राजनीति

    Showing 2,091-2,100 of 10,298 items.
  • अनुमोदित विद्रोह र सुशासनको परीक्षा

    काठमाडौँ । हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको माध्यमबाट जनताको मतले भदौ २३ र २४ गतेको जेन्जी विद्रोहलाई अनुमोदन गरेको छ । जेन्जी विद्रोह हुँदा त्यसप्रति ऐक्यबद्धता जनाएको र त्यसलाई शुरुदेखि नै युवापुस्ताको विद्रोहका रुपमा लिएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पाएको मतसमेतलाई गणना गर्दा झन्डै दुई तिहाइनजिक पुग्ने देखिन्छ । २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनअघि स्थापित सो दलले निकै फराकिलो मतान्तरसहित करिब दुई तिहाइनजिकको मत ल्याउनु भनेको संसदीय राजनीतिको हिसाबले चानचुने सफलता होइन । यो मत अहिले पालैपालो शासन गर्दै आएका दल र तिनका नेताहरुप्रति वितृष्णाको परिणति हो भने

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 158 पटक पढिएको
  • अर्थमन्त्री खनालले फिर्ता गरे रातो पासपोर्ट

    काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कुटनीति राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् ।मन्त्री नियुक्त हुँदा रातो पासपोर्ट लिएका मन्त्री खनाल कार्यकाल सकिनै लाग्दा बुझाएका हुन् । उनले आज अर्थ मन्त्रालयको प्रशासनमा  DA 0002710 नम्बरको राहदानी फिर्ता गरेका हुन् ।उनले आफू अर्थ मन्त्रीको हैसियत‌मा प्रयोग गर्न उपलब्ध गराइएको कुटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिन प्रशासनलाई अनुरोध गरेका छन् ।

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 166 पटक पढिएको
  • प्रतिनिधिसभा सदस्य निर्वाचन समानुपातिकतर्फ एक करोड दुई लाख ५३ मतगणना, रास्वपा अग्रस्थानमा

    काठमाडौं— समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ  । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज बिहान ५ः५० सम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख २९ हजार ८५० मत प्राप्त गरेको छ ।निर्वाचन आयोगका अनुसार निर्वाचनमा नेपाली कांग्रेसले १६ लाख ६७ हजार ७३३, नेकपा (एमाले)ले १३ लाख ८५ हजार ७३०, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ४८ हजार ८१६, श्रम संस्कृति पार्टीले तीन लाख ४६ हजार ७८६, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २२ हजार २२ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 525 पटक पढिएको
  • बालेनले विश्वासको मत नलिइ प्रधानमन्त्री बन्न पाउने

    काठमाडौं— प्रतिनिधि सभाको निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गर्ने निश्चित भइसकेको राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री नियुक्त भइसकेपछि विश्वासको मत लिनु पर्ने छैन ।निर्वाचनअघि नै पार्टीले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर मत मागेकोले पार्टीले उनलाई नै प्रधानमन्त्रीको रुपमा अगाडि सार्ने विश्वास गरिएको छ ।बालेन संविधानको धारा ७६ को उपधारा १ अनुसार प्रधानमन्त्री नियुक्त हुने भएकोले उनले विश्वासको मत लिनु नपर्ने भएको हो । संविधानमा कुनै पनि दलको एकल बहुमत आएर उसको संसदीय दलको नेता प्रधानमन्त्री नियुक्त भएको अवस्थामा यस्तो प्रधानमन्त्रीले विश्वा

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 473 पटक पढिएको
  • रवि र बालेन्द्रलाई भुटानी प्रधानमन्त्रीको बधाई

    काठमाडौं— भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेले गत २१ फागुनको चुनावबाट दुईतिहाई नजिक मत ल्याएर विजय भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति र विरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका छन् । तोग्बेले नेपाली जनतालाई पनि बधाई दिएका छन् । उनले नेपाल र भुटानको मित्रतामा काम गर्ने बताएका छन् । रास्वपाले बालेन्द्रलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ । यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले पनि बधाई दिइसकेका छन् ।

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 494 पटक पढिएको
  • समानुपातिकमा रास्वपाको मत ५० लाख माथि, अरु दलको कति पुग्यो ?

    काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाखभन्दा बढी मत प्राप्त गरिसकेको छ ।समानुपातिकतर्फ कुल एक करोड ४ लाख १९ हजार २३४ मत गणना हुँदा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको हो । गणना भएको मतको यो ४७.९१ प्रतिशत हो ।यस्तै नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ मत प्राप्त गर्दै दोस्रो स्थान कायमै राखेको छ । कांग्रेसले समानुपातिकतर्फ १६.२५ प्रतिशत मत प्राप्त गरेको छ ।नेकपा एमालेले १४ लाख ११ हजार ४२९ मत अर्थात् १३.५५ प्रतिशत मतसहित तेस्रो स्थान ओगटेको छ ।नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ६६ हजार ८७५ मत प्राप्त गरेको छ । यो कुल गणना भएको

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 320 पटक पढिएको
  • प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

    गण्डकी। गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा विजय हासिल गर्न सकेनन् । गण्डकीबाट दुवै दलको प्रतिनिधित्व शून्य बनेको छ । विसं २०७९ को चुनावमा गण्डकीबाट एमालेले पाँच र नेकपाले दुई निर्वाचन क्षेत्रमा जितेको थियो ।अघिल्लो चुनावमा १० क्षेत्रमा जितेको नेपाली कांग्रेस पनि यसपटक गण्डकीमा दुई सिटमा सीमित रह्यो । विसं २०७९ को चुनावमा बागलुङ–१ मा विजयी बनेको राष्ट्रिय जनमोर्चाका उम्मेदवारको यसपालि जमानत नै जफत भयो ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेशका कुल १८ निर्वाचन क्षेत्रमध्ये १५ निर्वाचन क्

    • प्रकाशित मितिः फागुन २६, २०८२
    • 262 पटक पढिएको
  • कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

    काठमाडौं— इलाम १ मा नेपाली कांग्रेसका निश्कल राई विजयी भएका छन्। योसँगै कांग्रेसको १८ सीट पुगेको छ।कांग्रेसका राइले १४ हजार ५४३ मत ल्याएर श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बुलाई हराएका हुन्।लिम्बु १३ हजार ६३२ मतमा रोकिए। नेकपाका काजी मान कागते ११ हजार ९६६ मत ल्याएर तेस्रो हुँदा रास्वपाका विमल गदालले ९ हजार १६० मत पाए।

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 527 पटक पढिएको
  • कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति

    काठमाडौं— अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन २४ गते केन्द्रीय कार्यालयमा लगाइएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा यही २४ गते सार्वजनिक बिदाको दिन कुनै पूर्व जानकारी र संवाद बिना अप्रत्याशित रूपमा गरिएको तालाबन्दीप्रति एन्फाले गम्भीर ध्यानाकर्षण गराएको हो ।‘अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा मिति २०५२ फागुन २४ गते, सार्वजनिक विदाको दिन सदस्य संस्था ‘नेपाल फुटबल खेलाडी संघ’ बाट कुनै पूर्व जानकारी र संवाद बिना अप्रत्याशित रूपमा गरिएको तालाबन्दीप्रति एन्फाको गम्भीर ध्यानाकर्षण भएको छ

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 543 पटक पढिएको
  • राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण

    काठमाडौं— सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा नवनिर्वाचित सदस्यले शपथ लिएका छन् । गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित भएका १८ मध्ये १७ जना सदस्यलाई आज आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शपथ गराए ।कुल ५९ सदस्य रहेको राष्ट्रियसभाका सदस्यको पदावधि छ वर्षको हुने र एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ ।कार्यक्रममा सभा नवनिर्वाचित सदस्यहरु खम्मबहादुर खाती, गीता देवकोटा, चन्द्रबहादुर केसी, जगत तिमल्सिना, धर्मेन्द्र पासवान, प्रेमप्रसाद दङ्गाल, महन्थ ठाकुर, रञ्जित कर्ण, रामकुमारी झाँक्री, रेखाकुमारी झा, र

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 486 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.