राजनीति

    Showing 2,011-2,020 of 9,502 items.
  • समानुपातिक बन्दसूचीबाट ८५ उम्मेदवारले लिए नाम फिर्ता

    काठमाडौं— प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूले बन्दसूची पुनर्संरचना थालेका छन् । यसैक्रममा विभिन्न दलका ८५ उम्मेदवारले बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म नाम फिर्ताको समय तोकेको थियो । आयोगका अनुसार उम्मेदवार स्वयं उपस्थित भएर वा अनुपस्थित अवस्थामा वारेसमार्फत पनि नाम फिर्ता लिन सकिने व्यवस्था गरिएको थियो ।नाम फिर्ता लिनेमा जनमत पार्टी, नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका उम्मेदवार रहेका छन् । दलगत रूपमा सबै

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 464 पटक पढिएको
  • आगामी निर्वाचनमा परिवर्तनका लागि मतदान गर्न सञ्चारमन्त्रीको आग्रह

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा परिवर्तनका लागि मतदान गर्न आग्रह गरेका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को २० औँ साधारणसभाको सोमबार उद्घाटन गर्दै मन्त्री खरेलले मुलुकले परिवर्तन खोजेको अवस्थामा परिवर्तनका लागि मतदान गर्न अनुरोध गरेका हुन् ।सञ्चारमन्त्री खरेलले भने, ‘मुलुकले परिवर्तन खोजेको छ, निर्वाचनबाट जुनसुकै पार्टी भएपनि राम्रो नेतृत्व ल्याउनुपर्छ, दलको दास र नेताको अन्दभक्त हुनुहुँदैन ।’ सञ्चारमन्त्री खरेलले मुलुकको राजनीति आफ्नो परिवार र गुटका साथै सत्तामा पुग्न गठबन्धनमा केन्द्रित भएका कारण देश बन्न नसकेको

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 180 पटक पढिएको
  • सभापति देउवाले महामन्त्रीद्वयसँग संवाद गर्ने

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग संवाद गर्ने भएका छन् ।सोमबार देउवा निवासमा भएको संस्थापन पक्षको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेताहरूले महामन्त्रीद्वयसँग संवाद गर्ने जानकारी दिएका हुन् ।उनले भने, ‘यसले केन्द्रिय कार्यसमितिले निर्णय गरेको वैद्यानिक महाधिवेशन हुन्थ्यो तर त्यो भएन । यस्तो अवस्थाले कतै पार्टी अप्ठ्यारोमा पर्ने विभाजन हुने होइन भन्ने आशंका उत्पन्न भएपछि सभापतिले छलफल गर्नुभयो । भेलामा सहभागी पार्टीका साथिहरुको सम्मा

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 201 पटक पढिएको
  • कांग्रेस विशेष पक्षधरले भन्यो : ६३ प्रतिशत हस्ताक्षर कट्यो ७० प्रतिशत पुर्याएर देखाइदिन्छौं

    काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । विशेष महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले ६३ प्रतिशत हस्ताक्षर कटेको जानकारी दिए ।सोमबार साँझ महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आज हाम्रो चाँही ६.२४ प्रतिशत संख्या बढेको छ । हिजो हाम्रो २६ सय ६२ थियो । त्यसमा ६.२४ भन्दाखेरी ६३ प्रतिशत साथिहरुले आज हस्ताक्षर गरेका छन् । प्रतिनिधि अझै आउने क्रम जारी छ । हामी ७० प्रतिशत पुरयाएर देखाइदिन्छौं ।’यसैगरी नेपाली कांग्रेसको विशेष महाधिवेशनको सोमबारको बन्दसत्र स्थगित भएको छ । विशेष महाधिवेशन मंगलबार (पुस २९) बिहान ९

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 184 पटक पढिएको
  • नेकपा–लिम्बुवान क्रान्तिकारी पार्टी र जसपा (थापा मगर समूह) बीच एकता तथा समायोजन सहमति

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र लिम्बुवान क्रान्तिकारी पार्टी तथा जनता समाजवादी पार्टी नेपाल (जसपा, नेपाल) का एक समूहबीच पार्टी एकता तथा समायोजनसम्बन्धी सहमति भएको छ ।नेकपा र मनिष लिम्बू ‘हेल्लोक’ नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टीबीच सम्पन्न सहमति अनुसार लिम्बुवानको पहिचानसम्बन्धी मुद्दालाई नेकपाको आन्तरिक जनवादको प्रक्रिया अन्तर्गत छलफल र बहसमार्फत टुंगो लगाइने भएको छ ।साथै, लिम्बुवान क्रान्तिकारी पार्टीका सबै तहका समितिहरूलाई सम्मानपूर्वक नेकपामा समायोजन गर्ने सहमति गरिएको छ । उक्त सहमति पत्रमा लिम्बुवान क्रान्तिकारी पार्टीका अध्यक्ष मनिष लिम्बू ‘हेल्लोक’ र नेकपाका सहसंयोज

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 512 पटक पढिएको
  • मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति–२०८२ स्वीकृत

    काठमाडौं— सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।उनको अनुसार बैठकले वित्तीय क्षेत्र विकास रणनीति २०८२/८३ देखि २०८६/८७ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।उनले भने,‘मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले वित्तीय क्षेत्र विकास रणनीति २०८२/८३ देखि २०८६/८७ स्वीकृत गर्ने निर्णय गरेको छ।’त्यस्तै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनु

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 492 पटक पढिएको
  • प्रधानमन्त्री कार्की र इजरायली राजदूतबीच शिष्टाचार भेट

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आज नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटका अवसरमा बासले नेपालको प्रथम महिला प्रधानन्यायाधीश र प्रथम महिला प्रधानमन्त्रीको रुपमा इतिहास बनाएकोमा बधाइ ज्ञापन गर्दै सफलताको कामना गरे ।प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गर्दै नेपाल–इजरायलका बीचको मित्रवत् सम्बन्ध ६५ वर्ष पूरा भएकोमा खुसी व्यक्त गर्दै दुई मुलुकबीचको मित्रवत् सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन दुवै तर्फबाट प्रयास जारी राख्नुपर्ने कुरा व्यक्त गरिन् ।राजदूत बासले पनि नेपाल र इजरायलको सम्बन्ध सुमधुर रह

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 474 पटक पढिएको
  • वर्तमान व्यवस्थाको विकल्पमा ‘रामराज्य’ भएको परिषद्को दाबी

    काठमाडौं— रामराज्य परिषद्ले नेपालको संविधान २०७२ले देशलाई स्थायीत्व दिन नसकेको दबी गर्दै त्यसको विकल्पमा नयाँ संविधानको खाँचो रहेको दाबी गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै यही संविधान अन्तरगत हुने निर्वाचनले राजनीतिक निकास नदिने ठहर गर्दै चुनाव वहिस्कार गर्ने घोषणासमेत गरेको छ ।परिषद्का धर्माध्यक्ष जगत बहादुर थापाले नेपालको संविधान २०७२ विदेशीको योजनामा आएको र सोही अनुसारको व्यवस्था देशका निम्ती घातक भएको पुष्टि भएको बताए । थापाले ०७२ को संविधानले देशको स्वधीनता र राष्ट्रिय स्वतन्त्रको संरक्षण गर्न नसकेकाले आठौं संविधान २०७७ ल्याएको बताउँदै भने,‘देशलाई स्वाधीन र समृद्ध बनाउन वैद्धिक–वैज्ञा

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 416 पटक पढिएको
  • निर्वाचनमा सुरक्षाको विषयलाई लिएर सरकार असाध्यै सचेत छः प्रमुख आयुक्त भण्डारी

    काठमाडौं— निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुण २१ गतेको निर्वाचनको सुरक्षाको विषयलाई लिएर सरकार असाध्यै सचेत रहेको बताएका छन् ।सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार र सुरक्षा निकायहरुसँग आयोगले धेरै छलफल गरेको भन्दै शान्ति सुरक्षाको विषयमा सरकार असाध्यै सचेत रहेको बताए ।उनले भने,‘पहिला पनि निर्वाचनको अघिल्लो दिनसम्म पनि निार्वचन हुन्छ या हुँदैन भन्ने खालको कुराहरु पनि आउँछ । तर यो निर्वाचन बाहेक अर्को कुनै विकल्प नभएको हुनाले शान्ति सुरक्षाको विषयमा सरकार असाध्यै सचेत छ । हामीले दजैनौं पटक छलफल गरेको छौं । यहाँहरुले कमी कमजोरी छ कि भन्ने आ

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 446 पटक पढिएको
  • २९ पुसको उपत्यका बन्द सफल पार्न संयुक्त विद्यार्थी संगठनहरूको अपिल

    काठमाडौं— संयुक्त विद्यार्थी संगठन र ६ कम्युनिस्ट पार्टीहरूले २९ पुषमा आह्वान गरिएको उपत्यका बन्द सफल पार्न अपिल गरेका छन् ।उनीहरूले वर्तमान दलाल पूँजीवादी संसदीय व्यवस्था राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका सवालमा असफल भइसकेको दाबी गर्दै निर्वाचन बहिष्कारको निर्णयप्रति ऐक्यबद्धता जनाएका हुन् ।आज जारी संयुक्त प्रेस वक्तव्यमा जनाइएको छ कि पछिल्लो समय देखिएको ‘जेनजी -नवयुवा पुस्ता_ विद्रोह’ केवल नयाँ सरकार वा नयाँ संसदीय निर्वाचनको मागमा सीमित नभई आर्थिक असमानता, शोषण, उत्पीडन, भ्रष्टाचार, बेरोजगारी र परनिर्भर व्यवस्थाविरुद्ध केन्द्रित रहेको छ। तर सो विद्रोहलाई ‘हाइज्याक’ गर्दै पुरानै संस

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 494 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.