काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कुटनीति राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् ।

मन्त्री नियुक्त हुँदा रातो पासपोर्ट लिएका मन्त्री खनाल कार्यकाल सकिनै लाग्दा बुझाएका हुन् । उनले आज अर्थ मन्त्रालयको प्रशासनमा  DA 0002710 नम्बरको राहदानी फिर्ता गरेका हुन् ।

उनले आफू अर्थ मन्त्रीको हैसियत‌मा प्रयोग गर्न उपलब्ध गराइएको कुटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिन प्रशासनलाई अनुरोध गरेका छन् ।