काठमाडौं— प्रतिनिधिसभाका नवनिर्वाचित २७४ जना सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।बिहीबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यहरुलाई शपथ गराएका हुन् ।नवनिर्वाचित सासंदहरु थरीथरी भेषभूषामामा शपथ लिन सिंहदरबारस्थित संसद् भवनको हलमा पुगेका थिए ।प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार सदस्यले प्रतिनिधिसभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधिसभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था रहेको छ ।
काठमाडौं— फागुन २१ को निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरू शपथ ग्रहणका लागि सिंहदरबारतर्फ जुट्न थालेका छन्। दिउँसो २ बजे तय गरिएको कार्यक्रमका लागि बिहानैदेखि सांसदहरूको आवागमन तीव्र बनेको छ।यसपटक प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना सांसद निर्वाचित भएका छन्। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट यसअघि नै शपथ लिइसकेका छन् र आज बाँकी सदस्यहरूलाई उनले नै पद तथा गोपनीयताको शपथ गराउनेछन्।संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख चयन नभएसम्म सभाको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने प्रावधान छ, जसअनुसार आजको शपथ प्रक्रिया अघि बढ्न लागेको हो।भदौ २३–२४ को जेनजी विद्रो
काठमाडौं— नेकपा (एमाले) का नवनिर्वाचित सांसदहरूलाई पार्टी मुख्यालय च्यासलमा बोलाइएको छ । शपथलगत्तै ३ बजे सांसदहरूलाई निम्त्याइएको हो ।राष्ट्रियसभाका सांसदहरूलाई समेत बोलाइएको उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसदमा पार्टीको भूमिका र समसामयिक विषयमा ब्रिफिङसहित विशेष निर्देशन दिने बताइएको छ ।हालै सम्पन्न प्रतिनिधिसभा चुनावमा एमालेबाट प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी २५ जना सांसद निर्वाचित भएका छन् ।आज २ बजे नवनिर्वाचित सांसदको शपथपछि सिंहदरबाट सिधै पार्टी कार्यालय जाने एक सांसदले बताएका छन् ।
काठमाडौं— नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले पार्टी अहिले जटिल र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् ।बिहीबार एक भिडियोमार्फत नेता डा।महतले नेपाली कांग्रेस चुनौतीपूर्ण अवस्थामा रहेकाले राजनीतिक चुनौतीलाई मध्य नजर गरेर समग्र पार्टीपंङ्ती एकीकृत हुन आग्रह समेत गरेका हुन् ।उनले भने, ‘अहिले नेपाली कांग्रेस पार्टी जटिल र चुनौतीपूर्ण अवस्थामा छ । कांग्रेसले ३८ सिट मात्र ल्याएको छ । यो अहिलेसम्मकै अत्यन्तै न्यून सङ्ख्या हो । राजनीति चुनौतीलाई मध्य नजर गरेर समग्र पार्टीपंङ्ती एकीकृत हुन जरुरी छ ।’जबसम्म पार्टीमा मानसिक र भौतिक रूपमा एकीकृत सकिदैन तबसम्म पार्टी बलियो हुन नसक्ने उनको भनाइ थिय
काठमाडौं— वकिलको शुल्कबारे गरिएको टिप्पणीपछि नेपाल बार एसोसिएसन जाँचबुझ आयोगप्रति आक्रोशित बनेको छ। भदौ २३ र २४ का हिंसा र क्षतिको घटनाबारे तयार पारिएको प्रतिवेदनले आफ्नो क्षेत्राधिकार नाघ्दै न्यायालय र कानुन व्यवसायसम्बन्धी विषय उठाएको भन्दै बारले स्पष्ट असहमति जनाएको हो।यस विषयलाई लिएर बारले सल्लाहकार समिति बैठकसमेत बोलाएको छ, जहाँ प्रतिवेदनका विवादास्पद बुँदामाथि विस्तृत छलफल गरिनेछ। बारका महासचिव केदारप्रसाद कोइरालाले प्रतिवेदनका अभिव्यक्तिले न्यायालय र कानुन व्यवसायप्रति समाजमा नकारात्मक धारणा बन्न सक्ने चेतावनी दिएका छन्।गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगले भने न्यायमा पहुँ
काठमाडौं— ‘जेनजी’ प्रदर्शनका क्रममा भएको जनधनको क्षति छानबिन गर्न गठित जाँचबुझ आयोगले भदौ २३ र २४ गतेका घटनामा आपराधिक प्रवृत्तिका व्यक्ति संलग्न रहेको जनाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा यसबारे उल्लेख छ ।“२४ गतेको हिंसात्मक क्रियाकलाप जेनजी पुस्ताले नगरेको तर २३ गतेको घटनाको विरोधमा स्वतःस्फूर्त रूपमा युवासँगै अन्य उमेर समूहका व्यक्तिहरू पनि सडकमा निस्किए,” प्रतिवेदनमा भनिएको छ, “तर, केही समयपछि आपराधिक प्रवृत्तिका व्यक्तिहरू तथा शान्ति सुरक्षाको कमजोरीको फाइदा उठाउँदै अन्य लुटेरा समूहरू पनि प्रदर्शनकारीहरूसँगै सहयोगी भई लुटपाट, आगजनी, लोड
काठमाडौं । बाजुरा जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित जनकराज गिरीले वर्तमान राजनीतिक परिस्थितिमा प्रतिपक्षको भूमिका प्रभावकारी र जिम्मेवार ढंगले निर्वाह गर्ने बताएका छन् ।नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले संसदमा आफ्नो भूमिका, कांग्रेस भित्रका चुनौती र समसामयिक राजनीतिक अवस्थाबारे आफ्नो धारणा राखेका छन् ।गिरीले निर्वाचनपछि आफू मतदातालाई धन्यवाद दिने कार्यक्रममै व्यस्त रहेको उल्लेख गर्दै शपथग्रहणपछि पुनः जनतामाझ जाने तयारीमा रहेको बताए । अहिले ‘काठमाडौंमा पार्टीको केन्द्रीय समिति बैठक, संसदीय दलको नेतृत्व चयनलगायतका गतिविधिमा व्यस्त छौँ,’ उनले भने ।उन
काठमाडौं— सङ्कटको घडीमा नेतृत्वको वास्तविक परीक्षा हुन्छ, तर गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका हिंसात्मक घटनाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व कमजोर र निष्क्रिय देखिएको स्पष्ट पारेको छ।कार्यकारी प्रमुखका रूपमा राज्य संयन्त्र, सुरक्षा निकाय र सबै प्रशासनिक संरचनाको अन्तिम जिम्मेवारी प्रधानमन्त्रीमै निहित हुन्छ। तर आयोगको प्रतिवेदनले देखाएअनुसार, ओली सङ्कटको संवेदनशील क्षणमा न त सक्रिय देखिए, न त निर्णायक। परिणामस्वरूप, प्रारम्भमै नियन्त्रण गर्न सकिने अवस्था क्रमशः जटिल बन्दै गयो।ओलीकै कार्यकालमा राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीयसमिति बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको हो ।बैठकमा संसदीय दलको नेता छनोट र विविध एजेण्डबारे छलफल गर्न लागेको जनाएको छ । बैठकपछि संसदीय दलको बैठक बसेर नेता चयन गरिनेछ ।रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक गरेर संसदीय दलको नेतामा बालेन्द्र साहलाई नेता चयन गर्ने बताइएको छ ।आज संसदीय दलको नेता चयन भएपछि भोलि शुक्रबार बालेनले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने छन् ।
काठमाडौं— नेपाली कांग्रेसले पार्टीको महाधिवेशन आगामी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । सभापति गगन थापाको सभापतित्वमा मंगलबार र बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले १५औँ महाधिवेशन आगामी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।साथै, विशेष महाधिवेशनको निर्णय एवं कांग्रेसको विधान २०१७ को धारा ४३ बमोजिम १५औँ महाधिवेशन सम्पन्न नभएसम्म पार्टीका तह तथा निकायको पदावधि कायम रहने बताइएको छ ।यस्तै, कांग्रेसले महाधिवेशनका अन्य कार्यक्रम तय गर्नुका साथै विभिन्न १६ वटा निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दु
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.