काठमाडौँ । नेपाली कांग्रेसभित्र इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा सहभागी हुन पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई पूर्वमहामन्त्री डा। शशांक कोइरालाले निम्तो दिएका छन् । बुधबार बिहान गल्फुटारस्थित खड्का निवासमा भएको भेटवार्तामा कोइरालाले साउन २९ गतेदेखि हुने राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरेका हुन् ।भेटमा पूर्वसभापति शेरबहादुर देउवानिकट नेता एनपी साउदसमेत सहभागी थिए । कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार भेलामा सहभागी हुन गरिएको आग्रहप्रति खड्का सकारात्मक देखिएका छन् ।इतर समूहको राष्ट्रिय भेलाको आयोजक समितिका संयोजकसमेत रहेका कोइरालाले खड्कालाई समेट्न गरेको पहललाई कांग्रेसभि
काठमाडौँ । नेपाली कांग्रेसको इतर समूहले राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । समूहको भेला साउन २९ देखि ३१ गतेसम्म काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा हुने तय भएको हो ।भेलाका लागि अन्य स्थानमा पर्याप्त ठाउँ नपाएपछि मिराकल पार्टी भेन्यु रोजिएको आयोजक समितिका एक नेताले बताए ।‘ठूलो ठाउँ आवश्यक थियो, अन्यत्र मिलेन । त्यसैले मिराकलमै कार्यक्रम गर्ने निर्णय भयो,’ ती नेताले भने ।तीन दिनसम्म चल्ने भेलालाई कांग्रेसभित्र इतर समूहको संगठनात्मक गतिविधि र आगामी रणनीतिबारे छलफल गर्ने महत्वपूर्ण जमघटका रूपमा हेरिएको छ । साउन २९ देखि ३१—सुकेधारामा कांग्रेसको इतर समूहको राष्ट्रिय जमघट हुँदैछ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदलाई साउन २९ देखि ३१ गतेसम्म तेस्रोपटक प्रशिक्षण दिने भएको छ ।ललितपुरको गोदावरीस्थित फरेस्टमा हुने प्रशिक्षणमा संसदीय भूमिका, पार्टी नीति र संसदमा प्रभावकारी प्रस्तुतिबारे प्रशिक्षण दिइनेछ ।सचेतक क्रान्तिशिखा धितालका अनुसार अघिल्ला दुई प्रशिक्षणपछि पनि सांसदहरूको आवश्यकता र सुझावअनुसार थप प्रशिक्षण आयोजना गरिएको हो ।यसअघि रास्वपाले २०८२ चैत र वैशाखमा दुई चरणमा सांसद प्रशिक्षण गरिसकेको थियो ।
काठमाडौं / नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ।मंगलबार बसेको बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर भ्याट पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। त्यस्तै, सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्रकुमार मेहता तथा सिराहाका गनेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।मन्त्रिपरिषद्ले पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णयसमेत ग
काठमाडौं । सरकारले झुटा विवरण दिएर राहदानी लिने कसुरमा रहेको कैद सजाय हटाएर १ लाखदेखि २ लाख रुपैयाँसम्म जरिवाना मात्रै गर्ने प्रस्तावसहित राहदानी ऐन संशोधन विधेयक संसदमा पेश गरेको छ।हाल यस्तो कसुरमा २ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा १ देखि ३ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। प्रस्तावित संशोधन पारित भए राहदानी विभागका महानिर्देशकले नै प्रशासनिक प्रक्रियाबाट जरिवाना तोकेर मुद्दा टुंग्याउन सक्नेछन्।सरकारले राहदानीसम्बन्धी कसुर र सजायबीच तादात्म्य मिलाउन संशोधन आवश्यक भएको जनाएको छ। तर, प्रस्तावित व्यवस्थाले विगतमा झुटा विवरणका आधारमा राहदानी लिएको आरोप लागेकाहरूलाई समेत कम सजायको का
