काठमाडौं । प्रतिनिधिसभाले सोमबार प्रतिनिधिसभा नियमावली मस्यौंदा समिति गठनको प्रस्ताव गरेको छ ।

एमाले सांसद गणेश सिंह ठगुन्नाले यस प्रस्तावको समर्थन गर्दै संसदमा जनताको अपेक्षालाई मध्यनजर राखेर अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

ठगुन्नाले भने, ‘जनताको चाहना अनुसार हामीले अगाडि बढ्नुपर्ने दायित्व हाम्रो काँधमा आएको छ । देशको सीमाको रक्षा, जनजीवनका सवाल र जनताका आकांक्षालाई यस सभामा गहन छलफल गरेर समाधान खोज्नुपर्छ । कमीकमजोरीहरू सच्याउँदै यस सदनले नयाँ ढंगले अघि बढ्नुपर्छ ।’

उनले विकासका समस्याबाट प्रभावित जनताबाट निर्वाचित भएकाले जनताको हित र आकांक्षालाई प्राथमिकतामा राख्दै काम गर्नु आफूहरुको जिम्मेवारी भएको बताए ।

सांसद ठगुन्नाले भने, ‘हामी विकासका समस्याबाट प्रभावित जनताबाट निर्वाचित भएका हौँ । जनताको हित र आकांक्षालाई प्राथमिकतामा राख्दै काम गर्नु हाम्रो जिम्मेवारी हो ।’