडौं— निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि गत फागुन ३ गतेबाट सञ्चालन गरेको मतदाता शिक्षा आज सक्ने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम गत फागुन ३ गतदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको थियो । २५ करोड लगानी गरेर बदर मत घटाउने उद्देश्यका साथ देशभर मतदाता शिक्षा सञ्चालन गरेको हो ।भोलि राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । दलहरूले भोलि रातिसम्म मात्र जुलुस, आमसभा र प्रचार प्रसारका कार्यक्रम गर्न पाउनेछन् ।यसैबिच निर्वाचन आयोगले चुनावका दिन अत्यावश्यक सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.