राजनीति

    Showing 1,721-1,730 of 7,513 items.
  • मधेस प्रदेशमा डिपबोरिङ र स्यालो ट्युबेल व्यवस्था गर्न माग

    काठमाडौं— प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सङ्कटग्रस्त क्षेत्र मधेस प्रदेशमा डिपबोरिङ र स्यालो ट्युबेल व्यवस्था गर्न माग गरेका छन । बैठकको आकस्मिक समयमा उनीहरूले सरकारले मधेसलाई सुक्खा भएका कारण सङ्कटग्रस्त क्षेत्र घोषणा गरे पनि डिपबोरिङ र स्यालो ट्युबेल नपुग्दा समस्या भएकाले समाधान गर्न माग गरेका हुन्।सांसद रामकृष्ण यादवले खडेरी परेको मधेस प्रदेशमा डिपबोरिङ र स्यालो ट्युबेलको पर्याप्त व्यवस्था गर्न माग गरे । केही दिनदेखि अलिअलि पानी परेर राहत भएपनि अझै आवश्यक मात्रामा पानी नपरेको उनको भनाइ छ ।सांसद महेशकुमार बर्तौलाले गरिबीको परिचय पत्र २५ जिल्लामा वितरण गरिए पनि रोग लागेर उपचारका लागि प

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 548 पटक पढिएको
  • गम्भीर रोग पीडितलाई गरिबीको परिचयपत्रकै आधारमा सुविधा दिने व्यवस्था अनुचित : सांसद बर्तौंला

    काठमाडौं –  नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गम्भीर रोग पीडितहरूलाई राज्यले प्रदान गर्दै आएको मासिक आर्थिक सहयोगको पहुँचमा गरिबीको परिचयपत्र बाधक बन्नु अनुचित भएको भन्दै कार्यविधि संशोधनको माग गरेका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बर्तौलाले मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर पीडित तथा मेरुदण्ड पक्षघात भएका बिरामीलाई राज्यले मासिक पाँच हजार रुपैयाँ दिने व्यवस्था गरे पनि कार्यविधिमा गरिबीको परिचयपत्रलाई अनिवार्य बनाइएकाले धेरै बिरामी लाभबाट बञ्चित भएको बताए ।‘झण्डै २५ वटा जिल्लामा मात्रै गरिबीको परिचयपत्र वितरण भएको छ । बाँकी जिल्लामा बिरामीले पर

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 415 पटक पढिएको
  • प्रतिनिधिसभाको आधा कार्यकाल पूरा : सांसद विश्वप्रकाश शर्माको समीक्षात्मक टिप्पणी

    काठमाडौं –  नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको आधा कार्यकाल सकिएको सन्दर्भमा संसद, सरकार र प्रतिपक्षको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले २०७९ सालको निर्वाचनबाट गठन भएको प्रतिनिधिसभाले जेठ महिनासम्म आइपुग्दा आधा कार्यकाल पूरा गरिसकेको जनाउँदै यस अवधिको कार्यसम्पादनको समिक्षा गर्न आवश्यक रहेको बताए ।उनले भने, ‘२०७९ सालको निर्वाचनबाट गठन भएको यो प्रतिनिधिसभा गएको जेठ महिनामा आईपुग्दै गर्दा आफ्नो आधा कार्यकाल पूरा गरिसकेको छ । यो बेलामा समिक्षा जरुरी छ । निर्धारित दायित्वको आधा बाटो हामी कुशलतापूर्वक हिड्न

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 495 पटक पढिएको
  • बहुविवाह सम्बन्धीको कानुन बारे सरकारले संसदमा धारणा पेश गर्नुपर्छः हितराज पाण्डे

    काठमाडौं –  प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले बहुविवाह सम्बन्धी कानुन ल्याउनेबारे सरकारको धारणा संसदमा जानकारी गराउन माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा नियमावली २०७९ को दफा २५७ महिला समन्वय समितिको व्यवस्था भएतापनि आज सम्म कार्यान्वयन नभएको भन्दै तत्काल कार्यान्वयन गर्न समेत माग गरे । उनले भने,‘हाम्रो प्रतिनिधिसभा नियमावली २०७९ को दफा २५७ मा महिला समन्वय समितिको व्यवस्था छ । हाम्रो यो सभाको कार्यकाल आधा भैसक्दा पनि सदनमा तथा कार्यव्यवस्था परमर्श समितिमा बार –बार समिति बनाउन माग गर्दा पनि अझै यो नियमावली कार

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 447 पटक पढिएको
  • भिजिट भिसा प्रकरणमा ५० हजारदेखि १ लाख बुझ्ने गृहमन्त्रीको मुटु काँप्दैन भन्दै सांसद कार्कीको प्रश्न

    काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले भिजिट भिसाको नाममा भइरहेका शोषण, हत्या र मानव तस्करीको घटनाप्रति कडा आपत्ति जनाउँदै तत्काल सरकारको ध्यानाकर्षण गराएकी छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले भिजिट भिसा पूर्णरूपमा रोक्न नभई यसको नाममा भइरहेको अपराधको विरोधमा आफूहरू सडकदेखि संसदसम्म आन्दोलित रहेको स्पष्ट पारिन् ।‘भिजिट भिसाको विरोधी हामी होइनौं,’ उनले भनिन्, ‘तर यसको आडमा नेपाली नागरिकहरूलाई मार्ने, बलात्कार गर्ने, शोषण गर्ने र बाकसमा फर्काउने काम भइरहेको छ, त्यसको विरोधी हौं ।’कार्कीले भिजिट भिसाको आडमा नेपाली महिला तथा युवतीहरू वैदेश

