पोखरा । गण्डकी प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ। नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा फेरि ऊर्जा मन्त्री बनेका छन्।
देवकोटाले बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पद तथा गोपनीयताको शपथ लिए। यसअघि ऊर्जा मन्त्रालय सम्हाल्दै आएका कांग्रेसका नन्दप्रसाद न्यौपानेको जिम्मेवारी भौतिक मन्त्रालयमा सारिएको छ।
मन्त्रालय हेरफेरसँगै गण्डकी सरकारमा ऊर्जा र भौतिक मन्त्रालयको जिम्मेवारी नयाँ ढंगले बाँडिएको छ। यी दुवै मन्त्रालय प्रदेशका ठूला बजेट भएका मन्त्रालय हुन्।
नवनियुक्त मन्त्री देवकोटासामु ऊर्जा क्षेत्रसँगै प्रदेशका ठूला पूर्वाधार र विकास आयोजनालाई अघि बढाउने चुनौती छ।





































