काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले सरकारले लिएको वैदेशिक ऋणसम्बन्धी निर्णयप्रति गम्भीर प्रश्न उठाएकी छन् ।प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्ले एसियाली विकास बैंक र विश्व बैंकबाट डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टका लागि ९० मिलियन अमेरिकी डलर तथा दिगो समावेशी वितरण परियोजनाका लागि ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको प्रसंग उठाइन् ।उनले यस्ता ठूला आर्थिक निर्णयहरू कुन संसदीय समिति, कस्तो नीतिगत बहस, र कुन प्राथमिकता तथा मूल्याङ्कनका आधारमा गरिएको हो भन्नेबारे सरकारसँग स्पष्ट जवाफ मागिन् ।ओलीले संसद् अझै पूर्ण रूपमा संरचनागत रूपमा व्
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले यस पटकको सदनलाई दक्षिण एसियाकै सबैभन्दा उत्कृष्टको सज्ञा दिएका छन् ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपाले चुनावमा जाँदै गर्दा केवल मत माग्न होइन् , साउथ एसियाको बेष्ट प्रतिनिधिको कल्पना गरेर होमिएको भन्दै त्यो परिकल्पना पूरा भएको बताए । अब अभ्यास ,संस्कृति र सिद्धान्तको पालो आएको उनको भनाई छ ।उनले भने,‘चुनावमा जाँदैगर्दा मतदातालाई भनेको थियौं–हामी केवल मत माग्न आएको छैनौं, साउथ एसियाको बेष्ट प्रतिनिधि सभाको कल्पना गरेर चुनावमा होमिएको छौं भनेर भनेका थियौं । आज सदनमा सबै सहकर्मी वा सहयात्री र ,प्रतिनिधिसभा सदस्यहरुज्यूहरु
काठमाडौं— नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले संसदलाई गफ गर्ने थलो मात्र नभई कानून निर्माण गर्ने महत्वपूर्ण ऐतिहासिक संस्था भएको बताएका छन् ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विश्वमा संसदलाई कहिलेकाहीँ व्यंग्यात्मक रूपमा गफ गर्ने अखडाका रूपमा बुझिने गरिए पनि यसको मूल भूमिका कानून निर्माण र जनताको पक्षमा काम गर्नु भएको स्पष्ट पारे ।‘संसदलाई सामन्यतया गफ गर्ने अखडाको रुपमा पनि दुनियाँमा व्यंग्यात्मक हिसावले बुझ्ने गरिन्छ । यो कानुन निर्माण गर्ने महत्वपूर्ण ऐतिहासिक थलो हो । तर संसदलाई हामीले कतिपय अवस्थामा बहुमतको आधारमा पेल्ने एउटा थलोको रुपमा विकास हुँदै आएको
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै जनताको अपेक्षा ठूलो रहेको बताएका छन् ।उनले जनताले आफूहरूलाई ठूलो जिम्मेवारीसहित सदनमा पठाएको उल्लेख गर्दै अब केवल अनुहार मात्र परिवर्तन नभई काम गर्ने शैली र परिणाम पनि परिवर्तन गर्नुपर्नेमा जोड दिए ।‘हामी माथि ठूलो भारी बोकाएर जनताले पठाउनु भएको छ । यो सदन अहिले अनुहार मात्रै परिवर्तन भएको छैन । यो सदनमा धेरै कुराहरू परिवर्तन गर्ने सदस्यहरू उपस्थित छौं,’ उनले भने ।सांसद बुर्लाकोटीले वर्तमान संसदले जनताको विश्वास कायम राख्दै ठोस परिवर्तनतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न र आफू बसोबास गरेको मुलुकमा रहेका लगानीकर्ताहरुलाईसमेत नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई आग्रह गरेका छन् ।राष्ट्रपति पौडेलले गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरुसँग सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा सो आग्रह गरेका हुन् ।‘नेपालको आन्तरिक क्षमतामा वृद्धि गरी तीव्र आर्थिक विकास गर्न सके मात्र विदेशमा बस्ने नेपालीहरूको शिर पनि उँचो हुनेछ, नेपाल समृद्ध नहुँदासम्म नेपालीहरूको प्रतिष्ठा बढ्न सक्दैन’, उनले भने ।उनले नेपाललाई सुशासन विकास र
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक सुरु भएको छ ।बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा बसिरहेको छ ।
सिराहा । सिराहा नगरपालिकामा कार्यरत कर्मचारीमाथि कुटपिट भएको गम्भीर आरोप सार्वजनिक भएपछि स्थानीय तहमा हलचल मच्चिएको छ ।नगरपालिकाका कार्यालय सहयोगी (का.सा.) रामशरण यादवले मेयर डा.नवीन यादवले आफूमाथि कुटपिट गरेको आरोप लगाउँदै सञ्चारमाध्यममार्फत घटना सार्वजनिक गरेका हुन् ।पीडित रामशरण यादवका अनुसार, उनी नियमित रूपमा बिहान करिब ९ बजे कार्यालयमा हाजिर लगाउन पुगेका थिए । सोही क्रममा मेयर डा। नवीन यादवले उनलाई ‘तिमी दरबन्दीमा हौ, कि काजमा रु’ भनेर सोधेका थिए। त्यसको जवाफमा उनले आफू काजमै रहेको बताएका थिए ।राम शरणका अनुसार, त्यसपछि मेयरले हाजिर लगाउन पर्दैन भनेका थिए । तर, उनी आफ्नो कर्तव्यअनुसार हाजि
काठमाडौं । देशभर अहिले माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भइरहेको छ । परीक्षा केन्द्रहरूमा विद्यार्थीहरू आफ्नो भविष्यको महत्त्वपूर्ण मोड पार गर्न व्यस्त छन् । तर यो केवल प्रश्नपत्र र उत्तरको मात्र कुरा होइन, यससँग जोडिएको छ भावनात्मक सम्बन्ध, आशा, चिन्ता र माया ।यस्तै एउटा मनछुने दृश्य ललितपुर धापाखेलस्थित जेम्स स्कूलका शिक्षकले विद्यार्थीप्रति देखाएको सहानुभूतिबाट स्पष्ट हुन्छ । त्यहाँका भाइस प्रिन्सिपल राम प्रसाद बस्याल प्रत्येक दिन परीक्षा सुरु हुनुअघि केन्द्रको गेटमा उभिन्छन् ।विद्यार्थीहरू भित्र छिर्नुअघि उनीहरूलाई मुस्कानसहित ‘गड ब्लेस यू’ भन्दै आशीर्वाद दिन्छन् । उनका शब्दहरू केवल श
काठमाडौं— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यसंयोजन समितिको बैठक आज बस्दै छ ।बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा निर्वाचनको बृहत् समीक्षा, पार्टी एकतालाई टुंग्याउनेसहित आगामी रणनीतिबारे छलफल हुनेछ ।बैठकको एजेन्डामा वर्तमान राजनीतिक परिस्थिति, निर्वाचनको समीक्षा प्रतिवेदन, महाधिवेशनको आयोजना, सरकार र संसद्, पार्टी पुनर्गठन तथा तात्कालिक कार्ययोजना र विविध छन्।
काठमाडौं— नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि हुने भएको छ ।ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइमा आज महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सरकारी वकिलले बहस गर्ने छन् ।आइतबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो । ओली र लेखकको तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएको छ ।ओली र लेखकलाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो । उनीहरुलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ थियो ।अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.