राजनीति

    Showing 2,011-2,020 of 7,513 items.
  • ‘४० पछि रमाउने सोच गलत, २० पछि बिहे गरी सन्तान जन्माउन प्रेरित गर्नुपर्छ’ — प्रधानमन्त्री...

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आवश्यक जनसंख्या भए तापनि त्यसको उचित व्यवस्थापन हुन नसकेको बताएका छन्।शुक्रबार काठमाडौंमा आयोजित विश्व जनसङ्ख्या दिवस तथा राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा उनले भने, “देशमा पुग्ने जनसंख्या छ तर व्यवस्थापन अझै हुन सकेको छैन। युवाहरु ४० वर्ष कटेपछि रमाउने सोचमा छन् भने महिलाको प्रजनन क्षमता घट्ने हुँदा २० वर्षपछि विवाह गरी सन्तान जन्माउन प्रेरित गर्नुपर्छ।”उनले थपे, “मान्छेहरु यो कुरा हासोमा उडाउँछन् तर यो गम्भीर विषय हो। प्रजनन क्षमता बढी भएको बेलामा सन्तान जन्माएर हुर्काउनुपर्छ, त्यसपछि ढुक्क भएर काम गर्न पाइन्छ।” प्रधान

    • प्रकाशित मितिः असार २७, २०८२
    • 326 पटक पढिएको
  • आर्थिक सुधारमा ३० वटा कानुन परिवर्तन, उद्योग संघको स्वागत...

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रको लगानी अभिवृद्धि गर्न सरकारले अनुकुल नीतिहरू अवलम्बन गरिरहेको बताएका छन्।नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना गरेको पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रममा उनले भने, “बजेटमा ‘टेक एन्ड पे’ को विषय धेरै चर्चा भयो, त्यसलाई फिर्ता लिइसकिएको छ। नेपालको जलस्रोतको विशाल सम्भावनालाई अधिकतम सदुपयोग गर्दै जलविद्युत विकासमा निजी क्षेत्रको लगानी वृद्धि गर्न अनुकुल नीति ल्याउने छौं।”उनले उत्पादन भएको विद्युतको उपभोग र वितरणमा ध्यान दिनुपर्ने पनि जोड दिए। साथै, विद्युत् सवारी साधन (इभी) को कर

    • प्रकाशित मितिः असार २७, २०८२
    • 399 पटक पढिएको
  • आश्रमका लागि सधैँ साथ र सहयोग रहन्छः अध्यक्ष दाहाल

    काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानवसेवा आश्रमको विकासका लागि सधैँ साथ र सहयोग रहने प्रतिबद्धता जनाए।  आज उनकी धर्मपत्नी सीता दाहालको दोस्रो स्मृति दिवसका अवसरमा काठमाडौँको रानीवनस्थित आश्रम कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले हेटौँडाको केन्द्रीय कार्यालयको उद्घाटन पनि प्रधानमन्त्रीको हैसियतमा आफैँले गरेको स्मरण गर्दै आश्रमका लागि सहयोग निरन्तर रहने उल्लेख गरे । उनले भने, “मेरो र परिवारका तर्फबाट र आफ्नो दलका तर्फबाट निरन्तर तपार्इंहरुको भावना र आवश्यकताप्रति इमान्दारिताका साथ सहयोग गरिरहने विश्वास पनि तपाईंहरुलाई दिलाउन चा

    • प्रकाशित मितिः असार २७, २०८२
    • 366 पटक पढिएको
  • कांग्रेसबाट निकालिएका बिष्णुले भने – आफूलाई पुनः ऊर्जावान बनायो

    इटहरी –  नेपाली कांग्रेसको कारवाहीमा परेका कांग्रेसका खोटाङ जिल्ला सभापति बिष्णुकुमार राईले आफूमाथि एक वर्षको निलम्बनसहितको राजनीतिक कारवाहीपछि जनस्तरबाट प्राप्त सद्भावनाले आफूलाई पुनः ऊर्जावान बनाएको बताएका छन् ।शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भावुक अभिव्यक्तिमा उनले कारवाहीपछि जनस्तरबाट प्राप्त सद्भावनाले आफूलाई थप उचाइ दिएका बताएका हुन् । उनले लेखेका छन्, ‘फेरि एकपटक निष्ठा र त्यागको राजनीतिले जगतबाट पृष्ठपोषण पाएको छ ।’ राईका अनुसार राजनीतिकमा धूर्त, फट्याई र चाकडिवाजहरुको वर्चस्व रहेको बताए । राईले भने, ‘धूर्त, फट्याई र चाकडिवाज’हरुले वर्चस्व जमाएको भान भ

    • प्रकाशित मितिः असार २७, २०८२
    • 326 पटक पढिएको
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको खुलासा: "राजनीतिमा फर्कनुको उद्देश्य एमाले नेतृत्व लिनु नै हो"

    काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा फर्कनुको प्रमुख उद्देश्य नेकपा एमालेको नेतृत्व लिनु नै भएको स्पष्ट रूपमा बताएकी छन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसबारे पहिले नै जानकारी गराइसकेको र पार्टी सदस्यता पनि लिइसकेको बताइन्।इमेज टेलिभिजनलाई बिहीबार दिएको ५५ मिनेटभन्दा लामो विशेष अन्तर्वार्तामा पत्रकार जगदिश खरेलसँग कुराकानी गर्दै भण्डारीले अहिले नै सार्वजनिक रूपमा घोषणा गर्ने समय नभए पनि आफ्नो लक्ष्य एमालेको अध्यक्ष बन्नु नै रहेको बताइन्।खरेलले सोधेको “तपाईं एमालेको अध्यक्ष बन्नकै लागि फर्किनुभएको हो?” भन्ने प्रश्नमा भण्डारीले दोधार नगरी भनिन्, “त्यसमा कुन

    • प्रकाशित मितिः असार २७, २०८२
    • 393 पटक पढिएको
  • मधेश प्रदेशमा बजेटमाथि छलफलविनै पाँचौँपटक सदन स्थगित

    जनकपुर – आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गर्न एक साताभन्दा कम समय बाँकी रहँदा पनि मधेश प्रदेशमा राजनीतिक दलहरूबीच अझै बजेटमाथि छलफल गर्ने सहमति जुट्न सकेको छैन। बिहीबार बसेको प्रदेश सभा बैठक पनि केवल १० मिनेटमै स्थगित भएको छ।२२ असारदेखि प्रदेश सभाको बैठकहरू लगातार बसिरहे पनि विपक्षी दलहरूको अवरोधका कारण पाँचौँपटक पनि बजेटमाथिको छलफल अघि बढ्न सकेन। विपक्षी दलहरूले बजेटमा बिचौलियाको प्रभाव रहेको र वितरण असमान भएको भन्दै पुनर्लेखनको माग गर्दै आएका छन्।बिहीबारको बैठक अघि सत्तापक्ष र विपक्षी दलहरूबीच बजेटका त्रुटिहरू सच्याउने विषयमा छलफल भएको थियो। त्यस क्रममा सभामुख रामचन्द्र मण्डलको संयोज

    • प्रकाशित मितिः असार २७, २०८२
    • 238 पटक पढिएको
  • उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं – आज संघीय संसद अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । बैठक शुक्रबार दिउसो ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा समितिले २०८२ असार १९ गते गरेको नेपाल औषधी लिमेटड, त्रिभुवन विश्वविद्यालय, किर्तिपुर स्थित छात्राबासको मेसको स्थलगत अनुगमनका सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ । 

    • प्रकाशित मितिः असार २७, २०८२
    • 193 पटक पढिएको
  • काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्दै

    काठमाडौं –आज काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्ने भएको छ । शुक्रबार दिउँसो २ बजे बस्नेगरी कार्यपालिका बैठक बस्न लागेको हो । महानगरको लामो समयदेखि कार्यपालिको बैठक बस्न नसकेपछि गत जेठ १२ गते महानगरका ४१ सदस्यले मेयर बालेन शाहलाई एक पत्र लेख्दै बैठक बोलाउन आग्रह गरेका थिए ।महानगरका अनुसार शुक्रबार बिहान ११ बजे सुरुमा मेयरको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्नेछ भने त्यसपछि उपप्रमुख सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ । बैठकले नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस गर्नेछ भने सोही कार्यपालिकाले नगर सभाको मिति तोक

    • प्रकाशित मितिः असार २७, २०८२
    • 220 पटक पढिएको
  • राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौं – सङ्घीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । बैठक दिउँसो १२ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने’ भन्ने विषयको जरुरी सार्वजनिक महत्तवको प्रस्तावमाथि छलफल गरिने कार्यसूची रहेको छ । यसैगरी, बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।यस्तै, गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त

    • प्रकाशित मितिः असार २७, २०८२
    • 245 पटक पढिएको
  • मनसुनजन्य विपद्बाट हुने क्षति न्यूनीकरण मन्त्रीले मागे चीनको सहयोग

    काठमाडौं – उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा मनसुनजन्य विपद्का घटनाबाट हुने क्षति न्यूनीकरण गर्न चीन सरकारसँग प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन् ।मन्त्रालयमा विहीबार आयोजित ‘मनसुनजन्य विपद्को पूर्वतयारी र व्यवस्थापनसम्बन्धी कार्यक्रम–२०८२’ मा बोल्दै मन्त्री खड्काले नेपालका अधिकांश नदीहरू चीनको भूभागबाट आउने भएकाले बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपका पूर्वसूचना तथा रोकथामका लागि दुबै देशबीच प्राविधिक तथा सूचना आदानप्रदानमा सहकार्य गर्नुपर्नेमा जोड दिए ।उनले भने, ‘बाढीको पूर्व सूचना नभएर ठूलो क्षति हुन्छ, पानी नदेखिए पनि ताल फुट्दा वा हिमताल विस्फोट हुँदा एक्कासी बाढी

    • प्रकाशित मितिः असार २७, २०८२
    • 255 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा