राजनीति

    Showing 1,791-1,800 of 7,513 items.
  • रुपन्देही–३ मा उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

    काठमाडौं— आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले राजनीतिक दलहरूलाई दल दर्ता गर्न आह्वान गरेको छ।आयोगले २०८२ साउन १५ गते एक सूचना जारी गर्दै साउन २१ गतेदेखि २७ गतेभित्र आयोगको केन्द्रीय कार्यालयमा दल दर्ताको निवेदन दिन सकिने जानकारी दिएको हो।निर्वाचन आयोगले यसअघि नै रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा उपनिर्वाचनका लागि कार्यतालिका स्वीकृत गरिसकेको छ।कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ। सोही दिन साँझ उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित गरिनेछ।यसपटकको उपनिर्वाचनमा असोज २४ गते

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 561 पटक पढिएको
  • बाँससम्बन्धी नीति निर्माणको माग गर्दै अनशनरत मेयर तिर्थराज भट्टराई वीर अस्पताल भर्ना

    काठमाडौं— जलवायु परिवर्तन न्यूनीकरण तथा विस्थापित समुदायको जीवनस्तर सुधारका लागि बहुउपयोगी बाँसको उत्पादन, प्रयोग र व्यवस्थापनसम्बन्धी स्पष्ट नीति तथा कानुन निर्माणको माग गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका मेयर तिर्थराज भट्टराई विगत चार दिनदेखि आमरण अनशनमा छन्।लगातारको अनशनका कारण उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि आज उनलाई काठमाडौंस्थित वीर अस्पतालमा भर्ना गरिएको छ।स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आज अस्पताल पुगेर मेयर भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। त्यसैगरी, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिहरूले समेत अस्पतालमा पुगेर उनको अवस्थाबारे बुझ्दै सरक

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 1,412 पटक पढिएको
  • राजनीतिक दललाई अंक दिने तयारीमा निर्वाचन आयोग

    काठमाडौं— निर्वाचन आयोगले अबदेखि राजनीतिक दलको व्यवहार र स्वमूल्याङ्कनको आधारमा अंक दिने भएको छ।अंकको आधारमा नै दलहरूले सरकारबाट प्राप्त गर्ने सुविधा तथा अवसर निर्धारण गरिनेछ।यसका लागि आयोगले ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ तयार पारेको छ।उक्त कार्यविधिको मस्यौदा सार्वजनिक गर्दै आयोगले राजनीतिक दल, सरोकारवाला र विज्ञहरूबाट सुझाव समेत मागेको छ।मूल्याङ्कन समिति गठन हुनेदलको मूल्याङ्कन, रेखदेख र निर्देशन गर्न आयोगले एक मूल्याङ्कन समिति बनाउनेछ।समितिको संयोजक आयोगका सचिव रहनेछन्।अन्य सदस्यमा आयोगका विभिन्न महाशाखा प्रमुख, सूचना प्रविधि शाखा प्रमुख, नियम तथा फैसला कार्यान्वयन शाखा प्रमुख र

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 321 पटक पढिएको
  • भूमि विधेयक फिर्ता नलिए जनविद्रोह गर्ने उपेन्द्र यादवको चेतावनी

    राजविराज – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी विधेयक फिर्ता नलिइए जनविद्रोह गर्ने चेतावनी दिएका छन् ।सप्तरीको राजविराजमा जसपा नेपाल सप्तरीको एकताको प्रथम जिल्ला अधिवेशनलाई बुधबार उद्घाटन गर्दै अध्यक्ष यादवले वन विनास, चूरे उत्खनन् तथा पहाडका बासिन्दालाई मधेशमा भू–माफियाहरुलाई अवैध बसोवास गराउन सरकार षड्यन्त्रमा लागेकोले जनतालाई सचेत रहन आग्रह गरेका हुन् । उनले भने, ‘वर्तमान सरकारले मधेश विरोधी भूमि विधेयक जबर्जस्ती लाद्न खोजिए मधेशी जनता आफ्नो अस्तित्व र पहिचानको रक्षाका लागि जनविद्रोह गर्न बाध्य हुनेछन् ।’ सरकारको गलत नीतिका कारण मधेश मरूभूमिकरणतर्फ उन्मुख भएक

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 400 पटक पढिएको
  • पाँच संसदीय समितिका बैठक आज बस्दै

    काठमाडौं— आज संघीय संसद्का विभिन्न पाँच संसदीय समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजेर ३० मिनेटमा बस्दैछ ।बैठकमा भूमिसम्बन्धी केही नेपाललाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि छलफल हुने कार्यसूची छ । जहाँ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, भूमि आयोगका पदाधिकारी, भूमि, वन तथा कानुन क्षेत्रका विज्ञसँग छलफल हुनेछ ।यस्तै, कानुन, न्याय तथा मानवअधिकार समिति तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १ बजे बस्दैछ । मानवअधिकार समितिमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनासम्बन्धी सुझावको

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 407 पटक पढिएको
  • कांग्रेस आफ्ना मन्त्री फेर्न अनिच्छुक, एमालेबाट को-को छन् हट्ने सूचीमा?