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 420 पटक पढिएको
  • संसदीय समितिको प्रतिवेदनपछि रास्वपाको प्रहार: खतिवडाले राजीनामा दिनुपर्छ

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको छेडखानी सम्बन्धमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेको छ ।बुधबार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर रास्वपाका मनीष झाले नैतिकताको प्रश्न खतिवडातर्फ सोझिएको बताएका हुन् ।‘कुलिङ पिरियडमाथि प्रश्न उठेको छ, नैतिक प्रश्न उठेको छ । नाम लेखिएको छैन भनेर सभापनि उम्किन पाइछ ?,’ झाले प्रश्न गरे, ‘प्रधानमन्त्री भनेपछि नाम चाहिन्छ र ? पदको नाम लेखिएको छ । हामीलाई नैतिकताको पाठ सिकाउनेले नैतिकता देखाउनु पर्दैन ?’कुलिङ पिरियडमा भएको त्रुटि

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 516 पटक पढिएको
  • लोसपा, रामुपा र जसपाबीच कार्यगत एकताका लागि छलफल, नयाँ मोर्चा गठनको तयारी

    काठमाडौं— मधेसमा नयाँ राजनीतिक मोर्चा गठनको तयारी सुरु भएको छ। सात दलीय संघीय लोकतान्त्रिक मोर्चा सक्रिय रहेको अवस्थामा जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, र राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालबीच कार्यगत एकताको सम्भावनाबारे गम्भीर छलफल भइरहेको छ।जसपाले लोसपा र रामुपासँग छुट्टाछुट्टै वार्ता अघि बढाइरहेको स्रोतले जनाएको छ। ती दलबीच प्रारम्भिक चरणका छलफल भइसकेका छन् भने कार्यगत एकता संयुक्त वा अलग–अलग रूपमा पनि हुन सक्ने सम्भावना रहेको बताइएको छ।यसै सन्दर्भमा जसपाले आफ्नो कार्यकारिणी समिति बैठक बोलाएको छ। काठमाडौंको बालकुमारीस्थित पार्टी कार्यालयमा अपराह्न

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 567 पटक पढिएको
  • २०८४ को चुनावमा एकल बहुमतको लक्ष्यसहित अघि बढ्दै माओवादी: अग्नि सापकोटा

    काठमाडौं –  नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले २०८४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै मत ल्याउन केन्द्रित भएको बताएका छन् । हाल माओवादी पार्टीका जनवर्गीय संगठन र विभिन्न मोर्चाहरु ‘असाधारण तरिकाले’ पार्टी निर्माणमा लागेकाले २०८४ सालमा माओवादी केन्द्रको मत बढ्ने उनको दाबी छ ।विगतमा स्थानीय तहको उपनिर्वाचन, स्ववियु निर्वाचन र नेपाल पत्रकार महासंघको निर्वाचनको नतिजालाई विश्लेषण सुनाउँदै उनले विगतको भन्दा माओवादी मत बढ्ने जिकिर गरे । जनताका मुद्दालाई फेरि पक्रन थालेकाले पनि माओवादीको पक्षमा मत बढ्ने उनको विश्वास छ ।न्यूज एजेन्सी नेपालसँगको कुराकानीम

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 380 पटक पढिएको
  • बजेट तथा कार्यक्रम अघि बढाउन मन्त्री दाहालको निर्देशन

    काठमाडौं –  भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वन अघि बढाउन कर्मचारीलाई निर्देशन दिएका छन् । सडक विभागको गत आर्थिक वर्षको प्रगती समिक्षा कार्यक्रमलाई संवोधन गर्दै बुधबार मन्त्री दाहालले ‘अहिले के को हतार, बिस्तारै गरौंला नि’ भन्ने नसोचि  बजेट तथा कार्यक्रम कार्यान्वनको प्रकृया अघि बढाउन निर्देशन दिएका हुन् । आर्थिक वर्ष सुरु हुनु भन्दा डेढ महिना अघिनै बजेट सार्वजनिक गर्नुको मर्म पनि आर्थिक वर्षको सुरुवातसँगै कार्यान्वयन प्रकृया अघि बढाउन सहज होस् भन्ने रहेको उल्लेख गर्दै मन्त्री दाहालले बेलैदेखि काम सुरु गरि उ

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 439 पटक पढिएको
  • विगतका अनुभवबाट पाठ सिकेको आधारमा आगामी बजेटमा सुधार गर्नु पर्छ : मुख्यमन्त्री कँडेल

    सुर्खेत –  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विगतको अभ्यासबाट पाठ सिक्दै आगामी वर्षको बजेट निर्माणमा थप सुधार गर्नु पर्ने बताएका छन् । कर्णाली प्रदेश योजना आयोगले गरेको कार्यक्रममा मुख्यमन्त्री कँडेलले सबै तहका सरकार र निकायबीच सहकार्य अपरिहार्यले मात्र कर्णालीको बिकासका लागि उपयुक्त योजना निर्माण गरि बजेट कार्यान्वयन गर्न सकिने बताए । प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारबीचको कामको प्रभाव जनताले एउटै आँखाले हेर्ने भएकाले योजनाको छनोट, कार्यान्वयन र मूल्याङ्कनमा एकरूपता र पारदर्शिता हुनु जरुरी रहेको बताए ।  प्रदेशको समुचित विकासका लागि योजना छनोटदेखि बज

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 414 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा