काठमाडौं । प्रधानमन्त्री बालेन शाह९बालेन्द्र०ले सांसदहरूसँग छलफल थालेका छन् । प्रधानमन्त्री शाहले प्रदेशगत रूपमा सांसदहरूलाई सिंहदरबारमा बोलाएर छलफल गरेका हुन् । जारी छलफलमा आज कोशी र सुदूरपश्चिमका सांसद सहभागी छन् ।तर, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले भने बहिष्कार गरेको छ । अध्यक्ष साम्पाङले आफूहरू कोठे बैठकमा सहभागी नहुने बताएका छन् ।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीले संसद्को पहिलो बैठक बोलाउनुपर्छ । संसद् नबोलाएर गरिने कोठे बैठकमा हामी जाँदैनौँ । हप्ताको एक पटक कम्तीमा पनि संसद् बैठक राख्नुपर्छ । जनताको प्रश्नदेखि सरकार भाग्न पाउँदैन।’
काठमाडौं— काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सर्भाइकल क्यान्सरबारे सचेतना अभिवृद्धि गर्न समयमै परीक्षण आवश्यक रहेको बताएकी छन् ।सोमबार आयोजित स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ शुभारम्भ कार्यक्रममा बोल्दै डंगोलले विश्वभर धेरै महिलामा सर्भाइकल क्यान्सर देखिने गरेको उल्लेख गरिन् ।उनले भनिन्, ‘हरेक दिन संसारभर सर्भाइकल क्यान्सरका कारण महिलाहरूको ज्यान गइरहेको छ । तर क्यान्सर भनेको तत्काल मृत्यु हुने रोग होइन, यसको समयमै उपचार सम्भव छ भन्ने कुरा बुझाउन जरुरी छ ।’उनले समयमै रोग पहिचान भएमा उपचार प्रभावकारी हुने बताउँदै नियमित परीक्षणको महत्वमा जोड दिइन् । डंगोलले कतिप
काठमाडौं— नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइराला समूहले प्रतिनिधि सभामा निर्वाचित सांसदहरुलाई छुट्टै बधाई कार्यक्रमको आयोजना गर्दैछ ।धुम्बाराहीस्थित स्मार्ट मलमा आयोजित कार्यक्रम दिउँसो एक बजेलाई तय भएको छ । ‘आजको कार्यक्रमलाई मिडियामा अलग्गै बैठक भनिएको छ, तर बैठक भन्दापनि बधाई कार्यक्रम राखिएको हो,’ डा.कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने ।उक्त कार्यक्रममा समसामयिक वा आन्तरिक राजनीति र सर्वोच्च अदालतमा दायर गरेको रिटबारे छलफल समेत हुने जनाइएको छ । सर्वोच्चमा दायर रिटको पेसी चैत २२ गतेका लागि तोकिएको छ ।गत पुसमा
काठमाडौं— पूर्वमन्त्री दीपक खड्कालाई अस्पताल भर्ना गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका खड्कालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको विभागका एक जना अधिकृतले रातोपाटीलाई बताए ।विभागले अदालतबाट ७ दिनको म्याद लिएर उनलाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखेको थियो । गएराति साढे १२ बजेतिर बान्ता भएपछि अनुसन्धान अधिकृतसँगको समन्वयमा उनलाई नर्भिक अस्पताल लगिएको थियो । निरन्तर बान्ता भएपछि नर्भिक अस्पतालले उनलाई त्रिवि शिक्षण अस्पतालमा रिफर गरेको थियो ।अहिले शिक्षण अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको अनुसन्धानमा संलग्न विभागका एक जना अधिकृतले रातोपाटीलाई बताए । सम्पत्ति श
सुर्खेत— झन्डै दुई महिनासम्म चलेको कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आइतबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरिएको हो ।कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश सरकारको सिफारिसमा दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य गरिएको पत्र प्रदेशसभा सचिवालयमा पठाएका थिए ।आइतबारको बैठकमा सभामुख नन्दा गुरुङले प्रदेश प्रमुखको कार्यालयबाट प्रदेशसभाको सातौँ अधिवेशन अन्त्यको पत्र वाचन गरेर आइतबार राती १२ बजेदेखि अधिवेशन अन्त्यको घोषणा गरिन् ।प्रदेश सभा सचिवालयका अनुसार यस अवधिमा प्रदेश सभाका १० वटा बैठक बसेका छन् भने जम्मा १३ घण्टा ४२ मिनेट समय व्यथित भएको छ । विधेयक अधिवेशनको रूपमा लिइने हिउँदे अधिव
