धनुषा— प्रतिनिधिसभा अन्तर्गत बिहीबार भएको निर्वाचनको नतिजाहरू आउने क्रम जारी रहेको छ ।यसै क्रममा धनुषाको हटस्पटको रूपमा रहेको क्षेत्र नं.३ को मतगणना सम्पन्न भएको छ । धनुषा क्षेत्र नं.३ मा रास्वपाको मनिष झाले बाजी मारेका छन् । उनले ४३,९८८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन ।उनको निकट प्रतित्वन्द्धि नेपाली कांग्रेसका बिमलेन्द्र निधिलाई फराकिलो मतले टक्कर दिएर झा विजय भएका हुन । कांग्रेसले दोस्रो स्थानमा रहेर जम्मा १६,६५२ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा नेकपा एमालेकी जुली महतोले जम्मा ९७८६ मत प्राप्त गरेकी छन् ।त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीसहित अन्य पार्टी र स्वतन्त्र उम्मेदवारहरूले
चितवन— निर्वाचन क्षेत्र नम्बर २ चितवनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भएका छन् ।नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी मीना कुमारी खरेललाई ३९ हजार ८ सय ३८ मतान्तरले पराजित गर्दै लामिछाने विजयी भएका हुन् ।लामिछानेले ५४ हजार ४ सय २ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा ५४ हजार २ सय ७६ मत प्राप्त गरेका थिए ।निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले १४ हजार ५ सय ६४ मत प्राप्त प्राप्त गरेको चितवनका मुख्य निर्वाचन अधिकृत केदार प्रसाद पौडेलले जानकारी दिए ।तेस्रो नम्बरमा रहेका नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९ स
सर्लाही— सर्लाही ९ प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक भएको छ ।बिहान ७ बजेसम्मको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमार सिंहले अग्रता कायमै राखेका छन्। हालसम्मको मतगणनामा रास्वपाका सिंहले ११ हजार ३८३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन् ।दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा रहेका छन्। उनले ६ हजार ९५२ मत प्राप्त गरेका छन् । त्यसैगरी, नेकपा एमालेका उम्मेदवारले १ हजार ९६७ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका उम्मेदवारले ८४० मत ल्याएका छन् । नेकपा (तारा चुनाव च
काठमाडौं— बाँके क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार निर्वाचित भएका छन् ।सुनारले २९ हजार ५५१ मत प्राप्त गरेका छन् । उनका नजिकका प्रतिस्पर्धीले एमालेका सुमन मल्लले १९ हजार ६१५ मत पाएका छन् ।नेपाली कांग्रेसका अमर सिंह पुनले १३ हजार २१५ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका दिपककुमार गौरी मगरले ३ हजार ७७४ मत पाएका छन् ।
काठमाडौं— झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भारी मतअन्तरले अग्रता बनाइरहेका छन् ।बालेनले ३४ हजार ८६३ मत पाउँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ९ हजार ६८ मत प्राप्त गरेका छन् ।यस्तै, नेपाली कांग्रेसका मंधरा चिमरियाले ९७४, नेकपाका रञ्जित तामाङले ८६२ मत प्राप्त गरेका छन् ।
सुर्खेत— प्रतिनिधिसभा निर्वाचन दैलेख निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका रवीन्द्रराज शर्मालाई ५७६ मतान्तरले पछि पार्दै विजयी भएकी हुन् ।१२ हजार ३७२ मत ल्याए थापा विजयी हुँदा एमालेका शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका छन् । रास्वपाका नन्दकिशोर बस्नेतले ८ हजार १५१ मत प्राप्त गरेका छन् भने नेकपाका अम्मरबहादुर थापाले ४ हजार २५६ मत पाएका छन् ।२०७४ सालको स्थानीय तह निर्वाचनमा नारायण नगरपालिकाको उपप्रमुखमा झिनो मतले पराजित थापाले पहिलो पटकमै प्रतिनिधि सभा निर्वाचनमा जित निकालेकी हुन् ।
सुर्खेत— प्रतिनिधि सभा निर्वाचनमा कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही चौथो पटक विजयी भएका छन् । शुक्रबार राति सम्पन्न मत गणनाको अन्तिम परिणाम अनुसार शाहीले ११ हजार ३३८ मत ल्याएर विजयी भएका छन् । उनमा निकटतम प्रतिद्वन्द्वी एमालेका नगिन्द्र शाही नेश्ननललाई ९८६ मतान्तरले विजयी भए ।नेकपा एमालेका नगिन्द्र शाहिले १० हजार ३५२ मत पाए । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका हर्षबहादुर बमले ७ हजार १३३ मत पाए ।त्यस्तै नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले ४ हजार ५९९ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश न्यौपानेले २ हजार ९३७ मत पाए ।नेमकिपाका नन्दबहादुर शाहीले ५९७, राप्
मुगु— जुम्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भएको मतदानको गणना जारी छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा उम्मेदवार ज्ञानेन्द्र बहादुर शाहीले ९३५९ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् । प्रतिस्पर्धी नेकपाका उम्मेदवार नरेश भण्डारीले ५७८४ प्राप्त गरेका छन् ।नेपाली कांग्रेस उम्मेदवारदिप बहादुर शाहि रुख ३ हजार ११५ प्राप्त गरेका छन् । नेकपा एमालेका शान्ति लाला महत सुर्य २ हजार १६३ मत प्राप्त गरेका छन् ।जुम्लामा ४० हजार ८९७ मत खसेको थियो ।
बाजुरा— बाजुरामा हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकाको मतगणना सकिएको छ । दुई पालिकाको मत गणना सम्पन्न हुँदा नेपाली कांग्रेसका जनक राज गिरीको अग्रता कायमै छ ।सुरुवाती देखि नै अग्र स्थानमा रहेका गिरीले दुई पालिकाको मतगणना गर्दा सम्म ४ हजार १ सय १५ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लाल बहादुर थापाले २ हजार ७ सय ९ मत प्राप्त गरेर गिरीलाई पन्छ्याई रहेका छन् ।नेपाली कम्युनिष्ट पार्टीका प्रकाश बहादुर शाहले अहिलेसम्म जम्मा ३ सय १३ मत ल्याएका छन् । भने राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले १ हजार ६४७ मत प्राप्त गरेर तेस्रो स्थानमा छन्।अहिलेसम्म ९ हजार
काठमाडौं— झापा-५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणामअनुसार बालेन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा १० हजार बढी मतान्तरले अघि छन् । बालेनले १३ हजार ६५४ मत ल्याउँदा ओलीले ३ हजार ११ मत मात्र ल्याए ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.