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन्।मन्त्रिपरिषद हेरफेरको प्रमुख कार्यसूचीका साथ प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता साझेदार दुई दलको बैठक बिहीबार बस्दैछ।प्रधानमन्त्रीको प्रेसविज्ञ रामशरण बजगाईंका अनुसार दुई दलका शीर्ष नेताहरूको बैठक बिहीबार बिहान ११ बजे बालुवाटारमा बस्ने तय भएको छ।बैठकमा एमालेबाट प्रधानमन्त्री ओली, उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन्।कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी हुनेछन्।

    • प्रकाशित मितिः साउन १५, २०८२
    • 388 पटक पढिएको
  • राष्ट्रिय पर्यटन परिषद्को पहिलो बैठक : आरोग्य पर्यटनसम्बन्धी रणनीतिक अवधारणा तयार गरिने

    काठमाडौं । राष्ट्रिय पर्यटन परिषद्को प्रथम बैठकले आरोग्य पर्यटनको प्रवद्र्धनका लागि रणनीतिक अवधारणापत्र तयार गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले पर्यटन क्षेत्रको दीर्घकालीन तथा समावेशी विकासका लागि आरोग्य पर्यटनलाई प्राथमिकतामा राख्दै नीतिगत संरचना विकास गर्नुपर्ने निष्कर्ष निकालेको हो । स्वास्थ्य, वातावरण, पर्यटन, शिक्षा तथा स्थानीय तहका प्रतिनिधिहरू रहने गरी उपसमिति गठन गर्दै उक्त अवधारणा निर्माणको प्रक्रियालाई औपचारिकता दिने निर्णय भएको सह सचीव इन्दु घिमिरेले जानकारी दिए ।आरोग्य पर्यटन सम्बन्

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 244 पटक पढिएको
  • विपद्मा निर्णय होइन, कार्यान्वयन प्राथमिक हो : मन्त्री खड्का

    काठमाडौं । मधेशप्रदेशका आठ जिल्लामा परेको खडेरीका कारण सिंचाई एवं खानेपानी समेतको समस्या भएपछि सरकारले ‘विपद्’ को रूपमा लिएसँगै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले गठन गरेको उच्चस्तरीय कार्यदलले तयार पारेको प्रतिवेदन ऊर्जामन्त्री खड्कालाई बुधबार बुझाएको छ ।ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले प्रतिवेदन बुझ्दै कार्यदलले दिएको सुझावलाई तत्काल कार्यान्वयन गर्ने र राहतदेखि सिंचाईंका कामहरु शुरु गर्न निर्देशन दिए । ‘अब ढिलो गर्नु भनेको जनताको भरोसा गुमाउनु हो। यो विषय सरकारको कार्यसूचीको पहिलो प्राथमिकतामा हुनेछ ।’तराई मधेश देशको अन्नको भण्डार रहेको भएपनि समयमै पानी नपर्दा सिंचाई देखि ख

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 243 पटक पढिएको
  • बागमती कांग्रेस संसदीय दलको नेतृत्वमा बानियाँ, लामाले पाए १४ मत

    काठमाडौं— नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् ।बुधबार भएको निर्वाचनमा मुख्यमन्त्री बहादुरसिंह लामालाई ८ मतले पराजित गर्दै बानियाँ दलको नेतामा निर्वाचित भएका हुन् । बानियाँले २२ मत प्राप्त गर्दा मुख्यमन्त्रीसमेत रहेका लामाले १४ मत पाएको सांसद श्रीराम लामिछानेले शिलापत्रलाई जानकारी दिए । उनका अनुसार, १ मत भने बदर भएको छ । यसअघि २०७९ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनपछि १३ पुस २०७९ मा लामा र बानियाँबीच नै प्रतिस्पर्धा भएको थियो । त्यतिबेला लामा २१ मतका साथ संसदीय दलको नेतामा निर्वाचित हुँदा बानियाँले १६ मत पाएका थिए ।तर, साढे २ वर्षपछि

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 643 पटक पढिएको
  • आमरण अनसन बसेका मेयरसँग छलफल गर्न माइतीघरमै पुग्यो सरकारी टोली

    काठमाडौं— खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराईले सुरु गरेको आमरण अनसनमा सरकार संवेदनशील देखिएको छ। बाँस लगायत स्थानीय उत्पादनको प्रवर्द्धनमा उदासीनता देखाएको भन्दै अनसनमा बसेका मेयर भट्टराईसँग छलफल गर्न सरकारी टोली माइतीघर मण्डलामा नै पुगेको हो।छलफलमा सहरी विकास मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनली, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मच्चा काजी महर्जन, उपमहानिर्देशक सुनिलकुमार ठाकुर र नगरपालिका संघका केन्द्रीय अध्यक्ष भीमप्रसाद ढुंगाना सहभागी थिए।मेयर भट्टराईको तर्फबाट उपमेयरसहितको टोलीले आजै वन तथा वातावरण मन्त्रालयमा गएर थप छलफल र सहमति जुटाउने तय

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 612 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा