राजनीति

    Showing 1,751-1,760 of 10,298 items.
  • मन्त्री चौधरी र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता

    काठमाडौं । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकासमन्त्री गिता चौधरी र विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता भएको छ । चैत २४ गते भएको सो भेटवार्तामा नेपाल सरकार र विश्व बैंकबीचको दीर्घकालीन सहकार्य तथा साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको हो ।साथै सरकारले अघि सारेको १०० बुँदे विकास एजेन्डा कार्यान्वयनमा जोड दिँदै वन, कृषि र ग्रामीण जीविकोपार्जनलाई प्रमुख प्राथमिकताका रूपमा अघि बढाइरहेको विषयमा पनि छलफल भएको थियो ।

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 159 पटक पढिएको
  • प्रधानमन्त्री बालेन्द्र शाहको सामूहिक कूटनीतिक संवादमा विभिन्न देशका राजदूतहरूको सहभागिता

    काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् ।परराष्ट्रमन्त्री शिशिर खनालसहित आयोजना गरिएको उक्त संवाद कूटनीतिक मर्यादामा नयाँ अभ्यास स्थापित गर्ने उद्देश्यसहित तय गरिएको बताइएको छ । भेटवार्ता आज दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ । यसअघि भने प्रधानमन्त्री नियुक्त भएपछि विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने परम्परा रहेको थियो ।यस सामूहिक भेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ अधिकारीहरूको पनि सहभागिता रहने जनाइएको छ । बैठकमा भारत, पाकिस्तान, बंगलादेश, इजरायल, अमेरिका तथा बेलायत

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 459 पटक पढिएको
  • राष्ट्रियसभाका समिति सभापतिहरूले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं— राष्ट्रिय सभाअन्तर्गतका चार वटा विषयगत समितिका नव निर्वाचित सभापतिहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।बुधबार आयोजित एक विशेष समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।शपथ लिने सभापतिहरुमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी पूजा चौधरी, विधायन व्यवस्थापन समितिका कृष्णबहादुर रोकाय, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी जयन्तीदेवी राई तथा विकास, आर्थिक मामिला तथा सुशासन समितिका कृष्णप्रसाद पौडेल रहेका छन् ।नवनिर्वाचित सभापतिहरुले आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छ

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 378 पटक पढिएको
  • कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै

    काठमाडौं— सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।बुधबार मध्याह्न १२ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने गरी सभामुख अर्यालले बैठक बोलाएका हुन् । बैठकमा सदनको कार्यसूचीबारे छलफल हुने छ ।आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसअघि परामर्श समितिको बैठक बस्न लागेको हो ।

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 481 पटक पढिएको
  • राष्ट्रियसभाका सभापतिहरूको शपथ ग्रहण आज हुने

    काठमाडौं— राष्ट्रियसभाका सभापतिहरूको शपथ ग्रहण हुने भएको छ ।सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा आज बिहान ११ बजे हुने भएको छ ।

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 491 पटक पढिएको
  • कर्णालीका सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्छः मुख्यमन्त्री कँडेल

    सुर्खेत— कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशमा रहेका बहु आयामिक सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न परराष्ट्र मन्त्रालय अन्तर्गतका कूटनीतिक नियोगहरूको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् ।मंगलबार परराष्ट्र मन्त्रालय नेपालको आर्थिक कूटनीति महाशाखाले सुर्खेतमा आयोजना गरेको ‘निर्यात व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धन’ सम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै उनले कर्णालीका सम्भावनालाई विश्वसामु उजागर गर्न समन्वय र सहकार्य आवश्यक रहेको बताए ।मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेश प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा, धार्मिक स्थल तथा साहसिक पर्यटनका दृष्टिले अत्यन्तै

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 506 पटक पढिएको
  • प्रधानमन्त्रीले आज विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्ने

    काठमाडौं— प्रधानमन्त्री बालेन शाहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले दिउँसो १२ बजे राजदूतहरुसँग सामूहिक भेटवार्ता गर्ने भएका हुन् ।यसअघि प्रधानमन्त्री भएलगत्तै विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट्ने अभ्यास रहेको थियो । भेटवार्तामा परराष्ट्र मन्त्री शिशिर खनालसमेत सहभागी हुने बताइएको छ ।

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 455 पटक पढिएको
  • मधेस आन्दोलनका सहिद परिवारद्वारा प्रदेश सरकारलाई ध्यानाकर्षण

    जनकपुर— मधेस आन्दोलनका सहिद परिवार तथा घाइतेहरूले आफ्ना विभिन्न मागहरू तत्काल सम्बोधन गर्न माग गर्दै मधेस प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका छन् । उनीहरूले प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुख र गृह सञ्चार तथा कानुन मन्त्रालयलाई सम्बोधन गर्दै बुझाएको ध्यानाकर्षण पत्रमार्फत एक हप्ताभित्र माग पूरा नभए शान्तिपूर्ण आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।मुख्यमन्त्री कृष्ण यादवलाई बुझाइएको ध्यानाकर्षण पत्रमा सहिद परिवार तथा घाइतेहरूले विगतदेखि नै आफ्ना समस्याहरू मौखिक रूपमा जानकारी गराउँदा समेत सम्बन्धित निकायबाट बेवास्ता हुँदै आएको गुनासो गरेका छन् । उनीहरूले मुख्यमन्त्री स्वयं तथा सम्बन्धित मन्त्री

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 443 पटक पढिएको
  • राष्ट्रियसभाको बैठक आज बस्दै

    काठमाडौं— राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ः१५ बजे सिहदरबारमा बस्ने भएको हो ।आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक बर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यक्रम छ ।

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 475 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक आज बस्दै

    काठमाडौं— प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बस्ने भएको हो ।आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यसूची छ ।बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ । बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्ने कार्यसूची छ ।

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 460 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.