राजनीति

    Showing 1,781-1,790 of 10,298 items.
  • प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत

    काठमाडौं— प्रतिनिधिसभाबाट मदाता नामावली पहिलो संसोधन अध्यादेश–२०८२ स्वीकृत भएको छ ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले मतदाता नामावली पहिलो संशोधन अध्यादेश –२०८२ लाई स्वीकृत गरियोस् भनि प्रस्ताव पेस गरेका थिए ।उक्त प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा स्वीकृत भएको हो ।साथै मन्त्री गुरुङले नै प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेशलाई स्वीकृत गरियोस् भनि प्रस्ताव पेस गरेका थिए ।उक्त प्रस्तावपनि सर्वसम्मत रुपमा स्वीकृत भएको छ ।त्यस्तै उनकै प्रस्तावमा नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश पनि स्वीकृत भएको छ ।

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 561 पटक पढिएको
  • संसदको चौथो बैठक मंगलबार १ बजे बस्ने

    काठमाडौं— प्रतिनिधिसभाको अर्को बैठक भोली बस्ने भएको छ ।सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोली बस्नेगरी बैठक सकिएको घोषणा गरे ।अर्को बैठक भोली दिनको १ बजे बस्ने छ ।

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 549 पटक पढिएको
  • सभामुखको सुरुवातः भिआइपी कुर्सी फाले सामान्य हाले

    काठमाडौं— प्रतिनिधि सभाका नवनियुक्त सभामुखले पदभार सम्हालेसँगै सदनभित्रको अभ्यासमा महत्वपूर्ण परिवर्तनको संकेत दिएका छन्। सभामुखको सुरुवाती निर्णयअनुसार अब संसद् भवनमा भिआइपी कुर्सी हटाएर सबैका लागि समान प्रकारका कुर्सी व्यवस्था गरिएको छ।यस कदमलाई समानता र सादगीको सन्देशका रूपमा हेरिएको छ। सभामुखले संसद् सबै जनप्रतिनिधिको साझा मञ्च भएकाले सुविधा र व्यवहारमा पनि समानता आवश्यक रहेको बताए। “संसद् विशेषाधिकार प्रदर्शन गर्ने ठाउँ होइन, जनताको आवाज प्रतिनिधित्व गर्ने थलो हो,” उनले भने।यस परिवर्तनसँगै सांसदहरूबीचको दूरी घट्ने र कार्यसम्पादनमा सहजता आउने अपेक्षा गरिएको छ। केही सांसदहरूले यसलाई सकारात्

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 538 पटक पढिएको
  • संसदमा जनताको अपेक्षालाई मध्यनजर राखेर अगाडि बढ्नुपर्छ : सांसद ठगुन्ना

    काठमाडौं । प्रतिनिधिसभाले सोमबार प्रतिनिधिसभा नियमावली मस्यौंदा समिति गठनको प्रस्ताव गरेको छ ।एमाले सांसद गणेश सिंह ठगुन्नाले यस प्रस्तावको समर्थन गर्दै संसदमा जनताको अपेक्षालाई मध्यनजर राखेर अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।ठगुन्नाले भने, ‘जनताको चाहना अनुसार हामीले अगाडि बढ्नुपर्ने दायित्व हाम्रो काँधमा आएको छ । देशको सीमाको रक्षा, जनजीवनका सवाल र जनताका आकांक्षालाई यस सभामा गहन छलफल गरेर समाधान खोज्नुपर्छ । कमीकमजोरीहरू सच्याउँदै यस सदनले नयाँ ढंगले अघि बढ्नुपर्छ ।’उनले विकासका समस्याबाट प्रभावित जनताबाट निर्वाचित भएकाले जनताको हित र आकांक्षालाई प्राथमिकतामा राख्दै काम गर्नु आफूहर

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 220 पटक पढिएको
  • पाँच वर्षका लागि प्रतिनिधित्वको जिम्मेवारी केवल अधिकार होइन्, उत्तरदायित्व पनि हो : सभामुख

    काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जेनजी आन्दोलनमा भएको त्याग, बलिदान र संघर्षकै परिणामस्वरूप वर्तमान परिवर्तन भएको उल्लेख गर्दै त्यसको सम्मान गर्दै जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन् ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले जनताले मतमार्फत पाँच वर्षका लागि प्रतिनिधित्व गर्ने जिम्मेवारी सुम्पिएको उल्लेख गर्दै यो केवल अधिकार नभई गहिरो उत्तरदायित्व पनि भएको स्पष्ट पारे ।उनले भने,‘जेनजी आन्दोलमा ज्यान गुमाएको, त्याग, बलिदान र संघर्षले आज हामीलाई यहाँसम्म ल्याएको हो । त्यसैले त्यसको सम्मान गर्दैै आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । जनताले आफ्नो मतमार्फत पाँच वर्षको लागि प्रतिनिधि