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले प्रदेश सरकारमा देखिएको राजनीतिक अस्थिरताले सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिमका जनता प्रभावित भएको बताएका छन्।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले प्रदेश गठन भएको नौ वर्ष पूरा नहुँदै सात प्रदेशमा १४ जना मात्र मुख्यमन्त्री हुनुपर्ने अवस्थामा ४० पटकभन्दा बढी मुख्यमन्त्री परिवर्तन भइसकेको र ३३ जना व्यक्ति मुख्यमन्त्री पदमा पुगिसकेको बताए। उनले प्रदेश सरकार गठन र विघटनको खेल सबैभन्दा बढी राज्यको उपस्थिति र स्थिरता आवश्यक रहेका कर्णाली र सुदूरपश्चिम प्रदेशमा भएको बताए। ‘प्रदेश गठन भई सञ्चालनमा आएको ९ व
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट स्वास्थ्य, सामाजिक न्याय, कूटनीति, वैदेशिक रोजगार र कर्पोरेट क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण निर्णय गरेको छ।सरकारले विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स तथा शव वाहनलाई कर छुट दिने निर्णय गरेको छ। त्यस्तै, सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय पनि गरेको छ।सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकले गरेका मुख्य निर्णय यस्ता छन् :विद्युत्बाट चल्ने एम्बुलेन्सलाई कर छुटनेपालमा पैठारी वा उत्पादन हुने विद्युत्बाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल
काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको तयारीसँगै फेरि कानुनी विवाद चर्किएको छ। देउवा पक्षले सर्वोच्च अदालतमा पार्टीको वैधानिकता र नेतृत्वसम्बन्धी मुद्दा विचाराधीन रहेको भन्दै सभापति गगन थापाको नेतृत्वमा अघि बढिरहेका सांगठनिक गतिविधिमाथि तत्काल रोक लगाउन माग गरेको छ।राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सभापति गगन थापासहित कांग्रेसका सबै तहका कार्यसमिति र निर्वाचन आयोगलाई पत्र पठाउँदै १५औँ महाधिवेशन तथा विशेष महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि स्थगित गर्न आग्रह गरेका छन्।सर्वोच्च अदालतले पुनरावलोकन निवेदनमा ‘निस्सा’ जारी गरेको विषयलाई आधार बनाउँदै कोइरालाले अदालतको अ
धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार संकटको अन्तिम मोडमा पुगेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत जुटाउन कठिन देखिएसँगै मुख्यमन्त्री शाह राजीनामा दिने मनस्थितिमा पुगेको उनीनिकट स्रोतले जनाएको छ।संवैधानिक व्यवस्थाअनुसार एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले निर्धारित समयभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने वा पदबाट राजीनामा दिनुपर्ने अवस्था छ। विश्वासको मतका लागि आवश्यक समर्थन जुट्ने सम्भावना कमजोर बनेपछि शाहले राजीनामाको विकल्प रोज्ने तयारी गरेको स्रोतको दाबी छ।मुख्यमन्त्रीको सम्भावित राजीनामासँगै अब सुदू
काठमाडौं । देशभर खाना पकाउने ग्यासको अभाव देखिएर सर्वसाधारण घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था बनेका बेला उद्योगमन्त्री गौरीकुमारी यादवको कार्यशैलीमाथि प्रतिनिधिसभामै प्रश्न उठेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीले ग्यास आपूर्ति सहज बनाउने जिम्मेवारी बोकेको मन्त्रालय नै प्रणाली सुधारभन्दा व्यक्तिगत रूपमा ग्यास वितरणमा केन्द्रित भएको आरोप लगाएकी छन्।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले उद्योगमन्त्री यादवले ग्यासको समस्या समाधान गर्न प्रभावकारी आपूर्ति व्यवस्थापन गर्नुको सट्टा व्यक्तिहरूलाई फोन गरेर उनीहरूको घरमा ग्यास छ कि छैन भनेर सोध्ने र केहीलाई व्यक्तिगत रूपमा ग्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.