काठमाडौं— मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।प्रधानमन्त्री बालेन शाहले आज अपराह्न ४ बजे बस्ने गरी बैठक बलाएका हुन् ।बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।
काठमाडौं— नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणका रिटमा सुनुवाइ आज हुने भएको छ । आइतबार दायर भएको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आज हुने भएको हो ।गैरकानुनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै ओलीकी पत्नी राधिका शाक्यले र लेखकका तर्फबाट यशोदा लेखकले सर्वोच्चमा आइतबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।यसैगरी, पूर्व लेखकलाई गैरकानुनी रुपमा थुनामा राखिएको जिकिर गरिएको रिटको सुुनुवाइ पनि आजै नै हुनेछ ।प्रहरीले ओली र नेता लेखकलाई शनिबार बिहान पक्राउ गरेको थियो ।ओली र लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न
काठमाडौं— मनसुन नजिकिँदै जाँदा विपद् जोखिम न्यूनीकरणका लागि तयारी तीव्र पार्न गृहमन्त्री सुधन गुरुङले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।आइतबार सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण को निरीक्षण गर्दै मन्त्री गुरुङले मनसुनअघि नै आवश्यक सबै पूर्वतयारी पूरा गर्न जोड दिएका हुन्।निरीक्षणका क्रममा प्राधिकरणका अधिकारीहरूले हाल उपलब्ध स्रोत–साधन, तयारीको अवस्था र आगामी योजना बारे जानकारी गराएका थिए। मन्त्री गुरुङले समयमै तयारी गर्न सके धनजनको क्षति उल्लेखनीय रूपमा घटाउन सकिने उल्लेख गर्दै तत्काल कार्ययोजना कार्यान्वयनमा लैजान निर्देशन दिए।नेपाल प्राकृतिक विपद्को उच
काठमाडौं— काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा आइतबार तनावपूर्ण अवस्था सिर्जना भयो। केपी शर्मा ओली को रिहाइको माग गर्दै सडकमा उत्रिएका नेकपा एमाले का कार्यकर्ता र प्रहरीबीच झडप भएको हो।माइतीघरबाट बानेश्वरतर्फ अघि बढिरहेका प्रदर्शनकारीलाई रोक्ने क्रममा स्थिति बिग्रिएको थियो। प्रदर्शनमा सहभागीहरूले रमेश लेखक को रिहाइको समेत माग गरेका थिए।यो घटनाको पृष्ठभूमि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग जोडिएको छ। उक्त आन्दोलनबारे अनुसन्धान गर्न बनेको गौरीबहादुर कर्की आयोग ले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकमाथि फौजदारी कसूरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा
काठमाडौं— नवगाठित बालेन्द्र शाह (बालेन) सरकारले देशको अर्थतन्त्रको मेरुदण्ड मानिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘शासकीय सुधारका १०० कार्यसूची’मा विशेष प्राथमिकता दिएको छ ।मन्त्रिपरिषद्को पछिल्लो बैठकले स्वीकृत गरेको यस कार्ययोजनामा लगानी वातावरण सुधार, निजी क्षेत्र प्रवद्र्धन तथा पूर्वाधार विकासमार्फत पर्यटन उद्योगलाई बलियो बनाउने सरकारले लक्ष्य राखेको छ ।सरकारले पर्यटन क्षेत्रका राष्ट्रिय गौरवका आयोजना र लगानी बोर्डमा दर्ता भएका ठूला पर्यटकीय परियोजनाहरूको लगानीको ढाँचा अनिवार्य रूपमा निर्धारण गर्ने भएको छ ।९० दिनभित्र ती परियोजनाहरूलाई सरकारी कोष, सार्वजनिक–निजी साझेदारी वा निजी लगानी कु
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.