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 220 पटक पढिएको
  • देश जटिल आर्थिक तथा सामाजिक अवस्थाबाट गुज्रिरहे छ : सांसद डा।लामा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा राम लामाले देश जटिल आर्थिक तथा सामाजिक अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नीति निर्माणलाई प्रभावकारी कार्यान्वयनलाई परिणाममुखी र अनुगमनलाई कडाइका साथ अघि बढाउन सरकारलाई आग्रह गरे।उनले भने, ‘नीति निर्माणलाई प्रभावकारी, कार्यान्वयनलाई परिणाममुखी र अनुगमनलाई कडाइका साथ अघि बढाइनुपर्छ ।’महंगीका कारण नागरिकको दैनिक जीवन प्रभावित भएको, बेरोजगारीले युवाहरूमा निराशा बढाएको र अवसरको अभावले ठुलो सङ्ख्यामा युवा विदेशिन बाध्य भएको बताए ।उनले सेवा प्रवाहमा ढिलासुस्ती र बढ्दो भ्रष्टाचारका कारण राज्यप्रतिको ना

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 217 पटक पढिएको
  • सांसद सुनारले सदनमा उठाए सोती घटना, दलितमाथि भइरहेका अत्याचारप्रति ध्यानाकर्षण

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले रुकुम पश्चिमको सोती घटनालाई संसदमा उठाउँदै दलित समुदायमाथि भइरहेका अत्याचारप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले २०७७ जेठ १० गते रुकुमको सोतीमा नवराज विश्वकर्मासहित ६ जना युवाको अन्तरजातीय प्रेम सम्बन्धका कारण निर्ममतापूर्वक हत्या गरिएको घटना स्मरण गरे ।‘आजभन्दा सात वर्ष पहिले रुकुमको सोतीमा नवराज विश्वकर्मासहित ६ जना युवाहरूको हत्या भयो । अन्तरजातीय प्रेम र विवाहका कारण भएको त्यो घटना सामान्य विवाद मात्र थिएन, जातकै आधारमा गरिएको विश्वमै दुर्लभ र भयावह घटना हो,’ उनले भने ।०

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 235 पटक पढिएको
  • ‘ठूला माछा’ नछाड्न अख्तियारलाई गृहमन्त्री गुरुङको निर्देशन

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई भेटेर भ्रष्टाचारसम्बन्धी ठूला मुद्दाको अनुसन्धान र अभियोजनमा तीव्रता दिन आग्रह गरेका छन्।गृहमन्त्रीनिकट स्रोतका अनुसार गुरुङ तीन दिनअघि आफ्ना केही सहयोगीसहित राईलाई भेट्न पुगेका थिए। भेटमा उनले सरकारले अख्तियारलाई पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।स्रोतका अनुसार गृहमन्त्रीले राईसँग भनेका थिए, “सरकारको स्पिरिटलाई समाएर काम गर्नुहोस्। तपाईँलाई सूचना, जनशक्ति चाहिन्छ भने भन्नुहोस्, म दिन तयार छु। कसैलाई पनि नछाड्नुहोस्, धमाधम फाइल खोल्नुहोस्। हाम्रो साथ रहनेछ।”यसअघि पनि प्रमुख आ

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 467 पटक पढिएको
  • सांसद विकको माग : ओली–लेखकलाई रिहा गरियोस्, सामाजिक संजालको नियमन होस्

    काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा भएको प्रदर्शनमा अमिशा पराजुलीले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमार्फत भएको हिंसाबारे सदनमा ध्यानाकर्षण गराइएको छ ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेकी सांसद विष्णुमाया बिकले नारा–जुलुश गरेकै कारण सामाजिक सञ्जालमार्फत हमला भएको भन्दै सदनको ध्यानाकर्षण गराएकी हुन् ।त्यस्तै उनले महिला हिंसाको विषयमा पार्टी नहेरी सबै महिला सांसदहरु एक ढिक्का भएर आवाज उठाउनेपर्ने पनि धारणा राखिन् ।उनले भनिन्,‘ अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमालेले गरेको प्रदर्शनमा अमिशाले नाराजुलुश गरेकै कारण सामाजिक सञ्जालमार्फत हमल

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 223 पटक पढिएको
  • संसद्को आकस्मिक समयमा बोल्न सांसदले पहिले नै नाम टिपाउनुपर्ने व्यवस्था परिवर्तन गरिनुपर्छ : सांसद केसी

    काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संसद्को आकस्मिक समयमा बोल्न सांसदले पहिले नै नाम टिपाउनुपर्ने व्यवस्था परिवर्तन गरिनुपर्नेमा जोड दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयमा तत्काल जानकारी गराउन नाम नटिपाई बोल्न पाउनुपर्ने बताएका हुन् ।उनले भने, ‘आकस्मिक समयलाई पनि अगाडि गएर टिपाउनुपर्ने परम्परा सदनमा यसअघि स्थापित भएको छ, त्यो परिवर्तन हुनुपर्छ । आकस्मिक समय भनेको सांसदको विशेषाधिकार हो, प्रधानमन्त्री बोल्दाबोल्दै भए पनि हात उठाएर बोल्न पाउनुपर्छ ।’यसैगरी उनले लोकतन्त्रमा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै यस

    • प्रकाशित मितिः चैत २३, २०८२
    • 217 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.